Daily Archives: 26/05/2012

क्लबको राहत सगै हिम पहिरोलाई सहयोग गर्ने संस्थ बढे,मेनपावर एसोसिएसनले एक लाख २५ हजार सहयोग गर्ने निर्णय


ईन्द्र भुसाल ,कुवेत

भनिन्छ राम्रो कामको सुरुवात एकै पटक सबैले गर्दैनन तर राम्रो कामको सिको र राम्रो काम गर्नुपर्छ भन्ने भावना देखेपछी,पढेपछी र परेपछी मात्र गरिन्छ। कुवेतको नेपाली समाजमा करिब दुई दर्जन नेपाली सँघ-संस्थाहरु कृयाशिल छन तर नेपाली समाज,नेपाली र आफ्नो देश नेपाल लाई कसले के कती गरेको छ अब सबैको सामु लेख्नु पर्दैन तर राम्रो काम गर्ने ब्यक्ती र संस्थालाई बिर्सने हो भने अन्याय पनि हुन सक्दछ । पढ्नेक्रम जारी राख्नुहोस्

प्रबासी जीवनमा नयाँ कलाकारको उदय, डी.बि.लोप्चन पनि खारिदै गए


ईन्द्र भुसाल ,कुवेत

शान्तीका अग्र दुत भगवान गौतम बुद्धको २५५६ औं बुद्ध जयन्ती नेपाल तमाङ घेदुङ कुवेतको आयोजनामा भब्य किसिमले हिजो समप्न्ह भयो । अतिथी कलाकारहरुको बिजोड तमाङ सेलोले दर्शकलाई त नचायो नै प्रबासी जीवनमा कुवेतबासी नेपालीहरुले नयाँ नेपाली कलाकारहरुको बेजोड प्रस्तुती पनि देख्न पाए। पढ्नेक्रम जारी राख्नुहोस्

चुम्वन र वेड सिनमय डर्टी लभ (फोटो फिचरसहित)


नेपाली सिनेमामा चुम्वन र वेड सिन राख्ने अनि कथावस्तु पनि त्यस्तै वनाउने प्रचलन वढ्दै गएको छ । यही, प्रचलनलाई पछ्याउदै चलचित्र ‘डर्टी लभ’को निर्माण भएको छ ।पवन केसीको कथा तथा निर्देशनमा तयार भएको यस चलचित्रमा प्रशस्त मात्रामा यस्ता सिन राखीएको छ । चलचित्रमा नायिका निता पोखरेल र नव नायक रजित अधिकारीले प्रशस्त मात्रामा चुम्वन र वेड सिनका दृश्य दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

लुम्बिनी-कपिलवस्तु दिवस अभियानको दोश्रो बिस्व कार्य समितिको लागि तयारी मूल समिति गठन


सानु घिमिरे
मूलत: भारतले सन २०१२ सम्ममा नक्कली लुम्बिनी निर्माण कार्य संपन्न गर्ने किसिमले सन २००९ मा झन्डै असी प्रतिशत काम संपन्न गर्दा समेत कतैबाट पनि आवाज नउठेकोले त्यस्को बिरोधमा बिस्वब्यापी रुपमा आवाज उठाउनका लागि १ डिसेम्बर २००९ मा इतिहासमा पहिलो पटक कपिलवस्तु दिवस बिस्व दिवसको रुपमा बिभिन्न देशमा बिभिन्न कार्यक्रम गरी मनाइयो । बिशेषत: अन्तरराष्ट्रिय सामाजिक सन्जाल फेसबुकमा संसारभरिबाट चौबिसै घण्टा सान्दर्भिक सामग्रीहरु पोस्टिङ् गरिए । पढ्नेक्रम जारी राख्नुहोस्

संवैधानि समितिको बैठक १ बजे बस्ने


१३ जेठ, काठमाण्डौं – संविधानका विवादित विषयमा संवैधानिक उपसमितिले तयार पारेको कार्यदलले बनाएको प्रश्नावलीलाई अन्तिम रुप दिन संवैधानि समितिको बैठक शनिबार बस्र्दैछ । विहान ८ बजेका लागि बोलाईएको बैठक दलहरु आन्तरीक र द्विपक्षिय छलफलमा जुटकाकारण दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

आफ्नै साथीद्वारा गोली हानी हत्या


अमर खड्का, इटहरी, जेठ १३ – सुनसरीको बक्रौदीमा आज बिहान १:३० बजे रामेश्‍वर चौधरीको गोली हानी हत्या गरिएको छ। २७ वर्षीय चौधरीलाई उनकै साथी अञ्जली राजधामीले गोली हानेको प्रहरीको दावी छ। धामी गोली प्रहार गरी चौधरीकै मोटरसाइकल लिएर फरार भएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्