Daily Archives: 27/05/2012

बुद्ध जयन्ती कार्यक्रमका सम्पूर्ण सहयोगीहरुलाई हार्दिक धन्यवाद !!


प्रेस बिज्ञप्ती:

नेपाल तामाङ घेदुङ कुवेतको आयोजनामा हालै सम्पन्न २५५६औं बुद्ध जयन्ती कार्यक्रममा आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नु हुने सम्पूर्ण सँघ-संस्थाहरु, बुद्दिजिवी महानुभावहरु, नेपालकुवेत डटकम, कुवेतनेपाल डटकम, तामाङसमाज डटकम लगायत सम्पूर्ण समाजसेबीहरुलाई नेपाल तामाङ घेदुङ कुवेत परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ । पढ्नेक्रम जारी राख्नुहोस्

नयाँ संविधानको माग गर्दै सभासदहरुद्धारा नाराबाजी


१४ जेठ, काठमाडौं – संविधानसभा विघटन गर्न नपाइने भन्दै सभासदहरुले संविधानसभा परिसरमा नाराबाजी गरेका छन् । संविधानसभाको म्याद सकिने केही बेर मात्र बाँकी रहँदा दलहरुबीच सहमति नजुटेको र दलहरुले संविधान आउने सम्भावना क्षीण बन्दै गएको बताउन थालेपछि सभासदहरु आक्रोसित भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

सपना अचम्मको..


जितेन थिङ, कुवेत  


१०/११ जनाको छुट्टाछुट्टै झुण्ड देखा पर्‍यो पछौटेहरुको साथमा
धारिलो हात-हतियार अनी गोला-बारुद बोकेको देखें सबैले हातमा
जोडजोड स्वर निस्कंदै थियो कतै लिम्बुवान त कतै खुम्बुवान
चिच्याई-चिच्याई भाषण गर्दै थिए कतै ताम्सलिङ त कतै तमुवान पढ्नेक्रम जारी राख्नुहोस्

१३ प्रदेश बनाउने काँग्रेसको नयाँ प्रस्ताव


नेता रुँदै, जनता नाच्दै
१४ जेठ, काठमाण्डौं – संविधानका विवादित विषयलाई रुपान्तरीत संसदले समाधान गर्ने गरी नयाँ संविधान जारी गर्नुपर्ने काँग्रेसले निष्कर्ष निकालेको छ । सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा आइतबार विहान भएको काँग्रेस पदाधिकारी र  केन्द्रीय सदस्यहरुबीच भएको छलफलमा सहमति हुन नसकेका विषयलाई रूपान्तरित संसदमा लगेर समाधानको खोजी गर्नुपर्ने निर्णय गरेको पार्टी उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपति भेटेर प्रधानमन्त्री सोझै दाहाल निवास पुगे


काठमाडौं, जेठ १४ – राष्ट्रपति रामवरण यादवसँग प्रधानमन्त्री बाबुराम भट्टराईले आज बिहान राष्ट्रपति भवन शितलनिवासमा पुगी भेट गरेका छन्। भेटका अवसरमा प्रधानमन्त्रीले पछिल्लो राजनीतिक अवस्था ’bout राष्ट्रपतिलाई अवगत गराएका थिए।शितल निवासमा राष्ट्रपतिलाई भेटेलगत्तै प्रधानमन्त्री भट्टराई लाजिम्पाटस्थित एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालको निवास पुगेका थिए। त्यहाँ प्रधानमन्त्री र अध्यक्ष दाहालबीच गोप्य कुराकानी भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

आउला त नयाँ संविधान ? आज अन्तिम दिन


सेनाको समन्वयमा तीनै सुरक्षा निकाय ‘हाइअलर्ट’
केपी ढुंगाना, काठमाडौं, जेठ १४ -‘संविधानसभा विघटन भए जातीय भिडन्त बढ्ने’ निष्कर्ष निकाल्दै गृह मन्त्रालयअन्तर्गतका तीनवटै सुरक्षा निकायले मातहत युनिटलाई हाइअर्लट राखेका छन्। संविधानसभा भंगपछि बढ्ने अन्योल र अस्थिरतामा ‘केही शक्ति’ गृहकार्यमा रहेको सूचनाका आधारमा प्रहरी यस्तो निष्कर्षमा पुगेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

= = = गजल = = =


ज्ञानेन्द्र गुरुङ
ओखलढुंगा, रुम्जाटार-३


तिमी मेरी दिलरानी हुने छैन कहिले नि
ढुंगा भाको दिलफेरी छुने छैन कहिले नि

चाहिएन तिम्रो माया पर राख जालीकुरा
जुठो लाश चोखाउन धुने छैन कहिले नि पढ्नेक्रम जारी राख्नुहोस्