“अब यूवाले हाक्नु पर्छ देश”


ज्ञानेन्द्र गुरुङ
 
नेपाल आमाका हजारौ सपुतहरुको कुर्वानी र बलिदानी पश्चात प्राप्त ऐतिहासिक जनप्रतिनिधीको संबिधानसभाले मर्ने बेलामा एक थोपा पानी समेत मुखमा पर्न नपाई देहवासन गर्नु प-यो । जेठ १४ गते मध्ये राति, संबिधानसभाको अन्तिम बैठक बसेर सम्मानजनक तरिकाले ६०१ जना सभासद्को समेत विधिवत पदावधि समाप्तिको घोषणा गर्नु पर्ने हुन्थ्यो । तर राजाको काम कैले जाला घाम भने झैँ समय हुँदासम्म एक अर्कालाई दोषारोपण र लेन देनका रस्साकस्सि मै बितायो । जब भयो राती तब बुढी तातीको हतासले पनि पार नलागेपछी बैठक नै नबसी आयू स्वतः समाप्त भयो र संबिधानसभाले मृत्यु बरण ग-यो, कस्तो विडाम्बना यो ?
६ दसक, यानी कि..साठी वर्ष देखिको, आफ्नै हातले लेखेको संबिधान पाउने आम जनताको चाहाना दिनभर संबिधानसभा भवन ’round सभा, धर्ना, जुलुस खबरदारी हुँदै अबेर रातसम्म सास भए आस लाग्छ भन्ने नेपाली टुक्का एक आपसमा बुनेर ब्यग्र प्रतिक्षामा बसेका थिए भने देश भित्र र बाहिर आम नेपालआमाका सन्तान सधै झैँ अन्तिम घडीमा राजनीतिक सहमति चमत्कारीक रुपमा केहि होला र उमंगका साथ् त्यहि राति दिपावली मनाउला भनेर बसेका थिए । तर यस पटक तपाईं हामीले सोचे जस्तो अनि बिगतका परिघटना भन्दा ठीक उल्टो भयो । अनेक बहानाबाजीमा एकले अर्कोलाई दोषको भारि बोकाउदै समय खडकिसके पछि रुन्चे अनुहार लिएर बाहिरिए नेताहरु । अन्ततः दुर्भाग्यवस म जस्ता हजारौ, लाखौ जनताका मनमा कहिल्यै निको नहुने तीर घोचियो । जनतालाई निराश बनाई बोझ बोकाईयो र मूलुकलाई बाटो बिहिन अन्धकारमा लगेर छोडियो । साथै साढे तिन करोड जनतालाई फेरी भेडा बाख्रा बनाए यीनै सत्तामा पुगेका १०/१२ जना शासकहरुले ।
 
२०६४ साल चैत्र २८ गते संबिधानसभाको निर्वाचन सम्पन्न भए पछी २०६५ साल जेठ १५ गतेको पहिलो बैठकले संबिधान बनाउने दुई वर्षको म्याद तोकेको थियो । संबिधानसभाको मुख्य दुई बर्ष पछि थपिएका ६ महिनाको अबधिमा संबिधानसभाको एक पटक पनि बैठकै नबसी घुमेर खाए | त्यस पछी  जनताको भावना र मर्मलाई आत्मसात गरि काम फत्ते गर्ने पर्तीबद्दता गर्छौ भनेकाले अर्को ६ महिना थपियो तर याँहा अनावाश्यक कुराहरुमा अल्झेर समय बिताएर भत्ता पचाउने काम मात्र गरे | जुन कुरा जस्तो कि.. संविधानको नाम के राख्ने भन्नेमा मात्र करिब डेड महिना भन्दा बढी लगायो ? राष्ट्रिय झण्डाको रंग, किनारा, आकार, प्रकारको ’boutमा किचलो उठाएर ३ महिनामा सदर ग-यो |  नेपालको राष्ट्रिय भाषा, राष्ट्रिय पोशाकको ’boutमा किचलो उठायो..के कारण थियो यिनीहरुलाई राष्ट्रको पहिचान र अखण्डमाथि खेल बाड गर्नलाई…? त्यसले पनि पार्टी पार्टीमा अनेक तिक्तता ल्यायो, मधेशीले आफ्नो कार्यकर्तालाई उकासेर.. नेपालको राष्ट्रिय पोशाक दौरा, सुरुवाल, कोट, टोपी, गुन्नीयु, चोली कायम हुनुपर्ने सर्बोच्चको फैसला समेत जलायो त्यसै बेला पनि मेरो मनमा खड्केको बिषय मैले लेखको थिएँ | त्यस बावजुत समय हुँदासम्म दलहरु संबिधान बनाउने भन्दा पनि सत्ताको लुछा चुंडी र मन्त्रालय भाग बन्डाको खेलमा लागे । यो चार वर्षको अबधीमा मूलुकले चारवटा प्रधानमन्त्री फेरिसकेको छ भने अब अर्को सरकार बन्ने संकेत देखिसकेको छ । माओबादी भित्रैको बैद्यपक्षले जोड तोडका स्वरले भट्टराईको राजिनामा मागेको भट्टराई मन्त्रि भएकै भोलि पल्ट देखि नै हो । जे होस्, मधेशी मोर्चाको धोती समाएरै भए पनि हिजो संबिधानसभाको अवसान नहुन्जेल सम्म जेन तेन सरकार टिकायो डा. बाबुराम भट्टराईले । तर संबिधानसभाले आईया पनि भन्न नपाई आँखा पल्टाए पछी भने भट्टराई सरकारको बैधानिकता माथि पनि प्रश्न चिन्ह लागेको छ । यो केयर टेकर गभरमेन्ट बन्न पुगेको छ भने राजिनामा चाहि नदिने स्पष्ट उल्लेख गरेर मंगसिर ७ गते अर्को नयाँ निर्वाचनको मिती तोके पनि माओबादीका बैद्य पक्षधर लगायत एमाले, कांग्रेस र अन्य दलले ठाडै अस्विकार गरेका छन्, सरकारको चूनावी घोषणालाई । आजैबाट फेरी सहमतिको सरकार गठन गर्ने प्रचण्डको दुहाई सुन्नमा आई सक्यो । त्याँहा ठूलो कोईशन् मार्क “?” छ मानश पटलमा…कस्तो सहमतिको सरकार..? त्यहि सहमतिको सरकार जुन बिगतका भुकाईहरु पटकपटक सुन्दा सुन्दा नेपाली जनताको कान पाकिसकेको छ…? त्यसो भए फेरी कसको पालो आयो त नालायक प्रधानमन्त्री हुने ?
सर्पलाई हिर्काएर आध्कल्चो पारि छोड्यो भने कुनै न कुनै बेला डस्ने दागा धरी रहन्छ रे भन्थे हाम्रा समाजमा बुडापाले । रामचन्द्र पौडेल सत्र चोटी सम्म हारको मार खाएर बसेका छन् भने अर्का एमालेका के.पी. शर्मा वोली विभिन्न कोणबाट जो सुकैको सरकार होस्..ठूंग्दै हिंडिराखेका भेटिन्छन् । यिनै दुईजनाको दाबेदार पछी अर्को दुईजना बाँकी नै छन । ति हुन् मोहन बैद्य र शुशिल कोईराला । किरण बैद्यले त भूषण दाहालको कान्तिपुर फायर साईडमा भनेका छन् “मलाई प्रधानमन्त्रि हुने इच्छा छैन तर मूलुले चाह्यो भने पछी हट्दिन शक्ति छ भनेर भनिदिनुस” भनेका छन् । बैद्यको पछाडी कस्तो र कसको शक्ति होला त्यस्तो…?
 
नेपाल र नेपालीलाई पाच्य हुने जनताको लागि राजनीति गर्छु भनेर बनबासबाट फर्के पछी त त्यहि किसिमको दर्शन ब्याबहारमा उतार्नु सक्नु पर्थ्यो । तर त्यो महानता कुनै नेतामा देखिएन । सधै जसो जनविद्रोहको कुरामा मात्र सुकेको पाखुरा सुर्क्याएर मूलुक सधै व्दन्दमा फसाउनु कुन बनकाली माताको शक्ति आँङमा सारेर आएका छन वैध्यले, उनै जानुन ?
त्यसै गरि धेरैले ठोक्कुवा गरिसकेका थिए कि जेठ १४ गते भन्दा पहिले नै शुशील कोईरालाको नेत्तृत्वमा सहमतिको सरकार बन्छ र त्यो सरकारले नै संबिधान घोषणा गर्छ भनेर । तर यी झेली नेताहरुको हुंकारले खोके जस्तो काम गर्न सकेन फलत; जनताको बलिदानी, हजारौ चेलीहरुको पुछिएका सिन्धुर, हजारौ वीर, वीरांगनाको रगतसंग साटिएको ऐतिहासीक पानाहरु आज खाली पारेर च्यातिएको छ र नेपालआमाको आत्मा लत्त्याउने काम गरे नेताका बिल्ला र मखुण्डो पैरिएका भरौटे हरुले । त्यस ताकाका पहिलो पंङतीका नेता गिरिजाबाबुको देहवासन पछी पहिलो पंङतीमा उक्लेका सबै नेताहरु नालायक र असक्षम् साबित भैसकेको हुनाले जिम्मेवारी लिदै जनता सामु क्षमा याचना गरि राजनीति पृष्टमा अभिवावकको भूमिका खेल्ने गरि सन्यास लिने निर्णय गरेर अब सत्ताको बागडोर सम्हाल्ने जिम्मेवारी दोस्रो लहरका यूवा नेताहरुलाई ताला चाबी सुम्पिनु नै अति उपयूक्त हुन्छ भन्ने लाग्छ । नत्र यी महासयहरुले जसरि सिंगो मूलुका सदभाव भाईचारा फूटाएर सबैलाई सडकमा लतारे । त्यसैगरी अबको इतिहासले खोजिखोजी हिसाब किताब लिने छ ।
 
याँहा अलिकति यूवा साथीहरुको ध्यान तान्ने कोशिस गर्दछु । अब जागरुक यूवाहरुले गहिरिएर विचार गर्ने बेला आयो कि ? अब तपाई हामीले फेरी यिनै ६०१ जनालाई चुनेर अर्को चार वर्षको लागि ख्वाउन पिलाउन ज्वाईं बनाएर ल्याउने कि ?
 
हाम्रा नेता भनाउदा यिनै हुन् । पहिलो पटक भोट माग्न भोटो, फ्याँङले गन्जी र भुक्के चप्पलमा ढोग बिसाउँदै पुगेका टिठ लाग्दा कलेटी परेका लुम्रे झुम्रे अनुहारहरु अहिले चिल्ला, रसिला भएका छन् । तर यिनका नियत, कालो हृदय, भ्रस्ट मनस्थिती १९ को २० केहि फरक छैन, जस्ताको तस्तै नै छ । अब तपाईंहामीले के आधारमा बिस्वास गर्ने, के अपेक्षा गर्ने ? सुन्नमा आएको छ, अब हामीलाई दुईतिहाई पुग्ने गरि मत (भोट) दिनुस र हामी स्वत जनताको संबिधान दिन्छौ रे ? राजनितीको “र” सम्म नबुझेका सामान्य जनताहरुले नबुझेको कुरा..के हो त्यो भनेको ? संबिधान भनेको दुई तिहाई बहुमतले पारित गर्ने एउटा पाटीले जनतालाई खाए खा नखाए घिच भनेर लादने दस्ताबेज हो र ? त्यसो हो भेने त्यस्तो संबिधान नेपाली जनताले खोजेको चाहेको होईन ? के हो एक मधेश एक प्रदेश भनेको ? मधेशमा एकल जाती मधेशी मात्रको बसाई छ कि अन्य अरु पहाडे मुलका जनताहरु पनि छन् जस्तो, गुरुङ, राई, लिम्बु, मगर, तामाङ् खस, ब्रम्हाण, दराई, थारु, धिमाल, चौधरी, दमाई, कामि, सार्की, कोचे, मेचे आदी सबैले मधेसीको सिन्दुर पहिरिनु पर्छ भन्ने हो..? कदापि होईन..? एक मधेस एक प्रदेशको नाराले जातीय दंगा निम्त्याउछ भन्ने लाग्छ जुन कुरा राष्ट्रपति डा. राम बरण यादवले स्विकारीसकेका छन् उहाँ पनि त  मधेशीमूलकै हुनुहुन्छ । त्यसैले हामी सबै नेपाली हौ र नेपाल हाम्रो साझा प्यारो प्राणभूमि, मातृभूमि हो । यस भित्र सबै जातीक, भाषिक, धार्मिक, साँस्कृतिक मूल्य र मान्यताहरू अटाउने र मूलुकलाई सहि दिशामा बिकास र उन्नतिका पथमा उन्मुख गराउने संबिधानको परिकल्पना गरेका हौं । अब फेरी लाजपचाएर तपाईं हाम्रा घर दैलोमा पुगेर गोरु बेचेको साईनो लाउँदै बाआमा, दिदीबहिनी, दाजुभाई म यो गर्छु..उ गर्छु भनेर पुग्लान नि फेरी..? अनुहार पनि देख्न मन नलागेकाहरु…,उधो बगाएर उभो खोज्नु पर्नेहरु वा काट्नु न साट्नुकाहरु….!!
 
आफै मात्र सर्वेसर्वा ठान्ने मधेशबादी दल लगायतका यिनै १०/१५ जना डाकाहरुले जन प्रतिनिधीको कौमारियता जोगाउदै आएको संबिधानसभालाई पटक पटक गरि दुई वर्षबाट चारवर्षको समयाबधिमा पालै पालो बलात्कार गरे । अन्तत नेपाली जनताले अन्तिम अबस्थामा एक चोटी अनुहार पनि हेर्न नपाई प्याक~~प्याक पारेर मारी छोड्यो र जनताको थोपाथोपा पसिना बाट आर्जेको ढुकुटीबाट करिब साढे दश अर्व झ्वाम परे । अनि देश फेरी पाँचवर्ष पछाडिको हालतमा ? आर्थिक संकटको भार तपाई हाम्रो थाप्लामा दोहोरो नाम्लो बोकाएर अहिले सम्मको उपलब्धी हात लाग्यो सुन्नामा झारेर छोड्यो । यिनले यो अबधिमा जनतालाई संबिधान दिन्छौ भन्ने अनेक झुत्रा बकम्फुसे बहाना बकेर राष्ट्र र जनता माथि कुठाराघात गरेको हुनाले अब हामी यूवाले आ-आफ्नो तवरबाट यूवा नेताहरुलाई नै सक्षम् बनाउने भूमिका खेल्नु पर्ने बेला आएन र ?
जो सदैव आफ्नो राष्ट्र र जनता प्रति समर्पित उत्तरदायी भएर निश्पक्ष आफ्नो खुबी प्रस्तुत गर्दछ र नाताबाद, कृपाबाद, पक्षपात् रहित स्वच्छ छविका ईमान्दारी नेता नै राजनेता हुन्छन । राजनीतिक वृतबाट यस्ता जल्दा बल्दा नौजवानहरु अगाडी आउन जरुरी छ कि कमसे कम यी ९०% फूलिसकेका नेताहरुलाई बिस्थापित गर्न सकोस । कम से कम यी लोभी पापी फुले नेताहरुले भन्दा अधिक गुणा ति यूवाहरुले आफ्नो दायित्त्व जिम्मेवारी बोध गर्नेछन । किनकी उमेर, बल, बर्गतले देश बनाउने समुन्नत र बिकासका पाईलामा एक स्टेप यूवाहरु नै अघाडी हुने छ । त्यसैले पनि नेपाली कांग्रेसका गगन थापाले कुरोको चूरो समातेर भनेका कुराको म समर्थन गर्दछु कि उनले भनेका छन्सः
“हाम्रो नेतृत्वको एउटा पुस्ता असाध्यै लोभी भयो। आफ्ना निम्ति जे पनि गर्न तयार हुने। राजनीतिको केन्द्रमा आफूलाई राखेर सबथोक हेर्ने। यतिका दिनसम्म तपाईंहरुले जे जे गर्छु भन्नु भयो, हामीले चूप लागेर मान्यौं र गर्न दियौं । अब अहिले आएर यसरी भएन, अब फेरी यो गर्छु त्यो गर्छु भन्नु हुन्छ । एक दशकसम्म राज्यमा प्रयोग नै भए, तर सफल भएनन् । नसक्ने भए छोडिदिनुस्, देश हामीलाई चलाउन दिनुस्, हामी चलाएर देखाउँछौं”
 
हो… म र लाखौ यूवा पुस्ताले खोजेका राष्ट्रको आवाज “नेसनल भ्वाईस”  नै यहि हो र अबको खाँचो भनेको कांग्रेसका गगन थापा जस्ता पाँचजना अरु एमालेका पूर्वउर्जा मन्त्री गोकर्ण बिष्ट जस्ता पाँचजना अरु, माओबादी बाट ५/७ जना मधेश बाट ५ जना अन्य ५/७ जना गरि आ-आफ्नो पार्टीको झन्डी, त्रिशुल फालेर पार्टीगत स्वार्थलाई त्यागेर साच्चै मेरो परिकल्पना र गगन थापा, गोकर्ण बिष्ट जस्ता नेताको जस्तो इच्छा शक्तिले देश हाँक्ने यूवा जन्माएको खण्डमा शाझा राष्ट्रिय झण्डा उठाएर अगाडी बढ्दै पहिलो पुस्तालाई बिस्थापित गर्न मुकाबिला गर्ने हिम्मत गरेर अब यूवा उठ्न जरुरि ठान्दछु । त्यसको निम्ती हामी यूवा आ-आफ्नो तर्फबाट अहिलेको पाठले सिकाएका अध्यायलाई मनन गर्दै सहि व्यक्तित्व चुनौं र भोलिका दिनमा तपाई हाम्रा अमूल्य भोटको सहि सदुपयोग होस् । यानी कि…हाम्रो सार्वभौम अखण्ड नेपाल हिमाल, पहाड, तराई, सबै जातजाती, भाषा, संस्कृतीको रक्षा गर्न सकोस । हामी आफ्नो राष्ट्रिय गानले बोले जस्तै, सयौ थुँगा फूलका हामी एउटै माला नेपाली… अनि चार बर्ण छत्तिस जातका फुलबारी… बनेर सदभाव, भाईचारा कायम गरि बाँच्न सकौ अनन्त काल सम्म..मेरो लेखको आसय पनि यहि हो | धन्याबाद… !!!
 
by…ज्ञानेन्द्र गुरुङ ओखलढुंगा(रुम्जाटार~३)

 

 

One response to ““अब यूवाले हाक्नु पर्छ देश”

  1. GYANENDRA GURUNG WHERE ARE U WHY DO NOT YOU EMBRACE TO YOUR KNOWN YOUNG LEADER GAGAN THAPA AND GOKARNA BIST YOUR THOUGH IS REALLY VERY EMPRESSIVE AND TOUGHT TO THE HEART OF EACH NEPALI CITIZEN BUT WHO WILL GO TO BIND THE BELL IN TO THE NECK OF TIGER I HOPE YOU UNDER STAND MY CO POINTS THANK YOU GO AHEAD C CONTINUE.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.