कुवेतनेपाल, एड्मिन
आफ्नो धर्म, संस्कृति, भाषा, भेषभूषा एवं मौलिक परम्परालाई दिगो राख्दै मगर जातिय उत्थान तथा संरक्षणको निम्ति सम्पूर्ण कुवेतवासी मगराँतहरु एकजुट भई अगाडि बढ्ने र कुवेत या नेपालमा पीडित बन्न पुगेका मगरजाती तथा अन्य नेपाली नागरिकहरुलाई सक्दो आर्थिक, भौतिक एवं बौद्दिक टेवा पुर्याउने उद्देश्यका साथ गत १० मार्च २०१२ का दिन गठन भएको नेपाल मगर सँघ, कुवेत तदर्थ समितिको औपचारिक सम्मेलन यही आगामी १५ जून २०१२ शुक्रबारका दिन, कुवेतको होटल एशिया-एशियामा दिनको ठिक २.०० बजेदेखी हुने र जसमा सहभागीताको लागि नेपाल मगर सँघ, केन्द्रिय समितिको तर्फबाट केन्द्रिय उपाध्यक्ष श्री गंगा बहादुर थापामगर कुवेत आउनु हुने भएको छ ।
मगर सँघ, कुवेत तदर्थ समितिका सम्योजक मित्र सिंजालीमगरको अध्यक्षतामा बसेको आजको सातौं भेलाले उक्त सूचनालाई सार्वजनिक गर्दै कुवेतमा हुन लागेको यस ब्रिहत मगर सम्मेलनले नेपाल मगर सँघ केन्द्रिय समितिको बिधानमा पूर्णरुपमा आस्थावान रहि कुवेतमा एक सकृय कार्यकारिणी समितिको निर्माण गर्ने बताईएको छ ।
मगर संस्कृति, भाषा एवं भेषभूषा पनि आम नेपाली संस्कृति एवं परम्परा मध्यकै एक हिस्सा भएकोले जसको संरक्षण तथा सम्बर्द्दन गर्नु सम्पूर्ण मगर जातीहरुको धर्म एवं नैतिक जिम्मेवारी भएकोले यस कार्यकारिणी समितिको औपचारिक रुपमा निर्माण गर्न लागिएको र यस कार्यकारिणी समिति कुनैपनि नेपाली जातजाती, धर्म-संस्कृति या परम्परा बिरोधी नभएको र हमेशा एक निस्वार्थ उद्देश्यसहित कुवेतमा कृयाशिल अन्य नेपाली सँघ-संस्थाहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने बैठकले छर्लङ्ग पारेको छ ।
१५ जूनमा हुने मगर सम्मेलनमा सक्दो कुवेतवासी मगर दाजुभाइ तथा दिदीबहिनीहरुलाई एकिकृत गराउने र मगर सँघ कुवेतको उद्देश्यका ’boutमा सबैलाई सूचित गर्ने उद्देश्यले यस तदर्थ समितिले कुवेतका बिभिन्न स्थान मध्ये.. फाहाहिलबाट मङ्गाफ, अबु-हालिफा हुँदै, अम्घराबाट हसाबिया, जिलिब, फर्वानिया हुँदै र मगरहरुको बाहुल्यता रहेको कम्पनी UGCC बाट अब्बासिया, जिलिब हुँदै कुवेत सिटीसम्मको लागी बसको व्यवस्था समेत गर्ने जानकारी दिंदै सम्पूर्ण कुवेतवासी मगराँतहरुलाई सम्मेलनमा अनिवार्य उपस्थितिको लागि आव्ह्वान गरेको छ ।
यसैगरी, कतिपय कुवेतमा रहेका मगर दाजुभाइ तथा दिदीबहिनीहरुको व्यक्तिगत विवरण आजसम्म पनि यस तदर्थ समितिलाई औपचारिक रुपमा प्राप्त नभएको र जसलाई मगर सँघको केन्द्रिय समितिमा सम्मेलन अगावै पेश गर्नुपर्ने भएकोले यथाशिध्र आ-आफ्नो विवरण उपलब्ध गराई दिनुहुन समेत मगर सँघ कुवेत तदर्थ समितिले अनुरोध गरेको छ ।
kuwait bashi magar lafa ko sammelanang kutada rahake hai,
thats gud….. tara yo hotel asia asia chahikata ho ???
question ko lagi thanks, Hotal asia asia kuwait ko maliya city kfc ko thik pachhadi pati thulo bordma lekhiyako chha ra yedi tapai maliyama janu bhayo bhane jo kasailai sodhnu bhayobhane bataidenechha la