सवै बिकल्पमा छलफल गर्न प्रचण्ड–झलनाथ सहमत


२५ जेठ, काठमाण्डौ – एकीकृत नेकपामा माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल संबिधानसभा पुर्नस्थापना लगायत सवै बिकल्पमा छलफल गर्न सहमत भएका छन् । प्रचण्ड र खनालवीच आज बिहान खनाल निवास डल्लुमा भएको छलफलमा दुवै नेताहरु तत्कालै सवै बिषयमा मुख्य दलहरुवीच छलफल हुनुपर्नेमा एकमत भएको बताइएको छ ।

भेटमा खनालले सहमतिका लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा दिनुपर्ने सर्त राख्नुभएको थियो । जवाफमा प्रचण्डले अहिले प्रधानमन्त्रीले राजीनामा दिएसरह नै रहेकाले पहिले अर्को बिकल्प’bout सहमति गर्नुपर्ने बताउनुभएको थियो । ‘अहिलै छाडेर कसलाई जिम्मा लगाउने ? पहिले संबिधान लगायतका सवै बिषयमा सहमति जुटाउं अनि प्रधानमन्त्री फेरौंला’ प्रचण्डको भनाई उदृत गर्दै उनका एक सहयोगीले बताए ।

अहिलेको आबश्यकता राष्ट्रिय सहमति भएकाले सडक प्रर्दशन रोक्न प्रचण्डले झलनाथलाई आग्रह गरेपनि खनालले त्यसलाई अस्वीकार गर्नुभयो । सडक प्रर्दशनले सहमतिलाई बाधा नपुर्‍याउने खनालको जिकिर थियो ।

 Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.