कुवेतमा गर्मी बढ्दै जादा नयाँ आगमन गर्ने नेपालीले ध्यान दिनु पर्ने कुराहरु के के होला ?


ईन्द्र भुसाल ,कुवेत

गत साल यतिनै खेर कुवेतमा धेरै गर्मीको महसुस भएको थियो भने यो साल गत सालको जस्तो गर्मी भएको छैन तर पनि यो हप्ताबाट गर्मी को पारो उक्लेर गएको देखिन्छ। हिमालको चिसो हावा अनी पहाडी भुमीबाट बग्ने कलकल पानी पिएर आएका हामी नेपालीहरुलाई अचानक तातो हावामा होमिदा निकै तनाब भएको हुन्छ । सबै नेपालीहरु हामी भित्री संसार अथवा यएर कन्डिसन भएको ठाउँमा काम गर्न गरी आएका हुँदैनौ किनकी बिभिन्न किसिमका पदहरुमा आउँदा हामी तातो हावा बहने ठाउँ ,अतिनै चिसो स्टोर्स अनी निर्माणका कार्यमा हामी काम गर्दछौ तसर्थ हामीहरुले मौसम परिवर्तन अनुसार आफ्नो स्वास्थको राम्रो हेरबिचर गर्नु पर्दछ ।
के देखी सतर्क हुनुपर्ला ?

१ तातो ठाउँमा काम गर्नेहरुले कोठामा आउने बित्तिकै बाल्टिमा राखेको चिसो पानीमा नुहाउने काम तुरुन्त नगर्दा राम्रो हुन्छ किनकी अधिक तातो अनी चिसोको मिश्रण शरीरलाई उपयुक्त हुँदैन । केही बेर आराम गर्नुस अनी नुहाएर बस्नुस त्यो अवस्थामा पनि कोठाको चिसोपन तेती धेरै नगर्नुस ।
२ बाहिर काम गर्नेहरुले हल्का खालको कपडा मुख ढाकिने गरी बाध्नुस अनी भएसम्म चिसो हुने खालको चस्मा लगाउनुस तर चस्मा प्रयोग गर्दा कमसल खालको चस्माले आँखामा समस्या आउन सक्छ तेसमा ध्यान दिनुहोस् ।
३ गर्मी अतिनै भएको बेला अचानक धेरै चिसो पानी हतार हतार गरेर पिउने नगर्नुस। मन्द चिसो पानी पिउदा तुरुन्त फेरी प्यास लाग्दैन र टन्सिल हुनेहरुलाई असार पनि गर्दैन ।
४ चिसो पिय पदार्थ समय मिलाएर मात्र पिउनुस अत्यधिक चिसो नपिउनुस।
५ नसालु पदार्थ देखी टाढा रहनुस्
६ तमाखु र चुरोट काम पिउने गर्नुस् अनी पानी पिउने काम धेरै गर्नुस् ।
८ राती सुत्ने बेलामा यएर कन्डिसनलाई धेरै चिसो नबनाउनुस किनकी लगातारको चिसो ६ ।७ घण्टा चल्दा सरिरलाई राम्रो गर्दैन र बिहान फेरी गर्मी मा काम गर्ने हो भने ठीक्क बनाए हुन्छ ।
९ काम गर्ने बेलामा आफ्नो सुरक्षा पहिला गर्नु अनी मात्र कामलाई अगाडि बढाउनुस् । आफ्नो सुरक्षा पहिलो प्राथमिकता ।
१० नेपालको जस्तो सवारी चल्दा होईन अतिनै चनाखो भएर मोटर बाटो काट्नुस् किनकी यहाँको रफतार धेरै हुन्छ ।
नेपाल बाट नयाँ आउने र यहाँ बसिसकेका नेपालीहरुले धेरै कुरालाई ध्यान दिनु पर्दछ । बिशेष गरी आफ्नो संपर्कमा भएका नेपाली दाजु भाई दिदी बैनिहरुलाई पुराना साथीहरुले जानकारी गराउनुस् यो पनि एउटा राम्रो कार्य हो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.