बेलायतको क्याम्बि्रज विश्वविद्यालयका छात्राहरुबीच नितम्बको घमासान युद्ध हुँदैछ । नितम्ब युद्धका लागि एक से एक क्याम्पसे तरुनीहरु तम्तयार छन् । रियर अफ द इअर भनिने उक्त स्पर्धामा साँच्चीकै नितम्ब जुधाएर लडाइँ गर्ने पो हुन् की भनेर अड्कल काट्नुहोला । तर नितम्ब जुधाएर नभै नितम्ब देखाएर भिडन्त हुन लागेको हो ।
वास्तवमा क्याम्बि्रज विश्वविद्यालयमा सधैका वर्षझैँ यो पटक पनि नितम्ब सुन्दरी प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सहभागी हुनका लागि कैयन् तरुनी छात्राहरुले आफ्नो सेक्सी नितम्बको तस्वीर आयोजकसामु पेश गरिसकेका छन् । तस्वीरमा उनीहरुले आफ्नो अनुहार नदेखाइकन केवल टाइट नितम्ब मात्र देखाएका छन् । साथै आयोजकको सूचना बमोजिम फोटोसँगै आफ्नो संक्षिप्त परिचय समेत उनीहरुले पेश गरेका छन् ।
यता पेन्टी मात्र लगाइ नितम्ब टाइट बनाएर तस्वीर हरु पठाउन आयोजकहरुले गरेको आग्रहप्रति कतिपय आलोचकहरुले भने तिब्र आलोचना गरेका छन् । यस्तो प्रतियोगिताले महिलालाई सेक्सको वस्तुको रुपमा चित्रण गर्ने र कलेजको समेत मर्यादामाथि प्रश्न उठ्ने उनीहरुको दाबी छ । आलोचकहरुको यस्तो दाबीका बाबजुत छात्राहरु भने उक्त प्रतियोगितामा भाग लिन तछाडमछाड गरिरहेका समाचारमा उल्लेख छ । यो प्रतियोगिता विद्यार्थीहरुको एक संगठनले गरेको हो ।
Source: Onlinekhabar
I like to watch these live events on TV, but I am not sure I will, but I will try to my best,
This will be first exhibition for rear which I knew. I am surprise about listen this & little bit excited to watch.
I never listen like this programme also done in world, so that i want to watch.