महेन्द्र पौडेल
सान्त्वना प्रकट गर्न एक जना सभासदलाई फोन गरेको उल्टो सम्झाए, ‘विर्सेउ र भाई, पहिले पनि शेरबहादुर देउवाले भंग गरेको प्रतिनिधिसभा आन्दोलन गरेर पुनः स्थापना भाथयो । अहिले आत्तिहाल्न पर्दैन भोलिपर्सी फेरि पुरानै संविधानसभा पुनःस्थापना गर्न प¥यो भनेर आन्दोलन हुनसक्छ’ । राजनीतिकको कुरा, के पो असंभव छ र अझ फेरि हाम्रो छिट्टै पुराना कुरा भुल्दिहाल्ने र माफी दिने बानी छ । उक्त वाक्य पत्रकार दिपक भट्टराइले आफ्रनो फेसवुक स्टाटसमा लेख । यस्तै गरी पत्रकार रामहरीले ‘मुलुकमा अनिष्ट हुने हो की भन्ने खतरा बढ्यो । फेरी विदेशीहरुले चुनावको नाममा चलखेल गर्न पाउने भए । संविधानसभाको नाममा साँढे नौ अर्व पनि यिनै नेताहरुले सके । नयाँ चुनावको नाममा देशमा थप आर्थिक भार थोपर्ने भए, आर्थिक रुपमा कंगाल जस्तै बनेको देश झन कंगाल हुनेभो’ ।
यसैगरी पत्रकार राजेन्द्र फुयालले लेखे ‘नयाँ संविधान जारी नगरी संविधानसभाको कार्यकाल सकियो । ९ अर्ब रुपैया मात्र होइन जनताको सपना र वर्षौसम्म राज्यले गरेको स्रोतसाधन बालुवामा पानी भयो । लोकतान्त्रिक आन्दोलनका उपलब्धि संस्थागत नगरी संविधानसभाको अवसान भयो । मुलुक फेरी एकपटक जनप्रतिनिधि विहिन अवस्थामा पुगेको छ । राती सवा दुई बजे समाचार फाईल गरियो । पुर्वराजा ज्ञानेन्द्रले आजै आफ्नो वेभसाईट सार्वजनिक गरेछन् ।
‘नेपालको संविधानसभाको असमायिक निधनप्रति हार्दिक श्रद्धान्जली तथा मृत आत्माको चिर शान्तिको कामनाकासाथै ६०१ जनालाई नर्कलोकमा बास होस् भन्ने कामना गर्दछु । यो भनाई एकजना सुवाश गुरुङको फेसवुक स्टाट्वाट लिइएको हो ।
यसरी पत्रकार तथा सर्वसाधारण जनताको आक्रोस हिजो फेसवुकमा व्याप्त देख्न सकिन्छ । देश तथा विदेशमा रहने नेपाली दाजुभाई तथा दिदी वहिनीहरु जति चिन्तित थिए त्यसको भविष्यको लागि त्यति चिन्तित नेताहरुमा देखिन पाइएन । सर्वोच्चले अथ्र्याएको पाठलाई अन्तिम अवस्थामा कुल्चने चेष्ठा सरकारले गरेतापनि अदालतले दरपिठ नगरी तुहाइदियो । कानुनको पालना गर्न सरकारलाई करै लागेतापनि अन्तत प्रधानमन्त्री वावुराम भट्राईले अन्तरीम संविधानको कुनै धारा र उपधाराको व्याख्या नगरी सिधै मंसिर ७ मा निर्वाचन गर्ने गरी देशलाई धकेलिदिए । आज ४ सालपछि मृत सावित भइसकेको संविधानसभामा सभासदलाई जनताले दुइवर्षको अवधि दिएर संविधान बनाउन पठाएका हुन् । तर संविधानसभा विधानसभा जस्तै हुनुपर्ने थियो तर संसद जस्तो हुन पुग्यो । सरकार ढाल्ने बनाउने कुटिल बाघचालमा सभासदहरु लिप्त हुनपुगे । आफ्नै आसेपासे हनुमानहरुलाई झिंना धपाउन प्रयोग गर्दै देशको १० औ अरव रुपैया खाएर जनताको थाप्लोमा ऋण मात्र बोकाएनन् स्वयं उनीहरु अन्तिम घडीमा आफ्नो गुमीसकेको नपुंसकतालाई नाटकिय नारामा परिणत गर्दै अन्तत नपुसंकनै ठहरिए । आज निश्चयनै ४ वर्ष अगाडी भएको चुनावको महोल र अहिलेको चुनावी माहोल फरक छ । अहिले जनता सचेत छन्, सुचना र संचारको पहुँच करिव सवैक्षेत्रमा पुगीसकेको छ भने फेसवुक मात्रै तीस लाख नेपालीहरुले प्रयोग गर्दछन् । अधिकांशको घरमा कप्यूटर र आइप्याड जस्ता अत्याधुनिक साधन छन् । समाचारको श्रोतको लागि त्यति मात्र कहाँ हो र गणतन्त्रको स्थापना पश्चात कोठे पत्रिका देखि राष्ट्रिय स्तरका दैनिक पत्रिका, राम्रा अनलाईन बेबी अनलाईनसम्मले छ्याप्प छ्याप्ती समाचारहरु सेकेण्ड सेकेण्डमा अपडेट गरिरहेका छन् । सुचना र संचारको माध्यमले जनतामा आएको व्यापक जनचेतना ४ वर्ष अगाडी र अहिलेको फरक आकाश र जमिन छ । यस्तो अवस्थामा धेरै पल्ट विग्रेको मेसिन फेरी विग्रनु कुनै फरक नभएतापनि अतिवादको सह्य अव जनतामा नहुन सक्छ यसको उदाहरण केही दिन पहिले दरवारमार्गमा भएको सदभाव ¥यालीमा उपस्थिति विशाल जनसहभागितालाई हेर्न सकिन्छ ।
एमाओवादीको राजनीतिक र रणनीतिक चालभित्र फसिसकेका दलहरुलाई अन्तिम अवस्थामा आएर चेत खुलेको हो । यदि नेपाली कागेंस र एमालेले पहिलेनै दिल्ली सम्झौताको १२ बुँदेलाई आत्मसाथ गर्न र गराउन पहल गरेको भए सेना समायोजन पहिले नै हुन्थ्यो । एमाओवादीले अन्तिम घडिमा आएर सेना समायोजनको नाटक गरी शिविर खाली गरेर ’emलाई चुनावी कार्यकर्ता वनाउने रणनीति पहिलेनै बुनिसकेको थियो । नेताहरु तिनै हुन् जो संसदीय अभ्यासमा विगतमा खेलेका भूमिकालाई एमाओवादीले राम्रैसँग नापिसकेको थियो जंगलवाटै । त्यसैले एउटा तप्का समानुपातिकवाट चुनिएका वरिष्ठ एमाओवादी नेता मोहन वैद्य किरणले सभासद पदलाई लत्याएर संविधानसभाको उपहास गरिसकेपछि दलहरुले त्यतिबेलै वुझ्नुपर्ने थियो यो संविधानसभा एमाओवादीको एउटा भ¥याङमात्र हो । यसवाट उनीहरु समाधान चाहेका छैनन् भनेर । साम, दाम, दण्ड भेदका सवै कसुर वाँकी नराख्ने रणनीतिमा पुगेको एमाओवादीका नेताले संचार माध्यममा गोहीका आँशु झराल्दै अर्को नाटक गर्न पुगे । ती नाटककार तीनै हुन् जनयुद्धको बेला प्रकाश भनिने नामले चिनिएका नारायणकाजी श्रेष्ठ कुनैवेला जनयुद्धताका राजासँग वार्ता गराउन पर्दा पछाडि भूमिका खेल्ने मध्येका एक हुन् । प्रचण्ड अर्थात पुष्पकमल दाहाल सार्वजनिक भइसकेपछि पनि नारायणकाजी श्रेष्ठले संचार माध्यममा आफु अर्ध भूमिगत रहेको भनेर आधा आकृतिसहितको अन्तरवार्ता टिभीमा प्रसारण गरेको थियो । त्यतिबेलानै उनको नाटकिय कलाको प्रशंसा नेपाली जनताले नगरेका होइनन् त्यो उनको एउटा घुक्र्याइ पनि थियो भन्ने कुरा एमाओवादीमा समाहित हुँदा उपाध्यक्ष पद पाएपछि थाहा भयो । यसरी १५ हजारको वलिदान र १९ दिने जनआन्दोलनको म्याण्डेटलाई जोगाउन दलहरु एकढिक्का हुन सकेनन् ।
त्यसो त आर्थिक रुपमा तहस नहस रहेको नेपालको अर्थतन्त्रलाई राम्रोसँग वुझेका डा. भट्टराई स्वयं अनभिज्ञ भने छैनन । भर्खरै मात्र नेपाल ट्राभल एसोसिएसनले सार्वजनिक गरेको प्रतिवेदनमा भनिइएको थियो, कि नेपाल आउने पर्यटकहरु ५० प्रतिसतले घटिसकेको अर्थात ५० प्रतिसत पर्यटकहरु आफ्नो भ्रमण छोट्याएर फर्केका आधा जसोले आफ्नो भ्रमणको कार्यक्रमलाई रद्दगरिसकेको अवस्थामा पुगिसकेको जानकारी आयो । अझ भनौं लगानी वर्ष भनेर घोषणा गरि लगानी वोर्डको सम्म स्थापना गरेको सरकारको आगामी कार्यक्रमहरु प्रभावित हुनेछन् । गैर आवासीय नेपाली लगायत विदेशमा वसेर कमाएको धन, ज्ञान, सीपलाई नेपालमा उपयोग गर्ने पर्खाइमा रहेका प्रवासीहरु चिन्तित हुन पुगे ।
संविधानसभा त्यतिबेला असफल हुन पुग्यो जव यसले पहिलो पल्ट म्याद थप्ने प्रस्ताव अघि सा¥यो वारम्वार संगिनी सुइ प्रयोग गर्न खप्पिस नेताहरुमा एउटा भ्रम के रहन पुग्यो भने सहमतीले हरेक कानुनी वाधा र व्यवधान फुकाउन सकिन्छ भन्ने । तर सहमतीको पनि एउटा सिमा र परिधी हुन्छ कानुनी राजमा । नेपालको राजनीतिमा व्यवस्थापिका मात्रै वारम्वार असफल हुन पुग्नुमा समकालिन नेतृत्वपनि दोषि छ । शिक्षा स्वास्थ्य र समानहकाधिकार विना समानुपातिकवाटै छानिएका केही अनभिज्ञ सभासद, कानुनले कसुर ठह¥याएकाहरुको क्रिडास्थल बनेको संविधानसभाको भवनमा बौद्धिक जमातको कमै मात्र उपस्थिति हुने हुनाले स्तरीय दवावभित्र संविधानसभा हुन सकेन । संघीय र जातीय राज्यका नाममा उठाइएका विवादास्पद कुराहरुको स्पष्ट ढाँचा पहिलेनै अगाडी सारिदिएको भए आन्तरिक रुपमा दलभित्र विभाजित हुन पुग्दैनथे । यो अर्थमा माओवादी सफल पनि भयो, उसले एकातिर नेपाली जनतामा जातीय विभाजनको स्टाम्प लगाईदियो भने अर्कोतिर दलहरुलाई विभिन्न जाति र उपजातिको आधारमा टुक्राउने कुचेष्टा सम्म गर्न पुग्यो ।
०५० साल बुटवलको एउटा आमसभामा पहिलो पल्ट मैले डा. वावुराम भट्टराइको भाषण सुन्ने मौका पाएको थिएँ । राजनीति त्यति नवुझेको त्यतिबेला उहाँले वोलेको कुरा मेरो दिमागमा जहिले पनि रहन्थ्यो उहाँको शब्दमा ‘कम्यूनिष्टहरु कहिल्यै पनि प्रतिपक्ष भएर वस्ने छैनन् किनकी सत्ता बन्दुको नालवाट जन्मन्छ यदि अहिलेको एमाले झै हामी प्रतिपक्ष भएको भए हामीले सत्तापक्षलाई ढालिदिन्छौं’ यस्तो शब्द वोलेका भट्टराई अन्तत भूमिगत हुन पुगे । उनको आखीझयाल किताव जव पढ्न पाएँ उनीप्रति जनता र देशको माया होला भन्ने जागेको थियो । युद्धकालमा धमाधम बुर्जुवा शिक्षा भन्दै स्कुल वन्द गराउँदै हिड्ने माओवादी स्वयंले केही पत्रपत्रिका डा.उपाधी सहितको लेख आउन थालेपछि ०५७ सालमा म द्वारा लिखित डा.उपाधी खोसिनु पर्दछ किनकी उनले पनि वुर्जुवा शिक्षावाट पाएको उपाधी हो, भन्ने खालको लेखवाट मैले मानसिक दवाव खेप्नुपरेको थियो । एमाओवादी शान्तिवार्तामा आइसकेपछि क्याम्प क्याम्पमा वस्दै उनका कतिपय कार्यकर्ताहरु स्वयं फेरि पढ्न थाले र अहिले सावित हुन्छ उनीहरुले कति भ्रमको खेती गरिरहेका रहेछन् भन्नेकुरा । हाम्रो पाठ्य प्रणाली त्यही हो जुन परिवर्तन भएको छैन । यही भ्रम सिर्जना गरिरहेका छन एमाओवादीहरु अहिले जनजातीका नाममा । द्वन्दवादले के भन्छ भने ‘ कन्फ्युजन गराउँ र द्वन्द गर’ कुनैपनि कुराको स्पष्ट भिजन क्लिएर जनता सामु नआएपछि अवस्य नै द्वन्द हुन्छ अनेक विचारहरु आउँछन् । ती विचारहरु विरोध र विपरितका विचारपनि हुन्छन् । अनि माओले भनेजस्तै अर्को अस्त्र प्रयोग हुन्छ ‘सवै फुल सवै माली वरावर’ यही सुत्र अनुसार प्रचण्डले वोलेका छन् ‘राष्ट्रवादीको एकता हुन जरुरी छ’ यसको मतलव हुन्छ हरेक विरोधीहरुलाई चिन्न सकियोस अनि चिनिसकेपछि उनीहरुको प्रयोग गर्दै सत्ता कव्जा गर्ने । अनि माओले लगाएझैं डोजर लगाउने । अव हेरौं यो प्रयोगलाई अन्तर्राष्ट्रिय जगतले वुझेको हुनुपर्दछ, त्यसैले अमेरिकाले आफ्नो आतंककारी सूचिवाट एमाओवादीलाई हटाएको छैन । विश्वमा कहीँ उदाहरणहरु छैनन होला जो चुनावमा जितेर सत्ता समाल्दापनि आतंककारीको सूचिवाट नहटेको होस, केवल एमाओवादी वाहेक । यही कुरालाई वुझेर कमरेड प्रचण्डले ढुंगेल काण्डले तताएको अन्तर्राष्ट्रिय आँखालाई निमिट्यान्न पार्दै हेगबाट बच्न उनले हतार हतार सत्य निरोपण आयोग गठन गरि सवै अभियोगलाई किनारा लगाउने अभियानमा जुटे ।
यद्यपि एमाओवादीले आफुलाई राजनीतिकको सर्वेसर्वा ठान्दै रहने हो भने वा नेपाली जनतालाई अझै छारो हाल्ने काम हुने हो भने अव यो दल डा.केआई सिंह वा नाममात्रको नेता र पार्टी हुनेछ । एमाओवादीलाई राम्रोसँग थाहा छ कि पत्रकार जगत उसको साथमा छैन भनेर । ’cause पत्रकार समाजको सुचना प्रवाह गर्ने स्वतन्त्र निश्वार्थ माध्यम हो न कि उनीहरुको माक्र्सवाद वा अरुकुनै दर्शनवाट प्रभावित सुचना सम्पे्रषण गर्ने ? त्यो अन्धो शब्दको प्रयोग हुँदैन भन्नेकुरा विश्व परिवेशले देखाइसकेको छ । त्यसैले खुला र समाजवाद सिद्धान्तमा मात्रै पत्रकारहरुको हक र हितको सुरक्षा हुन्छ भन्नेकुरा राम्रोसँग पत्रकारजगतले वुझेको हुनुपर्दछ । यसरी विभाजित गराउने मनसायवाट एमाओवादी विफल भएको हो ।
समकालिन नेतृत्व र विगतको पाठलाई वुझेको एमाओवादीले त्यही रुप प्रयोग ग¥यो, जुन संसदिय अभ्यासमा भइसकेका छन् तर त्यतिबेला ०४७ सालको संविधान अन्तरगत भएका थिए, त्यो वुझाइमा चुक्न पुग्यो र चार चार सालसम्म अनिर्णयको वन्दी वनाइएको संविधानसभालाई न आफुले काम गर्न दियो न अरुहरुलाई काम गर्ने वातावरण सिर्जना गरिदियो र अन्तिममा संविधानसभालाई नाकाम र गर्दै भ्रुणहत्यामा सामेल भयो, तथापि सहन शक्ति भएका नेपाली जनतामा अव भने विर्सने वानी छैन् भन्नेकुरा वारम्वार भइरहने विभिन्न तह र तप्काका मानिसको फेसवुक अपडेटवाट पनि वुझ्न सकिन्छ जनता सचेत छन् भुल्ने छैनन यो कालो इतिहासलाई र आक्रोसित छन् प्रत्येक दलको भूमिकाप्रति अव समिक्षा जनताले गर्नेछन् । चेतना भया ।
प्रतिनिधि हिमालय टाइम्स दैनिक
बेल्जियम
मोवाइल ००३२४९९८४३६१७