Daily Archives: 03/06/2012

साथीको हत्या गरी मुटु र गिदी क्वाप्पै


अमेरिकाका एक युवकले आफ्नै साथीको हत्या गरी उसको मुटु र मस्तिष्कको मासु पकाएर खाएका छन् । मेरिल्याण्डको मोर्गन स्टेट युनिभर्सिटीमा पढ्ने २१ वर्षका अलेक्जेन्डर किन्युआले आफ्नै साथी कुजोइ बोन्साफोको हत्या गरी उनकै मासु खाएका हुन् । गएको शुक्रबार हराएका कुजोइको सरीरका केही भाग फेला परेपछि घटनाको अनुसन्धान गर्दै जाँदा अलेक्जेन्डरले मारेर खाएको खुलासा भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

मलामी गएका बृद्धको मृत्यु


इलाम, जेष्ठ २१ – आफन्तको मलामी जाँदै गरेका इलामका एक व्यक्तिको गाडीबाट खसेर ज्यान गएको छ। ट्याक्सीमा झुन्डिएर यात्रा गर्ने क्रममा एक वृद्धको आइतबार बिहान साढे ९ बजे ज्यान गएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

धनीको सूचिमा पुनः घले


काठमाडौं, जेष्ठ २१ – नेपाली युवा शेष घले यस वर्ष अस्ट्रेलियाको १ सय ६६ औं धनी व्यक्ति बनेका छन् । उनको सम्पत्ति २ सय ५५ मिलियन अस्ट्रेलियन डलरसहित धनी व्यक्तिमा पुनः दर्ज भएका छन् । सन् २०१२ को मे अंकमा ‘बीआरडब्लू रिर्च’ पत्रिकाले निकालेको सर्वेक्षणमा घले यो स्थानमा आएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

बसमा विमान ठोक्किँदा १० जनाको मृत्यु


घाना, २१ जेठ । अफ्रिकी मुलुक घानामा अकस्मात अवतरण गरिएको एक विमान बससँग ठोक्किँदा १० जनाको मृत्यु भएको छ । बोइङ ७२७ कार्गो विमान घानाको राजधानी आकरामा अवतरण गर्ने क्रममा धावनमार्गमा अनियन्त्रित भई नजिकैको बाटोमा रोकिराखेको बसमा ठोक्किँदा उनीहरुको मृत्यु भएको हो । विमानमा रहेका चालक दलका चार सदस्य भने सकुशल छन् । पढ्नेक्रम जारी राख्नुहोस्

खेलाडी सुताउने यी सुन्दरी (फोटो फिचरसहित )


युरोपका धेरै फुटबल खेलाडीहरुको नाम कोही न कोही सुन्दरीहरुसँग जोडिने गरेको छ ।महत्वपूर्ण म्याच अघि त्यस्ता सुन्दरीहरुसँग रोमान्स गरेर वार्मअप गर्ने बानी धेरै खेलाडिहरुमा परेको छ ।यस्तै कामुक तरुनीहरुसँग नाम जोडिइरहने फुटबले खेलाडिमध्ये इटालियन फुटबलर मारियो बालाटोली पनि एक हुन् ।विभिन्न स्क्यान्डलका कारण विवादमा परिरहने बालाटोलीले केही समय अघिसम्म मोडेल सारा तोम्मासीसँग रोमान्स गरिरहेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

मनपर्‍यो भन्दैमा जे पनि गर्नुपर्छ र ?


बेनिशा हमाल, नायिका
नेपाली चलचित्रमा ‘स्वर’ मार्फत नेपाली सिनेमामा आएकी नायिका वेनिशा हमाल विस्तारै सिने उद्योगमा जम्दै छिन् । स्वर पश्चात केही सिनेमामा अभिनय गरीसकेकी बेनिशा छानेर मात्र सिनेमा खेल्ने वताउँछिन् । नायिका हमालसँग अनलाईनखवरका लागि विजय आवाजले गरेको कुराकानी: पढ्नेक्रम जारी राख्नुहोस्

दाजुभाइको अंशवण्डा झगडामा नाबालक छोराछोरीसहित सातको हत्या


दिलबहादुर छत्याल, धनगढी, जेठ २०- बझाङको एउटा दुर्गम गाउँमा दाजुभाइबीच अंशवण्डाको विषयमा झगडा हुँदा दुवै पक्षका गरी छ जना अबोध बालबालिका र एक महिलाको मृत्यु भएको छ।  झगडामा उत्रेका दुवै जनाले चक्कु लगायतको घरेलु हतियार प्रयोग गरेर एक अर्काका अबोध नाबालक छोराछोरीको निर्मम हत्या गरेका हुन्।  पढ्नेक्रम जारी राख्नुहोस्

न्यायाधीश हत्याको विरोधमा आज अदालत बन्द


 भेटिएको पहिलो प्रमाण नै ‘नक्कली’-
केपी ढुंगाना, काठमाडौं, जेठ २१- सर्वोच्चका न्यायाधीश रणबहादुर बमको दिनदहाडै गोली हानी हत्या भएको विरोधमा आज देशभरका अदालतहरु बन्द छन्। बिहीबार हत्या भएकै दिन बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले देशभरका अदालत बन्द गर्ने निर्णय गरेको थियो। तीन दिन बितिसक्दा पनि घटनाको अनुसन्धान गरिरहेका प्रहरीले हत्या कसले र किन गर्‍यो भन्ने ’bout केही पत्ता लगाउन सकेको छैन। घटनामा प्रयोग भएको मोटरसाइकल त भेटिएको छ, तर त्यो नक्कली भएको थाहा पाएपछि हत्यारा निकट पुग्ने प्रहरीको आशा तुहिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्