२५ जिल्ला ‘खस आर्य’ पार्टीको किल्ला


२२ जेठ, काठमाण्डौं – क्षेत्री बाहुनको अपमान गरेपछि बहुमत जातिहरुको समर्थन पाएर गणतन्त्र नेपालको राष्ट्रपति बन्न माओवादी अध्यक्ष प्रचण्डको आत्मघाती प्रयासले अन्ततः नेपाली समाजमा कहिल्यै नपुरिने धाँजा फाटेको छ । प्रचण्ड त फेरि पनि भित्ते राष्ट्रपतिमात्र बन्लान् तर उनको राष्ट्रपति बन्ने कुबुद्धिले गर्दा नेपालमा लोकतान्त्रिक राजनीतिक दलहरु कमजोर भएर जातीय तथा धार्मिक नश्लका आधारमा साम्प्रदायिक पार्टीहरु उम्रने खतार मडारिएको छ ।

यदि प्रचण्डको अवैध गर्भ बोकेर केही आदिवासी जनजाति नेताहरुले जातीय पार्टीलाई जन्म दि एभने त्यसको काउन्टरमा देशभर छरिएका खस आर्य समुदायको अर्को पार्टी खडा हुने निश्चित देखिएको छ । दुबै पक्षले पार्टी गठनको तयारी गरिरहेको खबर आजको साँघु साप्ताहिकले छापेको छ ।

एमालेका उपाध्यक्ष अशोक राईसहित एमालेका अधिकांस नेताहरु र अन्य दलमा आवद्ध रहेका आदिवासी जनजाती नेताहरुले अलग्गै जातीय पार्टी खोल्ने चर्चा चलिरहेका बेला ब्राम्हण, क्षेत्री, दशनामी, ठकुरी, दलित तथा भूमिहार र राजपुत लगायत आर्य समुदायको शक्तिशाली पार्टी दर्ता गर्ने प्रारम्भिक तयारी भईरहेको छ ।

अहिलेसम्म विभिन्न राजनैतिक दलमा आवद्ध रहेपनि यदि जनजातिहरुको पार्टी बनेको खण्डमा ती पार्टीभित्र बसेर आफ्नो समुदायको पक्षमा लड्न नसकिने निष्कर्ष सहित दशवटा आर्य संगठनहरुले पार्टीको न्यूक्लियस बनाउन लागेका हुन् ।

आदिवासी जनजातिहरुले पार्टी खोलेमा त्यसको निशाना बाहुन, क्षेत्री, दलित, दसनामी, ठकुरी लगायत आर्य समुदाय हुने निश्चित भएकाले आफ्नो समुदायको रक्षाकै लागि पनि अर्को पार्टी खोल्नुपर्ने बाध्यता रहेको क्षेत्रीसमाजका उपाध्यक्ष इमानसिंह बस्नेतले जानकारी दिनुभयो ।

Source: Onlinekhabar

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.