Daily Archives: 23/05/2012

रुदै छ लुम्बिनी


Jiten Theeng ,Kuwait

विस्व परिबेस्मा उल्झीरहेको छ लुम्बिनी,
अमेरिका देखी युरोप देखी एसिया सम्म।
नेताहरुको मागी खाने भाडो भएको छ लुम्बिनी,
पञ्चायत देखी गणतन्त्र देखी लोकतन्त्र सम्म।। पढ्नेक्रम जारी राख्नुहोस्

कांग्रेसको सर्त-’म्याद थप्ने भए सरकारको नेतृत्व देऊ’


नत्र सरकारबाट फिर्ता हुने
१० जेठ, काठमाण्डौ – नेपाली कांग्रेसले संबिधानसभाको म्याद थप्ने भए पाँच बुँदे सहमतिअनुसार जेठ १४ अघि नै कांग्रेसलाई राष्ट्रिय सरकारको नेतृत्व दिन माग गरेको छ । ससर्ती हेर्दा नेपाली कांग्रेस संबिधानसभाको म्याद थपका बिपक्षमा जस्तो देखिएपनि यसभित्र सत्ताको खेल रहेको उच्चस्रोतको दावी छ । माओवादी नेताहरुका अनुसार कांग्रेस नेताहरुले म्याद थपका बिरुद्ध नजाने प्रष्ट पार्दै जेठ १४ अघि नै कांग्रेसलाई सरकारको नेतृत्व दिनुपर्नै सर्त राखिरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

कतै बन्द कतै सद्‍भाव र्‍याली


बनेपा, जेठ १० – दनुवार जातिले आज गरेको बन्द आह्वानले काभ्रे र सिन्धुपाल्चोकमा आंशिक प्रभाव परेको छ। उनीहरूले जातीय राज्यको माग गर्दै काभ्रेको तीनपिप्लेदेखि पाँचखालसम्मको बजार बन्द गराएका छन्। एक तथ्याङ्क अनुसार पाँचखालमा मात्रै करिब १५ प्रतिशत दनुवार जाति रहेको जनाइएको छ।  पढ्नेक्रम जारी राख्नुहोस्

विदेश जानै नपाई भिसा सकिँदै


विज्ञान अधिकारी, काठमाडौं, जेठ १० – मुलुकका विभिन्न भागमा लगातार भइरहेको बन्दले वैदेशिक रोजगारीमा जाने कामदार राजधानी आउन नसक्दा उनीहरुको भिसाको समय सकिएको छ। विदेशी कम्पनीहरुबाट भिसा आए पनि तराई क्षेत्रमा दिनहुँ भइरहेको बन्दका कारण रोजगारीमा जाने युवा राजधानीमा आउन सकेका छैनन्। रुपन्देहीका राजेन्द्रप्रसाद काहार, रामबृज काहार, सिराहाका राजाराम महतो, सुर्खेतका नारायण देवकोटा र पूर्वका केशव कुमाल फ्युजन इन्टरनेसनलमार्फत मलेसिया जाँदै थिए।  पढ्नेक्रम जारी राख्नुहोस्