बुद्ध जयन्ती कार्यक्रमका सम्पूर्ण सहयोगीहरुलाई हार्दिक धन्यवाद !!


प्रेस बिज्ञप्ती:

नेपाल तामाङ घेदुङ कुवेतको आयोजनामा हालै सम्पन्न २५५६औं बुद्ध जयन्ती कार्यक्रममा आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नु हुने सम्पूर्ण सँघ-संस्थाहरु, बुद्दिजिवी महानुभावहरु, नेपालकुवेत डटकम, कुवेतनेपाल डटकम, तामाङसमाज डटकम लगायत सम्पूर्ण समाजसेबीहरुलाई नेपाल तामाङ घेदुङ कुवेत परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ । यसैगरी, सम्पूर्ण घेदुङका सल्लाहाकर ज्युहरु, स्थानिय कलाकारहरु जसको कारण कार्यक्रम अती नै भव्यतका साथ सफल भएको छ र कुवेती सेक्युरिटी उपलब्ध गराउनु हुने कार्यक्रमका साँस्कृतिक उप-सम्योजक डि.बि लोप्चन, सम्योजक श्याम लामा जसले कलाकारलाई खान, बस्नको लागि व्यवस्था गर्नु भयो वहाँहरुलाई पनि बिशेष धन्यवाद । साथै, घेदुङ् कुवेतका सकृय कलाकारहरु र धेरै चुनौतिका बाबजुत कडा भन्दा कडा मेहनतका साथ स्वयंसेवकको भूमिका निभाउनु हुने सम्पूर्ण स्वयंसेबक साथीहरु लगायत कार्यक्रममा पानी र जुसको व्यवस्था गर्नु हुने सहयोगी बैनीहरु रत्न मोक्तन र निशा स्यङ्बो, व्यानर सौजन्यमा सहयोगी कुमार नेपाली, कार्यक्रम प्रायोजक युएई एक्सचेन्ज, डिजाइनर भाई पुष्प वाइबा, मार्केटिङ् म्यानेजर सौगात सुबेदी, यातायातमा प्रेम वाइबा र देब तामाङ लगायत पूजा पाठका लागि लामागुरुहरु सम्पूर्णलाई तामाङ घेदुङ कुवेत धन्यवाद दिन चाहन्छ ।

यसका साथै, बुद्ध जयन्ती कार्यक्रममा गत वर्षझैं यसपाली पनि ७ देशका राजदुतहरुको उपस्थिती हुने भनिएता पनि अन्तमा गएर जसको लागी स्थानिय सरकारबाट नै अनुमती लिनुपर्ने भएको र बिबिध कारणवश त्यो सम्बभ नभएको जानकारी गराउँदै यहाँहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पर्न गएको असुविधा प्रति घेदुङ कुवेतले क्षमा याचना गर्दछ । महामहिम नेपाली राजदुत अस्वस्थताका कारण आफ्नो उपस्थिती जनाउन नसकेकोले दुतावासका दित्तिय सचिव श्री पुष्पराज भट्टराई मार्फत कार्यक्रमको सफलता र नेपाली समाजमा शान्ती छावोस भन्दै सन्देश पठाउनु भएकोमा हामी अत्यन्तै आभारी छौं । भविष्यमा पनि घेदुङ कुवेतका हरेक कार्यक्रमहरुमा यहाँहरुको यसरी नै साथ पाईयोस भन्ने कामना गर्दै पुन. धन्यवाद दिन चाहन्छौं ।

राम बहादुर लामा (घलान)                                                             अर्जुन तामाङ
अध्यक्ष                                                                                             उपाध्यक्ष तथा कार्यक्रम संयोजक

नेपाल तामाङ घेदुङ, कुवेत, परिवार

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.