नयाँ संविधानको माग गर्दै सभासदहरुद्धारा नाराबाजी


१४ जेठ, काठमाडौं – संविधानसभा विघटन गर्न नपाइने भन्दै सभासदहरुले संविधानसभा परिसरमा नाराबाजी गरेका छन् । संविधानसभाको म्याद सकिने केही बेर मात्र बाँकी रहँदा दलहरुबीच सहमति नजुटेको र दलहरुले संविधान आउने सम्भावना क्षीण बन्दै गएको बताउन थालेपछि सभासदहरु आक्रोसित भएका छन् ।

माओवादीको बैद्य पक्ष र बृहत मधेसी मोर्चामा संलग्न सभासदहरुले संविधानसभाबाटै संविधान जारी गर्न र संविधानसभा विघटन नर्गन माग गर्दै नाराबाजी थालेका हुन् ।

यसअघि दिउँसो पनि सभासदहरुले नाराबाजी गरेका थिए । आदिवासी जनाजाति, मधेसी लगायतका सभासदहरुले नाराबाजी गर्दै संविधानसभा भवन परिक्रमा गरेका छन् । सभासदहरुले शीर्ष नेताहरुको बैठक संविधानसभा परिषद्मा नै राख्न माग गरेका छन् । नाराबाजीपछि आयोजित कोणसभामा माओवादी सभासद तिलक परियारले आफूहरु अमुख नेताका भेडाबाग्रा नभएको भन्दै तत्काल संविधानसभा बैठक सुरु गर्न माग गर्नुभयो । ‘सभासदहरु भेडाबाग्रा होइनन्, जनताका प्रतिनिधि हुन्’ उहाँले भन्नुभयो-’११ बटा विषयगत समितिको प्रतितवेदनका आधारमा संविधानसभामा मतदान गरी दुई तिहाईबाट संविधान घोषणा गरियोस् ।’

अर्का सभासद इजदि्रत राईले राति ११ बजे सहमति गर्ने र आफूहरुलाई अध्ययन गर्न समेत नदिएर पारित गर्ने षड्यन्त्र भइरहेको भन्दै खबरदारी गर्नु भयो ।

Source:Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.