नबिर्सने घडीको आलाराम, प्रबाशी जिन्दगी र नेपालीहरुले बिर्सेंको औकात


ईन्द्र भुसाल, कुवेत

प्रबाश भन्ने बित्तिकै अन्जान ठाउँ भन्ने बुझिन्छ जहाँ हामी लगभग १७ देखी २२ लाख नेपालीहरुले आफ्नो मात्र नभ्एर आफ्नो परिवार अनी सुनिस्चित भबिस्य को लागि पशिना बगाउने गर्दछौ । पहिला पहिला मुग्लान जाने भन्दा नेपालीहरुलाई भारत को सम्झना हुन्थेयो भने अब नेपालीहरुको लागि खाडी मुलुक देखी युरोप र अमेरिका हुँदै विश्व का धेरै मुलुक मुग्लान भएका छन एद्द्यपी युरोप देखी अमेरिका हुँदै मद्यपुर्व को ईजराईल मा बस्ने नेपाली नारिहरु समेत आफुलाई मुग्लानी भन्न शर्माउछन किनकी त्यहाँ डलर फल्दछ अरे….

हामी जहाँ बसेपनी जब आफ्नो जन्म भुमी बाट टाढा भईन्छ हामी प्रबाशी नै हो चाहे हामी रियाल कमाउ चाहे हामी डलर वा लिरा । आफु जन्मेको ठाउँ अनी आफ्नो बाल्यकाल बिताएर जिन्दगीको परिभाशा सिकेको ठाउँ जीवन भन्दा प्यारो हुन्छ तर अब यो वाक्य सबैलाई केहीलाई अमान्य हुन सक्दछ । जहाँ गएपनी आफ्नो मातृभूमी अनी जन्मदिने माता पिता अमुल्य हुन्छन तर अब नेपाली हरुमा त्यो भाबनात्मक मात्र होईन रगत को नाता पनि हराउदै गएको देखिन्छ । बिहान हुन नपाउदै झिसमिसे उज्यालोमा सकी नसकी उमेर पुगेपनी नपुगेपनी र बुढो भएपनी कुखुराको खोर मा भाले बास्दा हामीलाई अब उठनु पर्छ भन्ने सन्देश हुन्थेयो र धेरै नेपालीहरु अहिले पनि मानब निर्मित घडी भन्दा भाले कै ईशारामा जाग्ने गर्दछन । प्रबाश मा भने जिन्दगी अतिनै फरक छ । मानब निर्मित घडी को आलाराम को साथ निन्द्रा पुगेपनी नपुगेपनी हामी जाग्नै पर्छ अथवा उठनै पर्दछ नत्र भने जागिरे जिन्दगीको कुनै ठेगाना हुँदैन । धेरै कुराहरु हामीले बिर्सने बानी भएको छ यो प्रबाशी जीवन मा तर घडी को आलाराम पटक्कै भुलिदैन किनकी त्यो आलाराम अतिनै सम्बेदनशील बिषय सँग जोडीएको छ । खाडी मुलुक मा बस्ने करिब १५ लाख नेपालीहरु को लागि जिन्दगीको यो बिरानो गोरेटोमा घडी को आलाराम निकै नजिक को मित्र हो जस्ले हरेक आफुले चाहेको मोड मा साथ दिएको छ । गाडी कुदाउने साथीहरुले धेरै रफ्तार को आलाराम को वास्ता नगरेपनी दुई पटक भन्दा धेरै बज्यो भने यो बिउझाउने घडीको आलाराम कुनै हालत मा बिर्सदैनन किन कि यो प्रबास को जिन्दगीमा जिउने आलाराम हो ।

खाडी मुलुक मा मात्र होईन अमेरिका देखी बेलायता हुँदै युरोप का धेरै देश मा नेपालीहरु छरिएर रहेका छन भने पछील्लो समय मा मद्यपुर्व को ईज्राईल पनि बिशेष गरी नेपाली महिलाहरुको लागि राम्रो गन्तब्य बनेको छ । नेपालीहरु जहागएपनी कमाउनु र आफ्नो भबिस्य लाई सुरछित पार्नु खुशी को बिषय हो तर कुनै ठाउँ मा गएर खेइ धन कमाउदैमा र केहीपल सुखी दिन बिताउदैमा जिन्दगीको यथार्तता बिर्सदै नेपाली पन र नेपाली मन लाई गलहत्ताउनु लाई कसरी राम्रो मान्ने ?राम्रो कमाउ राम्रो गर अनी राम्रो लाउ त्यो सबैले चाहन्छ तर कमाउदैमा पिठ्यु नै देखाएर लगाउनु पर्ने तिघ्रा नै देखाएर हिंड्नु पर्ने अनी मात्र केहीसाल पहिला सँगइ घास दाउरा गर्ने आफ्न साथीलाई पाखे सम्झने मात्र होईन नेपाली चाड पर्व लाई उचित नठान्ने लाई औकात भुलेको भन्ने वा डलर को लागि सबैथोक बिर्सेंको भन्ने ?

जहाँ गयएपनी हामी नेपाली अनी हामी प्रबाशी चाहे डलर कमाउ चाहे रियल सबैले चेतना लिने भये…..

One response to “नबिर्सने घडीको आलाराम, प्रबाशी जिन्दगी र नेपालीहरुले बिर्सेंको औकात

  1. Yo maathi ko lekhak Indra Jyu laai dherai dherai dhanyabaad atinai ramro sabda haru darsaunu bhayeko chha hamile jati nai kamau tara hami nepali bholi hami nepal pharkanunai parchha yo kura sabaile bujna atinai aawasyak chha paisaa bhanne chij ahile chha bhare chhaina bujnelai shreekhanda nabujnelai khurpako bid.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.