फेरी उही पुरानो मुद्दा, मेनपावर ब्यबसायी र दुताबासको समस्या सधैं चर्चामा


ईन्द्र भुसाल, कुवेत

खाडीको प्रचण्ड गर्मीमा १२/१४ घण्टा पसिना बगाएर आफ्नो निवास फर्कने नेपालीहरु नेपालको वर्तमान राजनैतीक अवस्थाबाट त मर्महात छन नै हरेक हप्ता कुवेतमा चल्ने संस्थागत हावा अनी नेपाली दुताबास र नेपालकुवेत मेनपावर एशोसियसन बिच चर्कने बिबाद सुन्दा पक्कै पनि राम्रो मानेका छैनन कुवेतबासी नेपालीहरुले । कहिले भिसा प्रमाणिकरणमा ढिलाई त कहिले सचिबमाथी धम्की अनी कहिले नेपालीहरुको काममा ढिलाई र बिदेशी एजेण्टलाई चाँडो भन्ने जस्ता एशोसियसनका बिज्ञप्ती निस्किरहेका छन भने दुताबासमा धर्ना दिनेसम्म काम समपन्न भए ।

नेपालीहरुको आन्दोलन नेपालमा मात्र होईन बिदेशमा पनि नेपालीहरु आन्दोलित हुन माहिर छन त्यो पनि कुवेत जस्तो ठाउँमा अनी कुट्नैतिक नियोगसँग । सबैलाई सुन्दा अचम्म लाग्न सक्दछ तर यो धुर्वसत्य बिषय हो कुवेतबासी नेपालीहरुले देखेको र पत्रकारले लेखेको । दुताबाससँग बारम्बार छलफल गर्दै समस्या समाधान हुने जानकारी लेख्न पाउँदा नपाउँदै कुनै न कुनै बिषयमा फेरी बिबाद हुने गर्दछ जसलाई कुनै पनी पक्षबाट राम्रो मान्न सकिदैन । दुताबासले पनि समस्या समाधान गर्ने वचन दिएपछी समाधानतिर लाग्नु पर्छ भने ब्यबसायीहरु पनि आफ्नो अनुकुल मात्र हुने एजेण्डा बोकेर सम्पूर्ण नेपालीहरुको आस्थाको केन्द्र दुताबासलाई सदा बिबादमा ल्याउनु राम्रो हुँदैन । धेरै पटक समस्या समाधानको आश्वासन पाएका ब्यबसायीहरु समयमा आफ्नो भिसा प्रमाणित नगरेकोमा समस्यामा परेका होलान जस्को लागि दुताबासले सोच्नु पर्दछ कि त समस्या समाधान गर्छु भनेर फकाउँदै पठाए जस्तो गर्नु भएन । कहिले धर्ना, कहिले अलहुकुक, कहिले दुताबास नजाने अपिल जस्ता कार्यले नेपाली समाजको नजरमा नियोग विवादित हुने त पक्का छ नै, तर घरेलु कामदारहरुको रोजगारदाता मानिने मेनपावर एशोसियसन पनि यस्ता विवादहरुले गर्दा अझ समस्यामा नपर्लान भन्न सकिंदैन ।

आज पनि फेरी नेपालकुवेत मेनपावर ब्याबसायीहरुले आफुहरु समस्यामा परेको तथा नेपाली ब्याबसायीहरुको काममा ढिलासुस्ती तर बिदेशीलाई तुरुन्त गरिदिने अन्यायपूर्ण कामहरु भएको भन्दै एशोसियसनको तर्फबाट एक बिज्ञप्ती सार्वजनिक गरेका छन । बारम्बार बिबादमा आउने यस्ता बिषय समाधान भएनन् भने भोलीका दिनमा नेपाली दुताबास केवल बिबाद गर्ने थलो जस्तो भनेर प्रबासी नेपालीहरुले नजर कर्काउने बेला नआउला भन्न सकिंदैन ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.