मगर सँघ, कुवेतको सम्मेलनमा नेपालदेखी केन्द्रिय अध्यक्ष महेन्द्र थापामगर कुवेत आउँदै


कुवेतनेपाल, एड्मिन

नेपाल मगर सँघ, कुवेत तदर्थ समितिको आगामी १५ जून २०१२ मा हुन गैरहेको औपचारिक सम्मेलनलाई सम्बोधन गर्न नेपाल मगर सँघका केन्द्रिय अध्यक्ष श्री महेन्द्र थापा मगर कुवेत आउनु हुने भएको छ । यसभन्दा पहिला उपाध्यक्ष गंगा बहादुर थापामगर आउनु हुने भनिएतापनी वहाँको अन्य व्यस्तताले गर्दा स्वयं अध्यक्ष नै आउनु हुने मगर सँघ केन्द्रिय समितिबाट लिखित जानकारी आएपछी अध्यक्ष आउने पक्कापक्की भएको हो भने वहाँको लागि भिषा र टिकट कुवेत तदर्थ समितिले नेपाल पठाई सकेको जानकारी दिएको छ ।

जून १५ का दिन कुवेतको होटल एशिया-एशियामा दिनको ठिक २.०० बजेदेखी शुरु हुने मगर सम्मेलनमा सम्पूर्ण कुवेतवासी मगराँतहरुलाई उपस्थित हुनको निम्ती मगर सँघ, कुवेत तदर्थ समितिले पुन अनुरोध गरेको छ । कुवेतका बिभिन्न स्थानहरुबाट बसको व्यवस्था समेत समितिले गरेको र जसमा फाहाहिलबाट मङ्गाफ, अबु-हालिफा हुँदै.. अम्घराबाट हसाबिया, जिलिब, फर्वानिया हुँदै.. र UGCC बाट अब्बासिया, जिलिब हुँदै कुवेत सिटीसम्मको लागी बस लाग्ने समितिले जानकारी दिएको छ ।

——————————————————————-

Related News…

नेपाल मगर सँघ, कुवेतको सम्मेलन जून १५ मा हुने, सम्मेलनमा नेपालदेखी केन्द्रिय उपाध्यक्ष गंगा थापामगर कुवेत आउँदै

कुवेतनेपाल, एड्मिन

०१ जून २०१२ । आफ्नो धर्म, संस्कृति, भाषा, भेषभूषा एवं मौलिक परम्परालाई दिगो राख्दै मगर जातिय उत्थान तथा संरक्षणको निम्ति सम्पूर्ण कुवेतवासी मगराँतहरु एकजुट भई अगाडि बढ्ने र कुवेत या नेपालमा पीडित बन्न पुगेका मगरजाती तथा अन्य नेपाली नागरिकहरुलाई सक्दो आर्थिक, भौतिक एवं बौद्दिक टेवा पुर्‍याउने उद्देश्यका साथ गत १० मार्च २०१२ का दिन गठन भएको नेपाल मगर सँघ, कुवेत तदर्थ समितिको औपचारिक सम्मेलन यही आगामी १५ जून २०१२ शुक्रबारका दिन, कुवेतको होटल एशिया-एशियामा दिनको ठिक २.०० बजेदेखी हुने र जसमा सहभागीताको लागि नेपाल मगर सँघ, केन्द्रिय समितिको तर्फबाट केन्द्रिय उपाध्यक्ष श्री गंगा बहादुर थापामगर कुवेत आउनु हुने भएको छ ।

मगर सँघ, कुवेत तदर्थ समितिका सम्योजक मित्र सिंजालीमगरको अध्यक्षतामा बसेको आजको सातौं भेलाले उक्त सूचनालाई सार्वजनिक गर्दै कुवेतमा हुन लागेको यस ब्रिहत मगर सम्मेलनले नेपाल मगर सँघ केन्द्रिय समितिको बिधानमा पूर्णरुपमा आस्थावान रहि कुवेतमा एक सकृय कार्यकारिणी समितिको निर्माण गर्ने बताईएको छ ।

मगर संस्कृति, भाषा एवं भेषभूषा पनि आम नेपाली संस्कृति एवं परम्परा मध्यकै एक हिस्सा भएकोले जसको संरक्षण तथा सम्बर्द्दन गर्नु सम्पूर्ण मगर जातीहरुको धर्म एवं नैतिक जिम्मेवारी भएकोले यस कार्यकारिणी समितिको औपचारिक रुपमा निर्माण गर्न लागिएको र यस कार्यकारिणी समिति कुनैपनि नेपाली जातजाती, धर्म-संस्कृति या परम्परा बिरोधी नभएको र हमेशा एक निस्वार्थ उद्देश्यसहित कुवेतमा कृयाशिल अन्य नेपाली सँघ-संस्थाहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने बैठकले छर्लङ्ग पारेको छ ।

१५ जूनमा हुने मगर सम्मेलनमा सक्दो कुवेतवासी मगर दाजुभाइ तथा दिदीबहिनीहरुलाई एकिकृत गराउने र मगर सँघ कुवेतको उद्देश्यका ’boutमा सबैलाई सूचित गर्ने उद्देश्यले यस तदर्थ समितिले कुवेतका बिभिन्न स्थान मध्ये.. फाहाहिलबाट मङ्गाफ, अबु-हालिफा हुँदै, अम्घराबाट हसाबिया, जिलिब, फर्वानिया हुँदै र मगरहरुको बाहुल्यता रहेको कम्पनी UGCC बाट अब्बासिया, जिलिब हुँदै कुवेत सिटीसम्मको लागी बसको व्यवस्था समेत गर्ने जानकारी दिंदै सम्पूर्ण कुवेतवासी मगराँतहरुलाई सम्मेलनमा अनिवार्य उपस्थितिको लागि आव्ह्वान गरेको छ ।

यसैगरी, कतिपय कुवेतमा रहेका मगर दाजुभाइ तथा दिदीबहिनीहरुको व्यक्तिगत विवरण आजसम्म पनि यस तदर्थ समितिलाई औपचारिक रुपमा प्राप्त नभएको र जसलाई मगर सँघको केन्द्रिय समितिमा सम्मेलन अगावै पेश गर्नुपर्ने भएकोले यथाशिध्र आ-आफ्नो विवरण उपलब्ध गराई दिनुहुन समेत मगर सँघ कुवेत तदर्थ समितिले अनुरोध गरेको छ ।

4 responses to “मगर सँघ, कुवेतको सम्मेलनमा नेपालदेखी केन्द्रिय अध्यक्ष महेन्द्र थापामगर कुवेत आउँदै

  1. यो मगरान्ती सँगठन आजभन्दा धेरै पहिलानै हुनुपर्ने थियो, तर हुनसकेना,मित्र सिन्जाली र डिल पुन ज्यु को माताहातमा सुरुवात भएको पनि हो तर खै के कुरामा यो सङ्ठन स्थापना हुन सकेन, आज कुवेटमा पनि यो सङ्ठन स्थापना हुन जादैछ,धेरै खुशीको कुरा र हामी आदिबासी एक भेइ अगाडि बध्नु को साथमा,एक मन,तन र धनले सक्दो सहयोग गर्नु पर्छनै,मलाई जहाँ सम्म आशा छ,हामी एक जुत होउ,एकै मन भएर अगाडि र एक आपसमा सहयोगको भाईचाराको दृष्‍टिले,कसैलाई काख र कसैलाई पाखा को दृष्‍टिले न हेरिओुस,सधैं सक्दो लाङालीहरु एकजुट भएर यो सङ्ठन लाई अगाडि बढाउनु पर्छनै,
    धेरै धेरै धन्यवाद, मित्र सिन्जाली दाईलाई, र जो जस्ले आफ्नो ठाउबाट सहयोग गर्नुहुने मगरान्तीहरुलाई,
    सधैं प्रगती र फलोशफुलोश,
    जय नेपाल,

  2. कती हो कती खुशीको कुरा हाल कुवेटमा मगरसङ्ठन हुन जदैछ,हे भगवान,सङ्ठनलाई एउटा धुर्बतारा जस्तो अतल बनाइदिनुस्,जसरी अब यो स्थापित हुनजादैछ,यो विश्वाको हरकुनामा दुबी जस्तो मोउलाउदै जाओुश,र जानु पनि पर्छ किनकी यो हाम्रो महान काम पनि हो, धेरै भयो , अब सकिदैन,सहन कती शनु है,
    कती सिधा साधा मगरान्ती हरु जसले जे भन्यो तेसैको पछाडि भागने है,बिस्वमा २ वता मात्र देश छ,जहाकी भगवानको नियमपालन गर्ने,त्यो हो नेपालको मगरान्ती र थाइलैन्द, मेरो अनुभबमा, बाँकी सबै आफ्नै …………
    जे होश मेरो मगरान्तिहरु सबै हामी एकभै पूर्व मेची देखी पश्चिम महाकालीका मगरान्तीहरु एकभै हामी एकआपशमा एकमत,एकमन,एकआत्मा,एउटै परिवार,एकधर्म,एउटै चुलो,एउटै ताउलो,एउटै भकारी,एउटै नदी,पानी पिउने एउटै पढेरो,र एउटै दाहिहाल्ने मियो,यो हुनुछ,हामी मगरसङ्ठन.
    एउटा कुराको ख्याल गर्नु होला कुवेट मा त्यहाँ धेरै मान्छेहरु छन,कसैले राम्रो काम गरेर र एकता भएको देख्न चाहन्न,यो कुरो मैले कुवेटमा देखेर आएको छु,त्यहाँ सियो भएर पस्छन र हात्तीभएर निस्कन्छन,
    कुवेटमा अनेकोउ खेल खेल्ने मान्छेहरु छन,मैले देखेको थिए, तेसैले एन र एन जस्तो न होश बिचरा राजन कुवर दाई??? यस्तो न होश,दाइ मित्र सिन्जाली,किनकी कुवेटमा हजुर बसेको ३ दशक भएको छ। हिजो आएका चतुरे व्याशाहरुले हजुरलाई झिलिमिली नपारुनर, हाम्रो यो पबित्रा मगर सङ्ठन मा कुनै खिचिलो न होश,यदी हुन्छ भने र भयो भने साह्रै नै दुखको कुरा हुनेछ,नेपालको ३५% मगरहरुको मुखमा बिख खुयाको समान हुनेछ,भन्दै हजुर हरुको शुभचिन्तक,
    रचना राणा, । थापा
    रिदिबजार, गुल्मी,
    लुम्बिनी अञ्चल,

  3. Wyo Its great-pleasure for us Magaraat ladies and gentlemen lets see further more love you all Magaraat.

  4. B.B.,Malla Thakuri(laligurans saskritik pariwar kuwait)

    लौ लाङ्घाली को नाहाको के धेरै धेरै बधाई ले है तर पनि चेकको जा अबेर छाना है तर पनि ठिकै न ले लाफा को

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.