भाउजूलाई श्रीमती स्वीकार्ने प्रथा कायमै


३० जेठ, धनगढी – नेपाली समाज निरन्तर परिवर्तन र रुपान्तरणतर्फ उन्मुख भए पनि बिधुवा बनेकी सहोदर भाउजूलाई पत्नीका रुपमा स्वीकार गर्ने अनौठो चलन पश्चिम तराईका चौधरी/थारु समुदायमा अझै छ ।झण्डै दुई दशक अघिसम्म यो प्रचलन चौधरी/थारु समुदायमा व्यापकरुपमा देखिए पनि त्यसपछिका वर्षमा भने क्रमशः हट्दै गएको थारु समुदायका अगुवाहरु बताउँछन् । ‘पहिले यो चलन धेरै थियो, तर चेतनामा आएको परिवर्तनसँगै अहिले निकै कमले मात्र आफ्नी सहोदर भाउजूलाई पत्नीको रुपमा स्वीकार्ने गरेको देखिन्छ,’ थारु समुदायका अगुवा नेता लाहुराम चौधरीले भन्नुभयो ।

थारु समुदायमा रहेको यो प्रचलनकै कारण सहोदर दाजुको विवाहको दिन भाइले कान्छो दुल्हाको रुपमा दुल्हीको घरसम्म पुग्नुपर्ने हुन्थ्यो । कुनै कारणवस दाजुको अकालमै मृत्यु भएमा एक दुई सन्तानसम्म जन्माएकी भाउजूलाई देवरले श्रीमती स्वीकार्नु पर्दथ्यो । श्रीमानको निधनपछि बिधुवाको जीवन कष्टकर नबनोस् र बिधवाको संरक्षण र रेखदेख पुगोस् भन्ने मनसायका कारण यो समुदायमा यस्तो प्रचलन प्रारम्भ भएको हुन सक्ने थारु अगुवा नेताहरु बताउँछन् ।

यद्यपि, बिधवा भाउजूलाई पत्नीको रुपमा स्वीकार गर्ने काम दोहोरो सहमतिमा मात्र हुने गर्दथ्यो । खासगरी त्यतिखेरको थारु समुदायमा चेतनाको कमी देखिएकाले त्यसताका यो परम्परा निकै फष्टाएको भए पनि अहिले विस्तारै हट्दै गएको हसुलियाका पतिराम चौधरीले बताउनुभयो । अब भने दाइको मृत्यु भएमा भाउजूलाई देवरले श्रीमती स्वीकार्ने बाध्यता नरहेको उहाँ बताउनुहुन्छ । ‘यस्तो विवाह हुन्छ भनेर आजभोलि मैले सुनेको छैन,” चौधरीले भन्नुभयो । ‘ तर, एकदमै नबुझ्ने परिवारमा कहिँ कतै यो प्रचलन बाँकी रहेको हुन सक्छ ।

तत्कालीन विद्रोही माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र सङ्घर्षका क्रममा श्रीमान् मारिएका केही शहीद पत्नीले कैलालीमै पनि आफ्ना देवरसँग घरजम गरर बसेका उदाहरण अझै छन् । तर, त्यसपछिको अवस्थामा यस्तो घटना नसुनिएको थारु समुदायका अगुवाहरु बताउँछन् ।  बुढापाकाहरुले भाउजू-देवर विवाह प्रथा राम्रो संस्कार भएको दाबी गरे पनि युवापुस्ता भने यो संस्कारको विरुद्धमा देखिन्छन् । “पहिलेका पुर्खाले जे गरे पनि अहिले यस्तो संस्कार व्यवहारिक मान्न सकिन्न,” रतनपुरका भरथरी चौधरी बताउनुहुन्छ ।

Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.