तामाङ घेदुङ कुवेतले प्रदान गरेको सहयोग रकम नेपालका पीडित परिवारलाई वितरण


कुवेतनेपाल, एड्मिन

गत २७ फेब्रुअरी २०१२ का दिन, काठमाण्डौको बबर महलमा भएको बम बिस्फोटमा परी जीबन गुमाउन पुगेका धादिङ बैरेनी गाविस- १ का कृष्णबहादुर तामाङ, सोही गाविस- ६ का मानबहादुर तामाङ र धादिङ पिडा गाविस- ८ का वीरबहादुर तामाङको परिवारलाई राहत स्वरुप नेपाल तामाङ घेदुङ कुवेतद्वारा पठाईएको ने.रु. ८५,४०५ रकम २८ हजार ४ सय ७० रुपैयाँको दरले तिनवटै पीडित परिवारलाई नेपाल तामाङ घेदुङ केन्द्रिय समितिले हिजो शुक्रवार आयोजना गरेको रकम हस्तान्तरण समारोहमा मृतकका छोरा तथा भाइ, भतिजालाई बोलाई समानरुपले घेदुङ कुवेतका नेपाल प्रतिनिधि अमृत तामाङ र नेपाल तामाङ घेदुङका केन्द्रिय अध्यक्ष कुमार योञ्जन तामाङद्वारा हस्तान्तरण गरिएको घेदुङ कुवेतका अध्यक्ष राम बहादुर लामा घलानले जानकारी दिनु भएको छ ।

सो अवसरमा नेपाल तामाङ घेदुङका अध्यक्ष कुमार योञ्जन तामाङले सरकारले लामो समयपछि घट्नाका पीडित परिवारलाई रु. १० लाख आर्थिक सहयोग दिने भनेतापनि हालसम्म पीडितहरुले प्रप्त गर्न नसकेकोमा घेदुङ परिवार मर्माहत हुनपुगेको बताउँदै सरकारसमक्ष घोषित रकम अविलम्ब पीडित परिवारलाई हस्तान्तरण गर्न माग गर्नुभयो । उहाँले घाइते तथा मृतकका बालबालिकाको निःशुल्क पठनपाठन र एक परिवार एक रोजगारीको व्यवस्था गर्न पनि सरकारसमक्ष माग गर्नुभएको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.