प्रचण्ड र बैद्य पक्षबीच निर्णायक बार्ता हुँदै


३१ जेठ, काठमाण्डौं – पार्टी भित्रको आन्तरीक विवाद समाधानका लागी माओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष मोहन बैद्य पक्षबीच बुधबार निर्णायक बार्ता हुने भएको छ । दिउँसो तीन बजे हुन वार्तामा संसथापन पक्षले सहमतिका लिखित प्रतिवद्धता व्यक्त गर्ने तयारी गरेको छ । सस्थापन पक्षका स्थायी कमिटी सदस्यहरुको विहान प्रचण्ड निवास लाजिम्पाटमा भएको बैठकमा पार्टी एकताका लागि हदै सम्म लचिलो हुने र बैद्य पक्षका माग सम्बोधन गर्न लिखित प्रस्ताव लैजाने सहमति भएपछि आजको वार्तालाई निर्णयक बार्ताको रुपमा लिईएको छ ।

एकताको कसरतमा रहेका दुवै पक्षबीच मंगलबार भएको छलफलमा बैद्य पक्षितय नेताहरुले सहमतिका लिखित आधार पेश गर्न आग्रह गरेको थियो । सोही आग्रह अनुसार आज प्रस्तुत हुने सस्थापन पक्षका नेताहरुले जानकारी दिएका छन् ।

साथै बैद्य समूहले माओवादी अध्यक्षले संविधान निर्माणको सन्दर्श, सेना समायोजनामा दिएको निर्णय र पार्टी संसदबादी कार्यदिशामा जान नहुने विषयमा पुर्नविचार गर्न पनि आग्रह गरेको थियो ।

आन्तरीक विवाद चुलिएपछि माओवादीको बैद्य पक्षले असार १ गते आफु मातहतका केन्द्रीय सदस्यहरुको भेला बोलाएको छ भने, सस्थापन पक्षले सोही दिन बृहत जनप्रदर्शन गर्ने तयारी गरेको छ ।

 Source: onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.