“श्रद्धान्जली नारायणलाई”


दमक लखनपुर निवासी स्व.नारायण खरेल जो बौद्धिक र समाजसेवी व्यक्तित्व जसले बिराटनगर क्याम्पसमा बिगत धेरै बर्षदेखी शिक्षकको रुपमा कार्य गरिरहनु भएको थियो । वहाँको असामयिक निधनले मर्माहत भएपछी मैले मृत आत्मको चिरशान्तिको कामना गर्दै वहाँमा समर्पित यो शब्दान्जली अर्पण गरेकी छु ।

आचार्य प्रभा, डेन्वर कोलोराडो

हरे ! निष्ठुरी दैव
कत्ति पनी दया आएन तिमीमा ?
जो, बौद्धिकताको खानी थियो
सबको आँखाको नानी थियो
जसले आफु सक्षम बनेर
समाजमा बौद्धिकताको पाठ सिकाई रहेथ्यो
उसैलाई चुँडेर टपक्क लानु
कत्ती पनि असहज भएन तिमीलाई ?
जल्दोबल्दो शाहसको साथ
शिक्षाको पाठ घोकाई रहेको बेला
अन्धकारको घडीमा
ज्ञानको दियो जलाई रहेको बेला
थपक्क उठाई उडाई लग्यौ
निश्चल जीवनलाई पापिष्ट बनी ठग्यौ
भुल के थियो त्यो निर्दोष मनको ?
उठायौ चोला त्यो सुकोमल तनको
के बिते होलान् ती लालाबाला मनमा ?
धैर्य धारणा क्षमता मिलोस्
ती शोकाकुल सारा परिवारजनमा
एक अन्जुली जल चढाई
चीर आत्माको कामना गर्छु
यो खाटा बसेको घाउमा
धैर्यताको मल्हमले भर्छु

रचना: ०४ जुन २०१२

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.