विशिष्ट योगदान पुर्‍याउने २ सय ७० जना विभूषित


९ जेठ, काठमाण्डौ- सार्वजनिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका २ सय ७० जना विशिष्ट ब्यक्तिहरुलाई सरकारले मंगलवार विहान विभिन्न विभुषणवाट सम्मान गरेको छ । विभुषीत विभिन्न व्यक्तिहरुलाई राष्ट्रपतिको भवन शितल निवासमा विहान एक विशेष समारोहमा राष्ट्रपति डा रामवरण यादबले बिभुषण प्रदान गर्नुभएको हो ।

राष्ट्रपति डा रामवरण यादबले सरकारको सिफारिसमा गत जेठ १५ मा सार्वजनिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका २ सय ७० जना व्यक्तिलाई मानपदवी, अलंकार र पदक प्रदान गरेको घोषणा गर्नु भएको हो ।  घोषित २ सय ७० मध्ये २ सय १९ ले मात्र मानपदबी ग्रहण गरेका छन् । बाँकी ५२ जानले भने विभुषण बहिस्कार गरेका छन् । सरकारले घोषणा गरेको मानपदबी कार्यवहाक प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, पत्रकार कनकमणि दीक्षित र युवराज घिमिरे लगायतले बहिस्कार गर्ने घोषणा गरेका थिए ।

समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री डा वावुराम भट्टराई, सभामुख सुवासचन्द्र ने्म्बाङ, प्रधानन्यायधीस खिलराज रेग्मी लगायत उच्च पदस्थ अधिकारीहरुको उपस्थिती थियो ।

यसैवचीच काँग्रेस नेतृ सुजात कोइरालाले मंगलवार एक विज्ञप्ती जारी महत्वपूर्ण योगदान, भूमिका र निर्बाह गरेका गरी नेपालका शिखर पुरुष स्वर्गिय गिरिजा प्रसाद कोइरालालाई दोस्रो दर्जाको मानपदवी ‘राष्ट्र गौरव’ प्रदान गरिएकाले आफूले विभूषणा स्वीकार नगर्ने स्पष्ट पार्नु भएको छ ।

Source: Onlinekhabar

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.