Daily Archives: 28/05/2012

खल्लो भयो गणतन्त्र दिवस


‘भूईंको टिप्न खोज्दा पोल्टाको खस्यो……..’
१५ जेठ, काठमाडौं – पोहोर र परार पनि ओझेलमा परेको गणतन्त्र दिवस यसपाली त झनै खल्लो र नरमाइलो भएको छ । २०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयनको घोषणा भएपछि त्यसपछिको वर्ष २०६६ मा गणतन्त्र दिवसको रौनक छाएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

काँग्रेस र एमाले आन्तरीक छलफलमा


१५ जेठ, काठमाण्डौं – संविधान सभाको विगठन भईसेकपछिको अवस्था र सरकारका तर्फबाट ताजा जनादेशका लागि निर्वाचनको घोषणा गरेपछि नेपाली काङ्ग्रेस र नेकपा एमालेले दुई पक्षिय छलफल गर्ने भएका छन् । दुई पार्टीले चाल्ने कदमका ’boutमा नेताहरुले आन्तरीक र दुईपक्षिय छलफल गर्ने बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

देश प्रसव पिडामा छ : प्रधानमन्त्री


१५ जेठ, काठमाण्डौं – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुक अहिले युगान्तकारी परिवर्तनको प्रसव पीडामा रहेको बताउनुभएको छ । पीडाबाट मुलुकलाई सही विन्दूमा अवतरण गराउन आवेग, क्षेत्रगत स्वार्थ, उत्तेजना वा प्रतिकृयाबाट नभई सबै समुदाय, क्षेत्र, वर्ग, लिङ्गका नेपाली दाजुभाइ दिदीबहिनी र राजनैतिक दल एवम् नागरिक समाजबाट विवेक, संयमता, धैयता र त्यागको आवश्यकता रहेको बताउनुभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादीको ‘सत्ता कब्जा गर्ने रणनीति’


गोविन्द परियार, काठमाडौं, जेठ १५ -कांग्रेस-एमाले लगायत दलहरूले माओवादीले नियोजित रूपमै संविधानसभा भंग गरेको आरोप लगाएका छन्। संविधानका अधिकांश विषयमा सहमति भइसकेको अवस्थामा माओवादीले संविधान जारी गर्न नमानेर ‘सत्ता कब्जा गर्ने रणनीति’ अनुसार संविधानसभा भंग गरको ती दलका नेताहरूको दाबी छ। पढ्नेक्रम जारी राख्नुहोस्

भट्टराईले अवैधानिक काम गरे : वैद्य


काठमाडौं, जेठ १५ – एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले प्रधान मन्त्री बाबुराम भट्टराईले नयाँ संविधान घोषणा गर्नु पूर्ण अवैधानिक भएको बताएका छन्। आज प्रेस वक्तव्यमार्फत वैद्यले निर्वाचन घोषणाबाट देशभक्त तथा परिवर्तनकामी जनसमुदायमा गम्भीर आघात पुर्‍याएको दावी गरे। पढ्नेक्रम जारी राख्नुहोस्

मुलुक ध्वस्त हुनबाट जोगियो : चित्रबहादुर केसी


दिलीप पौडेल, बाग्लुङ, जेठ १५ -संघीयताको विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा संघीयता आवश्‍यक नभएको पुष्टी भएको बताएका छन्। माओवादीको कारण संविधान सभा विघटन भएकोमा चिन्ता व्यक्त गर्दै मुलुकमा गम्भिर संकट सृजना भएको बताए। पढ्नेक्रम जारी राख्नुहोस्

अ.ने.सा.स कोलोराडो च्याप्टरद्वारा नियमित कबि गोष्ठी सम्पन्न


आचार्य प्रभा, डेनभर कोलोराडो

मे २७ ।  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरद्वारा नियमित हुने कोलोराडो साहित्य संगम कबि गोष्ठी २६ मे २०१२ का दिन श्री हरि अधिकारी/श्रीमती उषा अधिकारी तथा मीना पौडेलको आतिथ्यमा हेन्डरसनस्थित वहाँहरुकै निवास स्थानमा सफलतापुर्वक सम्पन्न गरियो । सदा झैं उक्त कबि गोष्ठीमा विभिन्न विधामा रचनाहरु पाठ गरिएको थियो । च्याप्टरका अध्यक्ष पदम विश्वकर्माद्वारा संचालित उक्त कार्यक्रममा बरिष्ठ गजलकार मनु ब्राजाकीको पनि उपस्थिति रहेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्