Daily Archives: 07/06/2012

दुनियालाई देखाएका हलिउड हस्तीहरु (फोटो फिचर सहित)


लुगा लगाउँदा ढंग नपुग्दा मात्र होइन कहिलेकाहीँ बढि सेक्सी बन्न खोज्दा समेत सेलिब्रेटीहरुलाई आपत पर्ने गर्छ । निकै छोटा तथा टाइट कपडा लगाउँदा सार्वजनिक समारोहमा अन्तर अंग प्रदर्शन हुनगै बेइज्जती बेहोर्नु परेका घटना कलिउडका हिरोइनका हकमा समेत सामान्य बन्न थालेका छन् भने बलिउड र हलिउडमा त यो सनातन परम्परा जस्तै बन्दै आएको छ ।हलिउडका कतिपय सेलिब्रेटी महिलाहरुले त चर्चा कमाउनका लागि नै सार्वजनिक समारोहमा आफ्ना गोप्य अंग छलैंगै देखाइदिन्छन् । उनीहरुले कतिपय अवस्थामा भित्री वस्त्र नै नलगाइकन छोटो मिनिस्कर्टमा ठाँटिएर हिँड्छन् । पढ्नेक्रम जारी राख्नुहोस्

सवै बिकल्पमा छलफल गर्न प्रचण्ड–झलनाथ सहमत


२५ जेठ, काठमाण्डौ – एकीकृत नेकपामा माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल संबिधानसभा पुर्नस्थापना लगायत सवै बिकल्पमा छलफल गर्न सहमत भएका छन् । प्रचण्ड र खनालवीच आज बिहान खनाल निवास डल्लुमा भएको छलफलमा दुवै नेताहरु तत्कालै सवै बिषयमा मुख्य दलहरुवीच छलफल हुनुपर्नेमा एकमत भएको बताइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

गोविन्द मैनालीलाई जेलमुक्त गर्न टोकियो अदालतको आदेश


सुरेन्द्र पौडेल, काठमाडौं, जेठ २५ – हत्याको मुद्दामा जापानमा १५ वर्षदेखि बन्दी जीवन बिताइरहेका गोविन्द मैनालीको मुद्दा पुनरावलोकन हुने भएको छ। उनी निर्दोष देखिएपछि टोकियो उच्च न्यायालयले नेपाली समयअनुसार आज बिहान पौने ७ बजे पुनरावलोकन गर्ने निर्णय सुनाएको हो।  उनलाई एक जापानी महिलाको बलात्कारपछि हत्या गरेको ठहर गर्दै सोही अदालतले आजिवन कारावासको सजाय सुनाएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

माओवादी गोलीको शिकार भएका कङ्ग्रेस नेता जोन्छेको निधन


रोशन सिल्पकार, भक्तपुर, जेठ २५ – माओवादीले हानेको गोली लागेपछि अशक्त रहँदै आएका कङ्ग्रेसका नेता राधेश्याम जोन्छेको निधन भएको छ। हिजो राति शिक्षण अस्पताल महाराजगञ्जमा उनको निधन भएको हो। २०५९ भदौ १६ मा भक्तपुरको कटुन्जेमा माओवादीले गोली हानेपछि उनी ओछ्यान पर्दै आएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

हिँडाइबाटै पत्ता लाग्छ महिलाहरुको यौन सन्तुष्टी


कुनै पनि महिलाले यौन सम्पर्कका बेला चरम सन्तुष्टी पाए नपाएको कुरा उनको हिँडाइबाटै थाहा हुने पछिल्लो एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार सेक्सका बेला चरम आनन्दमा पुग्ने महिला अरु महिला भन्दा भिन्न तरिकाले हिड्ने गर्छन् । बेल्जियमका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार यौन सम्पर्कका बेला चरमोत्कर्षमा पुग्ने र चरमोत्कर्षमा पुग्नै नपाइकन सम्भोगबाट अलग्गिन बाध्य हुने महिलाहरुको हिँडाइको चाल बेग्लै हुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

थिएं मैले (गजल)


मनोज -मनसुन


माया कस्तो चिज हो जानेकै त थिएं मैले
जती बिन्ति गर्‍यो उति मानेकै त थिएं मैले

म आउने बाटो बारी लगाएछौ पर्खाल किन ?
तिमीलाई नै जीवनसंगी ठानेकै त थिएं मैले

जमघटमा भेट हुँदा न म बोलें न त तिमी
ईशाराले नजरका बाण हानेकै त थिएं मैले पढ्नेक्रम जारी राख्नुहोस्