मलामी गएका बृद्धको मृत्यु


इलाम, जेष्ठ २१ – आफन्तको मलामी जाँदै गरेका इलामका एक व्यक्तिको गाडीबाट खसेर ज्यान गएको छ। ट्याक्सीमा झुन्डिएर यात्रा गर्ने क्रममा एक वृद्धको आइतबार बिहान साढे ९ बजे ज्यान गएको हो।

राँकेबाट झापातर्फ जाँदै गरेको ना१ज १४८६ नम्बरको ट्याक्सीबाट खसेर इलाम नगरपालिका-३ निवासी ५५ वर्षीय रामबहादुर राईको नगरपालिका-४ सेरामा ज्यान गएको प्रहरीले जनाएको छ। ट्याक्सीबाट खसेका उनको उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको र यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित न्यूरो अस्पतालमा लैजान एम्बुलेन्समा राख्दाराख्दै ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।ट्याक्सी चालक माइपोखरीका याम गुरुङ र सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.