सपना अचम्मको..


जितेन थिङ, कुवेत  


१०/११ जनाको छुट्टाछुट्टै झुण्ड देखा पर्‍यो पछौटेहरुको साथमा
धारिलो हात-हतियार अनी गोला-बारुद बोकेको देखें सबैले हातमा
जोडजोड स्वर निस्कंदै थियो कतै लिम्बुवान त कतै खुम्बुवान
चिच्याई-चिच्याई भाषण गर्दै थिए कतै ताम्सलिङ त कतै तमुवान
ब्राम्हण, क्षेत्री, मधेशीहरु ङ्वार-ङ्वार ङुरङुर गरेको आभाष भयो
एकै आमाका सन्तान सबै आपसमै भिड्ने भो, काटाकाट र मारामार पक्का भो !!

परीचित अपरीचित मुहारहरु यत्रतत्र छरिएका छन्
रगताम्य छन सबै, मानव अङगहरु लथालिङ्ग छन्
चित्कार, रोदन अनी पिडा जताततै, सम्हाल्नै नसकिने
आँशु झार्न आवश्यक देखिन, मनलाई बलियो बनाउनै नसकिने
मनको बाँध फुटेर नयन ताल भरिएको आभाष भयो
फोहोर राजनीतिको सुनामिले देश डुबाउँदै गरेको महशुस भयो !!

सम्झाउन खोजें सबैलाई, दशगजा र कालापानीको कथा
सुन्न चाहेनन् वा समय भएन कसैले पनि नेपाल आमाको ब्यथा
हेर्दाहेर्दै चिराचिरा भो भाग बण्डा गर्न थाले मुड्की बजारेर
हाँस्दै, गाउदै, रमाउँदै गन्तब्य नाप्न लागे सबै आ-आफ्नो भाग बोकेर
अन्तिम भोजमा रमाएको देखें सबैलाई, आनन्द लिई रहेको महशुस भयो
भारतीय साम्राज्यबाद्ले बाएको मुखमा सबै बिलिन हुँदै गयो !!

निंद्राबाट अचानक बिउँझन पुगेको बिहानै…
मुटुको धड्कन बढी रहेको रहेछ, डराइ रहेको थिएं मनमनै
चिट्चिट् पसिना आएको महशुस गरें, शरीर काँपिरहेको महशुस गरें
देशको भबिष्य अनिश्चित देखें, नेपाल आमा धरधरी रोइरहेकी अनुभब गरें,
तर… वास्तवमै सपना अचम्मको देखेछु भन्ने आफैले आभाष गरें !!!!

One response to “सपना अचम्मको..

  1. Ek dam marmik bho aaja Mann ,,,! Nepal aama Ko ke hall holaaa Chhora Chhori le chimiti dieeeraheko bellllaaaaa” ho Dai

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.