Monthly Archives: जुन 2012

सुनको सिक्रिले गोली छेकेपछि…….


सुनका गहनाका कारण हामीकहाँ कतिपयको ज्यानै जाने गरेको छ । कतिपय महिलाले सुनका गहना लगाएकै कारण लुटेराहरुको आक्रमणबाट ज्यान गुमाउनुपरेको छ भने कतिपय घाइते हुनुपरेको छ । अर्थात् हामीकहाँ यो पहेँलो धातु सुन ज्यानमारा बनिरहेको छ । तर रुसमा भने सुनको सिक्रि लगाएकै कारण एक व्यक्तिको ज्यान बँचेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

तपस्वी बम्जन सहित चारजनालाई पक्राउ पुर्जी


१६ असार, काठमाण्डौं – तपस्वी रामबहादुर बमजनविरुद्ध जिल्ला वन कार्यालय बाराले पक्राउ पुर्जी जारी गरेको छ । अवैध रूपमा वन अतिक्रमण गरेको आरोपमा कार्यालयले बमजन र उनका चार अनुयायीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । बमजनसहित बोधी श्रवण धर्म संघका कार्यवाहक अध्यक्ष जसबहादुर वाइबा, सचिव रामकुमार थिङ, सदस्य बालहरि राई र दर्शन लिम्बूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको प्रमुख वन अधिकृत रामनन्दन साहले बताए । वन अतिक्रमण गरेकाले उनीहरूविरुद्ध वन ऐनबमोजिम कारबाही गर्न पक्राउ पुर्जी जारी गरिएको उनको भनाइ छ । पढ्नेक्रम जारी राख्नुहोस्

त्रिविको स्ववियु कार्यालयमा आगजनि


१६ असार, काठमाण्डौं – त्रिभुवन विश्व विद्यालय केन्दि्रय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुमा अज्ञात समूहले आगजनि गरेको छ । आगालागिबाट २०२१ साल देखिका अहिले सम्मका कागजपत्र, कम्प्युटर, फर्निचर लगाएतका सबै सामान जलेर नष्ट भएका छन् । त्रिवि नियमावलीमा २०३६ सालदेखी मात्रै स्ववियुको प्राबधान भएपछि त्यहाँ २०२१ सालमै विद्यार्थीहरुले स्ववियु निर्माण गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

आज असार १५ दहि र चिउरा खाने दिन


आज असार १५, हामी नेपालीहरु पश्चिमबाट आयात गरिएका भ्यालेन्टाइन डे, क्रिसमस मनाउँछौँ। असार १५ त हाम्रै पर्व। खेत र हिलो छैन भने आफ्नो टाउकोमा पानी खन्याएर भए पनि पुराना यी फोटोहरु हेरेर आज असार १५ मनाउनु पर्‍यो। छ भने दही चिउरा खानुपर्‍यो। असारको पन्ध्र दहीचिउरा खानू,साउनको पन्ध्र खीर भन्ने त उखानै छ नि। पढ्नेक्रम जारी राख्नुहोस्

जिमखाना धाउने पुरुष सेक्सका भोका


जो पुरुषमा आफ्नो सारिरिक सुगठनको नशा चढेको हुन्छ त्यस्ता पुरुषहरुमा महिलाहरुप्रतिको आशक्ति बढि हुने पछिल्लो अध्ययनले देखाएको छ । तर बडी निर्माण गरेका पुरुषहरुले महिलाप्रति दमनकारी रवैया अपनाउने गरेका कारण त्यस्ता पुरुषप्रति महिलाको धारणा नकारात्मक रहने गरेको अध्ययनको निष्कर्ष छ । पढ्नेक्रम जारी राख्नुहोस्

जन्ती बोकेको जिप दुर्घटना, दुईको मृत्यु


राजविराज, असार १५ – सप्तरीको रुपनी चौकमा बिहीबार राति जन्ती लिएर गइरहेको म्याजिक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। रायपुर-६ बाट रायपुर-८ मा जन्ती लिएर गइरहेको ना.१ज २८६० नम्बरको जिप एक्कासि पल्टिँदा गम्भीर घाइते भएका रायपुर-६ निवासी सीताराम यादवका छोरा २० वर्षीय रामकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

बालोटेल्लीले इटालीलाई फाइनलमा पुर्‍याए, इटाली-स्पेनबीच फाइनल


वार्सा, असार १५ (एजेन्सी)- जर्मनीले इटालीलाई अहिलेसम्म भएका प्रतियोगितात्मक खेलमा पराजित गर्न नसकेको इतिहासलाई कायम राख्दै मारियो बालोटेल्लीले मध्यान्तर अगाडि गरेको दुई गोलको मद्धतले इटाली युरो २०१२ को फाइनलमा प्रवेश गरेको छ। १५ खेलमा लगातार जीत दर्ता गर्दै विश्व रेकर्ड कायम गरेको जर्मन टोलीको विजय यात्रा सेमिफाइनलमा पुगेर रोकिएको छ। आइतबार मध्यरात हुने फाइनलमा इटालीले साबिक विजेता स्पेनको सामना गर्दैछ। पढ्नेक्रम जारी राख्नुहोस्

२७ वर्षदेखि बेपत्ता भएकालाई फेसबुकले भेटाइदियो


घरपरिवारले माया मारेको मान्छे आँगनमा टुप्लुक्क
१४ असार, काठमाडौं -फेसबुकले कति मान्छेलाई प्रहरी खोरमा पुर्याएको छ । कतिको घरपरिवार र आफन्तसित मनमुटाब बढाएको छ । कर्मचारी बरालिए भनेर कतिपय कार्यालयमा फेसबुक चलाउन बन्देज पनि लगाइएको छ । तैपनि नयाँनयाँ जानकारी आदानप्रदान, सूचना बाँडफाँड, नयाँ साथीसँगी र प्रीयजन भेट गर्ने थलोको रुपमा फेसबुक परिचित बन्दै गएको छ । यतिमात्र होइन २७ वर्षसम्म घरपरिवारबाट टाढा भएका एकजना मान्छेलाई फेसबुकले नै घरपरिवारको सम्पर्कमा ल्याइदिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्