खल्लो भयो गणतन्त्र दिवस


‘भूईंको टिप्न खोज्दा पोल्टाको खस्यो……..’
१५ जेठ, काठमाडौं – पोहोर र परार पनि ओझेलमा परेको गणतन्त्र दिवस यसपाली त झनै खल्लो र नरमाइलो भएको छ । २०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयनको घोषणा भएपछि त्यसपछिको वर्ष २०६६ मा गणतन्त्र दिवसको रौनक छाएको थियो । परार २०६७ र पोहोर २०६८ मा जेठ १४ मा संविधान घोषणा नभएका कारण भोलिपल्ट पर्ने जेठ १५ को खासै उत्साह भएन । यसपटक त सरकारले गणतन्त्र दिवसलाई राष्ट्रिय दिवसकै रुपमा घोषणा गरेको थियो । राष्ट्रिय दिवस भनेपछि यसको उत्साह र रौनक नै अर्कै हुनुपर्ने हो । तर अघिल्लो रात संविधानसभा बिघटन भएको दुखद अवस्थाले गणतन्त्र दिवस निकै खल्लो, निरस र नरमाइलो भएको हो ।

गणतन्त्र दिवसको अवसरमा राजधानीको टुंडिखेलमा सरकारले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीस, कुटनीतिक नियोग, विद्यार्थी, स्काउट, सुरक्षाकर्मी लगायतको उपस्थिति थियो । तर मुख्य दलका शीर्ष नेताहरु समारोहमा सहभागी भएनन् । विघटित संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि कार्यक्रममा सहभागी हुनुभएन । रातभरको दौडधूप र थकानले राम्ररी सुत्न नपाएका प्रधानमन्त्री र मन्त्रीहरुको मात्रै होइन अरु विशिष्ट व्यक्तिहरुका अनुहारमा खासै चमक देखिएन । सबे भावुक, निराश र खिन्न मुद्रामा थिए । राष्ट्रपति र प्रधानमन्त्रीबीच मुस्कुराउनु बाहेक खासै बोलचाल भएन । त्यहाँ पुगेका अरुको अनुहार पनि मलिन देखिन्थ्यो ।

‘भूईंको टिप्न खोज्दा पोल्टाको खस्यो……..’

टुंडिखेलको कार्यक्रममा गीत गाउने कलाकारले राष्ट्रपति, प्रधानमन्त्री सहित विशिष्ट व्यक्तिहरुको अघिल्तिर संविधान नबनेको अवस्थाप्रति व्यंग्य र टिप्पणी गरे । उनीहरुले रातभर आँखा झिमिक्क नगरी सुखद खबरको प्रतीक्षा गरेको तर निराश खबरले दुखित बनाएको भन्दै गीतको भाकामा पोखे । अब नेपाल आमा हाँसेको हेर्न पाइयोस् भन्दै उनीहरुले भूईंको टिप्न खोज्दा पोल्टाको पनि खसेको भन्दै कलाकारहरुले नेताहरुको व्यंग्य गरे । कलाकारहरुको प्रस्तुति सुनेर समारोहमा उपस्थित विशिष्ट व्यक्तिहरु झनै भावुक देखिए । भुईंतिर हेरेर बसे । परेवा उडाउने, कवाज र झाँकी प्रदर्शन गर्ने औपचारिक कार्यक्रम बाहेक गणतन्त्र दिवसको खासै चहलपहल छैन । संविधानसभाको अवसानपछिको गणतन्त्र दिवस साँच्चै खल्लो महसुस भएको छ ।

गणतन्त्र दिवसको दिन उल्लास र खुशीयाली मनाउनुपर्ने सर्वसाधारण पनि चिन्तित र अब के होला भन्ने अन्योलमा छन् ।

 Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.