माओवादीको संस्थापन र बैद्यपक्षको छुट्टाछुट्टै बैठक बस्दै


१८ जेठ, काठमाण्डौं – एकीकृत नेकपा माओवादीको संस्थापन पक्ष र बैद्य पक्षको बेग्लाबेग्दै बैठक बस्दैछ । दुवै पक्षको बैठकमा पार्टीमा मिलेर जाने वा छुट्टनि भन्ने विषयमा छलफल हुने बताईएको छ । पार्टी विवाद, संविधानसभाको विघटन, आगामी रणनीतिको ’boutमा छलफल गर्न संस्थापन पक्षको बैठक केहीबेरमा पेरिसडाँडा कोटेश्वरमा बस्दैछ । बैठकमा संविधानसभा विघटनको समीक्षा, संविधानसभा नयाँ चुनावको तयारी, पार्टीको आगामी कार्ययोजना लगायत विषयमा छलफल हुने पोलिटव्युरो सदस्य हरिबोल गजुरेलले जानकारी दिनुभयो ।

साथै पछिल्लो राजनीतिक परिस्थितिको जानकारी गाउँ तहसम्म पुर्‍याउने र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग मिलेर जनपरिचालनमा जाने’bout पनि बैठकमा छलफल हुने गजुरेलले बताउनुभयो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयीक राजनीतिक परिस्थितिको समीक्षा सहित पार्टीको आगामी रणनीति’bout प्रस्ताव पेस गर्ने बताइएको छ ।

त्यस्तै बैद्य बैद्य समूहको केन्द्रीय सदस्यहरुको बैठक पनि केहीबेरमा ललितपुरको कुपन्डोलमा बस्दैछ । संविधानसभाको विघटनपछि एउटै एजेण्डा बनाएर भावी रणनीति बनाउने संस्थापन पक्षले प्रयास गरे पनि बैद्य समूहले भने पार्टी एकताको सम्भावना करिब सकिएको प्रतिक्रिया दिएको छ । माओवादीको संस्थापन र बैद्य समूहको एकै दिन छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बस्न लागेको यो पहिलो पटक हो ।

Source: Onlinekhabar

 

One response to “माओवादीको संस्थापन र बैद्यपक्षको छुट्टाछुट्टै बैठक बस्दै

  1. 14 thousand publick blood liyara aba chai k hi garchan ki bhani janbata la timi haruli desh ko sampati khana pathayaka hun? yo parti ho ki kursi ko laphada ho?

    take care, otherwise nepali people don’t leave your ………..

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.