Daily Archives: 05/06/2012

नबिर्सने घडीको आलाराम, प्रबाशी जिन्दगी र नेपालीहरुले बिर्सेंको औकात


ईन्द्र भुसाल, कुवेत

प्रबाश भन्ने बित्तिकै अन्जान ठाउँ भन्ने बुझिन्छ जहाँ हामी लगभग १७ देखी २२ लाख नेपालीहरुले आफ्नो मात्र नभ्एर आफ्नो परिवार अनी सुनिस्चित भबिस्य को लागि पशिना बगाउने गर्दछौ । पहिला पहिला मुग्लान जाने भन्दा नेपालीहरुलाई भारत को सम्झना हुन्थेयो भने अब नेपालीहरुको लागि खाडी मुलुक देखी युरोप र अमेरिका हुँदै विश्व का धेरै मुलुक मुग्लान भएका छन एद्द्यपी युरोप देखी अमेरिका हुँदै मद्यपुर्व को ईजराईल मा बस्ने नेपाली नारिहरु समेत आफुलाई मुग्लानी भन्न शर्माउछन किनकी त्यहाँ डलर फल्दछ अरे…. पढ्नेक्रम जारी राख्नुहोस्

न्यायाधीश हत्याकाण्ड ‘सरी भन्दै गोली हाने’


प्रतिमा बाँस्कोटा
काठमाडौ, जेष्ठ २३ – न्यायाधीश रणबहादुर बममाथि बिहीबार गोली प्रहार भएको दिन उनका सुरक्षाका लागि नेपाल प्रहरीका असई महेश गिरी व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) थिए । बंगलामुखी मन्दिरबाट र्फकंदै गर्दा बममाथि गोली हान्ने समूहले पहिला उनीमाथि गोली चलाएको थियो । शरीरका तीन ठाउँमा गोली लागेर नर्भिक अस्पतालमा उपचार गराइरहेका गिरी सोमबार पाँच दिनपछि आईसीयूबाट जनरल वार्डमा सरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

बिरोधसभा भव्य बनाउने तयारी


काठमाडौ, जेष्ठ २३ – सरकार बिरोधी मोर्चामा रहेको २२ दलले जेठ २६ गते राजधानीको खुलामञ्चमा हुने बिरोध सभालाई सशक्त पार्न तयारीमा जुटेको छ । सभामा एक लाख बढी मानिस उतार्ने तयारी छ । मंगलबार सभाको तयारीका लागि छलफल गर्न कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सबै दलका केन्द्रीय प्रतिनिधी सम्मिलित बैठक भएको छ । कांग्रेस महामन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा भएको बैठकमा सभालाई भव्य बनाउने विषयमा छलफल भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पूर्वसभासदको रातो पासपोर्ट खिचिने


 सुरेन्द्र पौडेल, काठमाडौं, जेठ २३  – परराष्ट्र मन्त्रालय र व्यवस्थापिका संसद् सचिवालयले संविधानसभा विघटनपछि जिम्मेवारीमुक्त भएका पूर्वसभासदहरूसँग रहेको कूटनीतिक (रातो) राहदानी खिच्ने भएका छन्। राष्ट्रिय सतर्कता केन्द्रले कूटनीतिक राहदानी दुरुपयोग हुनसक्नेतर्फ सतर्क गराउँदै पूर्वसभासदसँग रहेका राहदानी फिर्ता लिन परराष्ट्र र सचिवालयलाई निर्देशन दिइसकेको छ। सतर्कता केन्द्र प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रहेको भ्रष्टाचार नियन्त्रण तथा जनचेतना अभिवृद्धि गर्ने केन्द्रीय निकाय हो। पढ्नेक्रम जारी राख्नुहोस्

“श्रद्धान्जली नारायणलाई”


दमक लखनपुर निवासी स्व.नारायण खरेल जो बौद्धिक र समाजसेवी व्यक्तित्व जसले बिराटनगर क्याम्पसमा बिगत धेरै बर्षदेखी शिक्षकको रुपमा कार्य गरिरहनु भएको थियो । वहाँको असामयिक निधनले मर्माहत भएपछी मैले मृत आत्मको चिरशान्तिको कामना गर्दै वहाँमा समर्पित यो शब्दान्जली अर्पण गरेकी छु ।

आचार्य प्रभा, डेन्वर कोलोराडो

हरे ! निष्ठुरी दैव
कत्ति पनी दया आएन तिमीमा ?
जो, बौद्धिकताको खानी थियो
सबको आँखाको नानी थियो
जसले आफु सक्षम बनेर पढ्नेक्रम जारी राख्नुहोस्

श्रीमती माइत गएको मौका छोपी आफ्नै छोरीलाई वलत्कार गर्ने बाबु पक्राउ


नेपालगन्ज, जेठ २२ । आफ्नै छोरीलाई वलत्कार गरेको आरोपमा बाँके कचनापुरका चेतलाल बोहरालाई प्रहरीले पक्राउ गरेको छ । माइत गएकी बोहराकी श्रीमती आइतवार घर फर्केपछि बलात्कृत छोरीले घटना’bout आमालाई बताएकी थिईन् । श्रीमान श्रीमतीबीचको झगडा मिलाउन सोमवार छलफल भइरहेको अवस्थामा गाउलेहरुले बलत्कारको घटना थाहा पाएपछि प्रहरीचौकी ढकेरीमा उजुरी गरेका थिए । गाउँलेको उजुरीपछि प्रहरीले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोग लागेका बोहरालाई प्रहरीले पक्राउ गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्