अनेरास्ववियु अधिवेशनमा विवाद, एमाले पार्टी कार्यालय तोडफोड


चाँदनी हमाल, चितवन, जेठ ३० – अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन चितवनको अधिवेशनमा अध्यक्ष को बन्ने भन्ने विषयमा विवाद भएपछि विद्यार्थीहरुले एमाले जिल्ला पार्टी कार्यालय नै तोडफोड गरेका छन्। आफ्ना पक्षका विद्यार्थी अध्यक्ष बनाउन सहमति नगरेको भन्दै उनीहरु मंगलबार बिहान तोडफोडमा उत्रिएका थिए। भरतपुरस्थित पार्टी कार्यालयमा सोमबारदेखि सुरु भएको अनेरास्ववियु अधिवेशनमा अध्यक्ष प्रत्यासी केशव कँडेल र सुदिप रेग्मी दुईमध्ये को अध्यक्ष बन्ने विषयमा विद्यार्थीहरुविच विवाद भएको थियो।

विद्यार्थीले गरेको तोडफोडबाट एमाले पार्टी कार्यालयको ६ वटा सिसाको झ्याल फुटेको छ। त्यस्तै आधादर्जन बढी कुर्सी विद्यार्थीले भाँचिदिएका छन्।

तोडफोडको क्रममा झ्यालको सीसा लागेर मनोज भुजेल घाइते भए। तोडफोड गरेको भन्दै विद्यार्थीकै कुटाईबाट पोषण केसी घाइते भए। तोडफोड गरेको आरोपमा विद्यार्थीले सोमबार राति नै अध्यक्ष को बन्ने सहमतिसँगै बन्द सत्रबाट जिल्ला कमिटी पदाधिकारी चयन हुनपर्नेमा नभएपछि विद्यार्थी तोडफोडमा उत्रिएको केन्द्रीय सदस्य कमल पाठकले जानकारी दिए।
जिल्ला कमिटी चयनमा विवाद बढेपछि एमाले जिल्ला नेताहरुले नै सर्बसम्मत नयाँ कमिटी गठनको तयारी गरेका छन्।
एमाले जिल्ला अध्यक्ष कृष्ण खनालको अध्यक्षतामा गठित सातसदस्यि कमिटील अहिले केहीबेरमा सर्वसम्मत अनेरास्ववियु चितवनको घोषणा गर्दैछन्।
जिल्ला नेताहरुले अनेरास्ववियु जिल्ला अध्यक्षमा केशव कँडेल, उपाध्यक्षमा देवप्रकाश पाठक, सचिवमा हरि ढकाल र सहसचिवमा स्वरुप सुर्येललाई सर्वसम्मत चयन गरिसकेपनि सो विषयमा छलफल चलिरहेको छ। सोमबार पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले विद्यार्थी अधिवेशनको उद्घाटन गरेका थिए।

Source: Nagarik

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.