धनीको सूचिमा पुनः घले


काठमाडौं, जेष्ठ २१ – नेपाली युवा शेष घले यस वर्ष अस्ट्रेलियाको १ सय ६६ औं धनी व्यक्ति बनेका छन् । उनको सम्पत्ति २ सय ५५ मिलियन अस्ट्रेलियन डलरसहित धनी व्यक्तिमा पुनः दर्ज भएका छन् । सन् २०१२ को मे अंकमा ‘बीआरडब्लू रिर्च’ पत्रिकाले निकालेको सर्वेक्षणमा घले यो स्थानमा आएका हुन् । गत वर्ष घले कुल २ सय ३७ मिलियन अस्ट्रेलियन डलरका साथ १ सय ६४ औं स्थानमा रहेका थिए । घलेको सम्पति यस वर्ष गत वर्षभन्दा ३२ मिलियन डलरले बढी रहेको छ । अस्ट्रेलियाको मेलबर्नमा मेलबर्न इन्सिटच्युट अफ टेक्नोलोजी सञ्चालन गरिरहेका घले यसबाहेक रियल स्टेट व्यवसायमा पनि सफल मानिन्छन् । सूचना प्रविधि र व्यवस्थापन लगायतका विषय पढाइ हुने यहाँ ३ हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत रहेका छन् । १६ वर्षअघि विद्यार्थीका रुपमा अस्ट्रेलिया आएका घले छोटो समयमा नै परिश्रम र मेहनतका कारण सफल व्यक्ति बनेका छन् । बिजनेस विषय लिएर स्नातकोत्तर गरेका घलेले सुरुका समयमा सामान्य विद्यार्थी सहर नै दुःख गरेका थिए । २०१४ सालमा लमजुङ जिल्लाको नाङ घानपोखराम जन्मिएका उनले राजधानीमा पुल्चोकबाट इन्जिनियरि प्रमाणपत्र गरेका थिए भने, छात्रवृतिमा तत्कालिन सोभियत संघअन्तर्गत रहेको युक्रेनबाट सिभिल इन्जिनियरिङ गरेका हुन् ।

Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.