ईन्द्र भुसाल, कुवेत
देश रोएको छ अनी नेपाली जनता हरेक दिन टाउकोमा थोपरिदै गएको रिनले पिरोलिदै छन तर नेपाली राजनेताहरु प्रबासी नेपालीहरुको पठाएको रेमिट्यान्सको करमा कुर्लिदै हिंडेका छन । हरेक ठाउँमा हरेक समस्याले ग्रसित हाम्रो देश नेपालका हामी सन्तानहरुको दिनाचार्य भने प्रबासमा अनेक थरीबाट बितेको छ । कहिले कुन देशमा त कहिले कुन एरियामा नेपाली कार्यक्रमहरु हरेक दिन भैरहेका छन भने तिनै कार्यक्रमलाई संसारका नेपालीहरुले थाहा पाउने गरी पत्रकारिताको माध्यमबाट सुचना सम्प्रेषण गर्ने सामाजिक पत्रकार जसले पत्रकारिताको कुनै मुल्य तोकेका छैनन उनिहरु प्रति नै चाहेजस्तो समाचार नछापिएपछी मध्यरातमा असन्तुष्टी जनाउने नेपाली समाजहरुमा भएका छन ।
प्रचन्ड गर्मिको राप सँगै दुई बर्ष पहिला नेपालकुवेत साँस्कृतिक मञ्चमा खिचातानी भएपछी तत्कालिन मञ्चका कोषाध्यक्ष बि.बि मल्ल ठकुरी जुन आफै एक कलाका धनी छन उनैको नेत्रित्वमा प्रबासमा चर्चित लोक गायक राजेन्द्र बिरही, गायक चन्दन लिम्बु र डिम्पल हिरो डि.बि लोप्चनहरुको जमातले लालिगुराँस साँस्कृतिक परिवारको गठन गरेका थिए जुन सस्थाले आजसम्म केही चर्चा बटुल्ने साँस्कृतिक कार्यक्रम मात्र गरेन सामाजिक कार्यमा पनि आफ्नो रुची देखाएको छ । आगामी शुक्रबार त्यहि सस्थाको दोश्रो वार्षिकउत्सब कार्यक्रम मनाउने दिन रहेको छ । वार्षिक उत्सब आफैमा महत्वपूर्ण दिन हो जस्ले आफ्नो सस्थाको ईतिहास र जन्मेको पल अनी हुर्काउन सहयोग गर्ने अबिभाबकहरुको सम्झना गराउँछ । कुवेतमा हुर्कको यो सस्थाले कसरी आफ्नो वार्षिक उत्सब मनाउछ त्यो उस्को आफ्नो चाहना हो तर आफ्नो सस्थामा रहेका कलाकारहरुलाई के-कसरी हेरेको छ पक्का पनी त्यो दिनले देखाउने छ । जे होस् कुवेतबासी नेपालीहरुले एउटा साँस्कृतिक सस्था हुर्केको अबसरमा धेरै शुभकामना दिनेछन ।
मगर सँघ कुवेतको सम्मेलन पनि जुन १५ मा
नेपालमा चर्केको संघियताको नाराले देश ईतिहासको कालखण्डमा रहेको अवस्थामा आफ्नो जातिय पहिचान एवं उत्थानको निम्ती कुवेतमा केही महिना पहिला गठन भएको अर्को जातिय संस्था मगर सँघ कुवेतले आफ्नो प्रथम सम्मेलन १५ जुनकै दिन गर्दैछ जस्को लागि मगर सँघका केन्द्रिय अध्यक्ष महेन्द्र थापामगर स्वयं कुवेत आउँदै हुनुहुन्छ भने कुवेतबासी मगर जनसमुदाय पनि आफ्नो पहिचान, धर्म र मगर संस्कृतिको रक्षाको लागि एकजुट भएका छन । जे होस् आगामी शुक्रबार दुई महत्वपूर्ण कार्यक्रम कुवेतबासी नेपालीहरुले हेर्न पाउने छन ।
Sir namaskar hamro yo magar sangh ko site ma contact number pani post garnuhos la