घरमा आएका पाहुनालाई राम्रो-राम्रो तथा मीठो-मीठो भोजन खुवाउने आम चलन छ । तर जापानमा एक जना युवकले भने आफ्नै लिंगको मासु पकाएर पाहुनालाई खुवाएका छन् । माओ सुगियामा नामका ती २२ वर्षे ठिटाले आफ्नै घरमा एक पार्टीको आयोजना गरी आफ्नो लिंग र अण्डकोषको मासु पकाएर ६ जना पाहुनालाई खुवाए ।
लिंग परिवर्तनका लागि शल्यक्रिया गरी गुप्तांग निकालिएका माओले अस्पतालबाट आफ्नो लिंग तथा अण्डकोष घरमा ल्याए । उनलाई के लहड चलेछ कुन्नी ? एक विशेष पार्टी गरेर आफ्नो गुप्तांगको मासु खुवाउने पार्टीको आयोजना गर्ने घोषणा गरे । उनले टि्वटरमार्फत आफुले लिंगको मासु खुवाउने पार्टी आयोजना गर्न लागेको कुरा सार्वजनिक गर्दै १ लाख येन तिरेर पार्टीमा सहभागि हुन सकिने सूचना जारी गरे ।
उनको लिंगको मासु खुवाउने पार्टीमा झण्डै ७० जना सहभागि भए । टोकियोको सुगिनामीमा गरिएको उक्त पार्टीमा जम्मा ६ जनाले मात्र उनको गुप्तांगको मासु चाख्न पाए । उनको लिंगको मासु खानेमा ३० वर्षीय एक जोडी, २२ वर्षकी एक युवती, ३२ वर्षका एक युवक लगायतका थिए । उपस्थित अरु पाहुनाले भने गाइ तथा गोहीको मासुमा चित्त बुझाए । माओको गुप्तांगको मासु खाने पाहुनाहरुले गुप्तांगको मासु खासै स्वादिलो नभएको बताए ।
Source: Onlinekhabar