Daily Archives: 31/05/2012

न्यायाधीश बमको हत्या राज्यमाथीकै आक्रमणः प्रधानमन्त्री


१८ जेठ, काठमाण्डौ – प्रधानमन्त्री डा. वावुराम भट्टराईले सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या राज्यमाथीकै आक्रमण भएको बताउनु भएको छ ।घटनालगतै नर्भिक अस्पताल पुग्नु भएका प्रधानमन्त्री भट्टराईले सञ्चारकर्मीहरुसँग भन्नुभयो-’यो अन्यन्त्य दुःखद र निन्दनिय घटना हो । पढ्नेक्रम जारी राख्नुहोस्

एकमुठी कोदोले हेलिकोप्टर चार्टर


सोलुखुम्बु, जेठ १८ – सोलुखुम्बु पावैका पदमबहादुर राईलाई भालुले आक्रमण गर्‍यो। घाइते भएका राईको उपचार गाउँमा रहेको स्वास्थ्य संस्थामा गर्न नसक्ने अवस्था थियो। अन्यत्र लैजान खर्चको अभाव, तर उनलाई हेलिकोप्टर चार्टर गर्नेसम्मको सहयोग मिल्यो। यसको कारण हो उनले जम्मा गरेको एक मुठी कोदो। हेलिकोप्टरबाट काठमाडौँ लगेर उपचार गरेपछि उनी निको भएर घर फर्केका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

माओवादीको संस्थापन र बैद्यपक्षको छुट्टाछुट्टै बैठक बस्दै


१८ जेठ, काठमाण्डौं – एकीकृत नेकपा माओवादीको संस्थापन पक्ष र बैद्य पक्षको बेग्लाबेग्दै बैठक बस्दैछ । दुवै पक्षको बैठकमा पार्टीमा मिलेर जाने वा छुट्टनि भन्ने विषयमा छलफल हुने बताईएको छ । पार्टी विवाद, संविधानसभाको विघटन, आगामी रणनीतिको ’boutमा छलफल गर्न संस्थापन पक्षको बैठक केहीबेरमा पेरिसडाँडा कोटेश्वरमा बस्दैछ । पढ्नेक्रम जारी राख्नुहोस्

सर्वोच्चका न्यायाधीस बममाथि गोली प्रहार


१८ जेठ, काठमाण्डौं – ललितपुरको युएन पार्कमा सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बममाथि अज्ञात समूहले गोली हानेको छ । पल्सर मोटरसाइकलमा आएको समूहले हानेको गोली लागि बमसँगै उहाँको सुरक्षा गार्ड समेत घाइते भएका छन् । दुबैको नर्भिक अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

“अब यूवाले हाक्नु पर्छ देश”


ज्ञानेन्द्र गुरुङ
 
नेपाल आमाका हजारौ सपुतहरुको कुर्वानी र बलिदानी पश्चात प्राप्त ऐतिहासिक जनप्रतिनिधीको संबिधानसभाले मर्ने बेलामा एक थोपा पानी समेत मुखमा पर्न नपाई देहवासन गर्नु प-यो । जेठ १४ गते मध्ये राति, संबिधानसभाको अन्तिम बैठक बसेर सम्मानजनक तरिकाले ६०१ जना सभासद्को समेत विधिवत पदावधि समाप्तिको घोषणा गर्नु पर्ने हुन्थ्यो । तर राजाको काम कैले जाला घाम भने झैँ समय हुँदासम्म एक अर्कालाई दोषारोपण र लेन देनका रस्साकस्सि मै बितायो । जब भयो राती तब बुढी तातीको हतासले पनि पार नलागेपछी बैठक नै नबसी आयू स्वतः समाप्त भयो र संबिधानसभाले मृत्यु बरण ग-यो, कस्तो विडाम्बना यो ? पढ्नेक्रम जारी राख्नुहोस्