तमाङ घेदुङ कुवेतले हिमपहिरो पीडितलाई ४२,५६३ आर्थिक सहयोग गर्दै


ईन्द्र भुसाल ,कुवेत

प्रबासमा धेरै नेपाली सँघ- संस्थाहरु खुलेका छन र खुल्ने क्रम जारी नै छ । कहाँ कुन संस्थाले के गर्‍यो र के गरेन आफ्नो संस्थाको ईतिहास मा रहन्छ नै प्रबासी नेपालीहरुको अगाडि त्यो संस्थाको महत्व र संस्थाको आवश्यकता छ कि छैन भन्ने पनि मुल्याङ्कन हुने गर्दछ , संस्था खोलेर मात्र हुँदैन कार्यगर्दै जानु पनि पर्दछ तर सबैमा त्यो लागु हुँदैन यो दुनियाँमा! प्रसँग यहाँ पीडित नेपालीहरुलाई गर्ने सहयोगको हो जसको जती तारिफ गरेपनी पुग्दैन । केही समय पहिला हिमपहिरोबाट पीडित कास्की जिल्लाका बासिन्दाहरुलाई कुवेतबाट प्रबासी नेपालीहरुले सहयोग गर्ने क्रम बढेर गएको छ । माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबले गरेको सहयोगको घोषणा पस्चात लालीगुराँस साँस्कृतिक परिवार हुँदै कुवेतको नेपाली समाज मा आफ्नो जातिय पहिचान ,धर्म र तमाङ संस्कृतिलाई जगेर्ना गर्ने उदेस्यले कृयाशिल संस्था नेपाल तमाङ घेदुङ कुवेतले सामाजिक कार्यलाई निरन्तरता दिदै हिमपहिरो पीडितलाई ४२,५६३ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । उक्त आर्थिक सहयोग तमाङ घेदुङ कुवेतका बरीष्ट  सल्लाहाकार  एवंम माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबका सल्लाहाकार आश बहादुर लोप्चन ज्युले आफ्नो घर बिदामा भोली जादा सहयोग हस्तान्तरण गर्नु हुने भएको छ ।
सामाजिक कार्यमा पनि होमिदै आएको घेदुङले  काठमान्डौको  बबरमहलमा २७ फेबुअरीमा  बम बिस्पोटमा परेर ज्यान गुमाएका परिवारको लागि पनि ८५,४६०  आर्थिक सहयोग गरेको थियो ।

One response to “तमाङ घेदुङ कुवेतले हिमपहिरो पीडितलाई ४२,५६३ आर्थिक सहयोग गर्दै

  1. Thank you so much news ko lagi kuwaitnepal.com pariwar lai babarmal ko ghatanako lagi 50,000 nabhai 85.460 ho sachyai dinu hula
    thank again
    Nepal Tamang Ghedung Kuwait Pariwar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.