Daily Archives: 11/06/2012

लालीगुराँस साँस्कृतिक परिवारले दोश्रो वार्षिकोत्सव मनाउँदै, मगर सँघ कुवेतको सम्मेलन पनि उहि दिन हुँदै


ईन्द्र भुसाल, कुवेत

देश रोएको छ अनी नेपाली जनता हरेक दिन टाउकोमा थोपरिदै गएको रिनले पिरोलिदै छन तर नेपाली राजनेताहरु प्रबासी नेपालीहरुको पठाएको रेमिट्यान्सको करमा कुर्लिदै हिंडेका छन । हरेक ठाउँमा हरेक समस्याले ग्रसित हाम्रो देश नेपालका हामी सन्तानहरुको दिनाचार्य भने प्रबासमा अनेक थरीबाट बितेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

युरो कपमा आज इङल्याण्ड र फ्रान्स भिड्ने


२९ जेठ, युरोकप फुटबलको समूह डि को महत्वपूर्ण खेलमा आज इङल्याण्ड र फ्रान्स भिड्दैछन । युक्रेनको डोनेक रंगशालामा नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुने खेलमा दुबै टोली जितको खोजीमा हुनेछ । पछिल्ला २१ खेलमा अपराजित फ्रान्सलाई तुलनात्मक रुपमा बलियो मानिएको छ । इङल्याण्डका मुख्य खेलाडीको अनुपस्थितले पनि उसलाई मदत गर्ने बताइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नाडाललाई सातौं पटक फ्रेन्च ओपनको उपाधि


२९ जेठ, काठमाडौं -राफेल नाडालले किर्तिमानी सातौं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । विश्व नम्बर एक नोभाक जोकोभिचलाई ६-४, ६-३, २-६ र ७-५ ले पराजित गर्दै उनले उपाधि उचालेका हुन् । पहिलो र दोस्रो सेट ६-४ र ६-३ लेनाडालले जितेपनि त्यसपछि खेलमा फर्किएका जोकोभिचले तेस्रो सेट ६-२ आफ्नो पक्षमा पारेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

समलैंगिकतालाई लिएर सहज छिन् विना मलिक


राजेन्द्र ज्ञवाली
समलैंगिकतालाई लिएर सहज छिन् विना मलिक मुम्बई, जेठ २९ (एजेन्सी)-विवादास्पद पाकिस्तानी अभिनेत्री विना मलिक समलिंगीहरूको समर्थमा आएका छिन्। पढ्नेक्रम जारी राख्नुहोस्

‘पदमुक्त’ भइसकेका प्रधानमन्त्री ब्राजिल जान पाइन्न : कङ्ग्रेस


सेना माओवादीको भइसकेको दाहालको भनाईको भर्त्सना
काठमाडौँ, जेठ २९ – सत्ता छाडी सहमति खोज्नुपर्ने बेलामा प्रधानमन्त्री बाबुराम भट्टराई अनावश्यक रुपमा ठूलो व्ययभार गर्दै विदेश भ्रमणमा जान लागेको भन्दै कङ्ग्रेसले आपत्ति र विरोध जनाएको छ। कङ्ग्रेस केन्द्रीय समितिको आज बसेको बैठकले ‘संविधानतः पदमुक्त भइसकेको कामचलाउ प्रधानमन्त्रीले विदेश भ्रमण जान खोज्नु कुनै पनि दृष्टिकोणबाट उचित मान्न नसकिने’ निर्णय गरेको छ। भ्रमणको विरोध गर्न पनि कङ्ग्रेसले सबैलाई आह्वान गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

पहाडे युवाको लोभलाग्दो हजाम पेशा


२९ जेठ, खोटाङ । वैदेशिक रोजगारमा रहेका अधिकांश युवाको चिन्ता एउटै हुन्छ- स्वदेश फर्केपछि के व्यवसाय गर्ने ? नौं वर्षसम्म साउदी अरबको अल्जोबमा बसेर फर्केका खोटाङे युवा काशीकुमार बजिमय, वर्ष ३६ ले भने दिक्तेल बजारमा हजाम पेशा सुरु गरी विदेशमा बस्ने कतिपय युवाले भन्दा राम्रो आम्दानी गरिरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

१० मेगावाट बिजुली निकाल्ने रकम पेट्रोलमा अनुदान


रामचन्द्र भट्ट, काठमाडौं, जेठ २९ – सरकारले आइतबार झन्डै १० मेगावाट बिजुली निकाल्न सकिने रकम पेट्रोलियम पदार्थ सहज बनाउने नाममा फेरि आयल निगमलाई दिएको छ। मन्त्रिपरिषद बैठकले आइतबार बिहान आयल निगमलाई १ अर्ब ४० करोड रुपैयाँ ऋण दिने निर्णय गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

विभिन्न मुलुकका राजदूतहरुसँग प्रधान मन्त्रीको ब्रेकफास्ट मिटिङ


 सहयोग जारी राख्‍न आग्रह-
काठमाडौं, जेठ २९  – प्रधान मन्त्री बाबुराम भट्टराईले मुलुक प्रजातान्त्रिक र संवैधानिक बाटोमै अगाडि बढ्ने संदेश आफ्नो मुलुकमा पठाउन नेपालमा रहेका विभिन्न मुलुकका राजदूतहरुलाई आग्रह गरेका छन्। उनले प्रजातन्त्रिक पद्धतिअनुसार तोकिएको समयमै चुनाव हुने र राष्ट्रिय सहमतिको सरकार बन्नेसमेत जानकारी गराए। पढ्नेक्रम जारी राख्नुहोस्