थापालाई भेट्न प्रधानमन्त्री नर्भिक अस्पतालमा


२८ जेठ, काठमाण्डौ – प्रधानमन्त्री डा बाबुराम भट्टराईले पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यवहादुर थापाको स्वास्थ्य स्थितिवारे जानकारी लिनुभएको छ । थापालाई भेट्न प्रधानमन्त्री भट्टराई आइतवार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा पुग्नु भएको थियो ।

थापाको स्वास्थ्यस्थितिवारे जानकारी लिएपछि प्रधानमन्त्री भट्टराईले उपचारमा सरकारले गर्न सक्ने सम्पूर्ण सहयोग गर्ने वताएको थापाका सहयोगी तथा पार्टीका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीले थापालाई उपचारका लागि कुनै सहयोग आवश्यक परेमा वा देश बाहिर लानुपर्ने भएमा सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको गिरीले वताउनुभयो ।

शनिवार विहान पार्टी कार्यालय सानो गौचरणमा पार्टीको कार्यसम्पादन समितिको वैठकमा वोलिरहेका वेला  अचानक वेहोस भएपछि थापालाई उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.