कास्की, हिमपहिरो पीडितलाई राहात स्वरुप अल्घानिम सिक्युरिटी ग्रुपका नेपालीहरु द्वारा ने. रु. ६०,००० प्रदान


जितेन थिङ
अल्घानिम सिक्युरिटी ग्रुप ,कुवेत   

मद्घत, सहयोग कसैको करकाबले होइन आफ्नो ईच्छा र स्वच्छ मनले गर्नु पर्दछ। सो को उदाहरण अल्घानिम सिक्युरिटी ग्रुपका साथीहरुले दिनु भएको छ। गत ५ मे २०१२ का दिन पोखरा कास्कीको सेती नदिमा आएको बाढीका कारण घरबार बिहिन हुन पुगेकाहरुको लागि अल्घानिम सिक्युरिटी ग्रुपका साथीहरुले ने रु ६०,००० जम्मा गर्न सफल भएका छन। सो रकम सन्कलन ग्रुपका म्यानेजर नेत्र लिम्बुको अगुवाइमा भएको हो। हिमपहिरो पीडितका लागि सन्कलित रकम ग्रुपका एड्मिन अफिसर आश बहादुर लोप्चनले सम्बन्धित निकायलाई वा हिमपहिरो पीडित राहात कोषमा हस्तान्तरण गर्नु हुने भएको छ। वहाँ हिजो बेलुकी आफ्नो छोटो वार्षिक बिदामा नेपाल जानु भएको छ।

पूर्व मेची देखी पश्चिम महाकाली सम्मका बिभिन्न समुदाय, धर्म र जातजातीका साथीहरुले काम गरिरहेको यस अल्घानिम सिक्युरिटी ग्रुप कुवेतको प्रिष्ठभुमिमा एकताको प्रतिक हुन आएको छ भन्दा फरक पर्दैन। यसबाट के प्रमाणित हुन जान्छ भने यदी मनबाटै कसैलाई राहत दिन्छु भन्ने सोचिन्छ भने कुनै संघ-संस्थामा आबद्द हुनु या संघ-संस्था खोल्नु पर्ने आवश्यकता हुँदैन। अल्घानिम सिक्युरिटी ग्रुपलाई एकल कम्पनिकम संस्था भन्दा अतियुक्ती नहोला। स्मरण रहोस्, केही महिना अगाडि ग्रुपकै पोखरा निवासी अमित गुरुङ्, जो मिर्गौला सम्बन्धी रोगबाट ग्रसित भई नेपाल फर्कनु भएको थियो, वहाँलाई ग्रुपका साथीहरुले लगभग ने रु चार लाख अर्थात ३ लाख अन्ठानब्बे हजार सहयोग रकम प्रदान गरेका थिए।

यसै सन्दर्भमा ग्रुपका म्यानेजर नेत्र लिम्बु के भन्नु हुन्छ भने ” राहात, पीडितहरुको प्रारम्भिक आवश्यकताहरु पुरा गर्ने माध्यम मात्र हो जसले उनिहरुको भाबी योजनाहरु तर्जुमा गर्नको लागि मद्घत गर्दछ” र वहाँ लगायत ग्रुपका सम्पूर्ण नेपालीहरु चिरआत्माहरुको शान्तिको लागि कामना गर्दछ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.