Daily Archives: 13/06/2012

एसएलसीको रिजल्ट सार्वजनिक, पोहोरभन्दा निराशाजनक परिणाम


SLC को रिजल्ट कसरी छिटो थाहा पाउने (तल लिंक छ हेर्नुहोला)

परीक्षा नियन्त्रण कार्यालयले आज यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। नागरिकन्युजकर्मी दीपक दाहालका अनुसार यस वर्ष नियमित तर्फ ४७.१६  प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। ग्रेस नम्बर पाँच दिँदा पनि उत्तीर्ण संख्या गत वर्षभन्दा ८.३४ प्रतिशतले कम हो। गत वर्ष ५५.५ प्रतिशत उत्तीर्ण भएका थिए।  पढ्नेक्रम जारी राख्नुहोस्

केराबाट किबोर्ड


अमेरिकाका दुइ जना विद्यार्थीले मान्छेले खाने केराबाट पियानोको किबोर्ड बनाएका छन् । म्यासाच्युसेट्स इन्स्िटच्युट अफ टेक्नोलोजीमा अध्ययनरत ३२ वर्षका जे सिल्भर र इरिक रोजेनबमले ‘केरा पियानो’ को निर्माण गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

प्रचण्ड र बैद्य पक्षबीच निर्णायक बार्ता हुँदै


३१ जेठ, काठमाण्डौं – पार्टी भित्रको आन्तरीक विवाद समाधानका लागी माओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष मोहन बैद्य पक्षबीच बुधबार निर्णायक बार्ता हुने भएको छ । दिउँसो तीन बजे हुन वार्तामा संसथापन पक्षले सहमतिका लिखित प्रतिवद्धता व्यक्त गर्ने तयारी गरेको छ । सस्थापन पक्षका स्थायी कमिटी सदस्यहरुको विहान प्रचण्ड निवास लाजिम्पाटमा भएको बैठकमा पार्टी एकताका लागि हदै सम्म लचिलो हुने र बैद्य पक्षका माग सम्बोधन गर्न लिखित प्रस्ताव लैजाने सहमति भएपछि आजको वार्तालाई निर्णयक बार्ताको रुपमा लिईएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

भारतीय क्रिकेट स्टार धोनी शनिबार नेपाल आउने


काठमाडौं, जेठ ३१ – भारतीय कप्तान महेन्द्रसिंह धोनीको नेपालको यात्रा एक दिन पछाडि सरेको छ। यसअघि धोनी शुक्रबार काठमाडौं आएर शनिबार भारत फर्किने बताइएको थियो। नया तालिकाअनुसार धोनी शनिबार विहान काठमाडौं आएर भोलिपल्ट फर्किने भएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

एसएलसीको परीक्षाफल आज, उज्यालोमै परिणाम : रेग्मी


परीक्षा नियन्त्रण कार्यालयले आज यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल प्रकाशित गर्दैछ। परीक्षाफल प्रकाशनका लागि वोर्डको बैठक सुरु भएको छ। यसवर्ष नियमिततर्फ ४ लाख ४५ हजार ९ सय ७४ र एक्जाम्टेड तर्फ ८२ हजार २ सय ८३ गरी पाँच लाख २८ हजार २ सय ५७ सहभागी छन्। पढ्नेक्रम जारी राख्नुहोस्