बुद्ध जयन्ती कार्यक्रमको तयारी पुरा,२४ तारिक बिहान ३:१० मा अतिथी कलाकार कुवेत आउने


ईन्द्र भुसाल ,कुवेत

देशमा चारैतिर अशान्तीको कालो बादल मडारिएको बेला भगवान गौतम बुद्धको २५५६ औं जन्मदिन मनाउने क्रम देश बिदेशमा भईरहेका छन । शान्ती का अग्रदुत भगवान गौतम बुद्ध जन्मेको देश नेपालमा जे जस्तो परिस्थिती भएपनी हामी नेपालीहरुले उहाले दिएको शान्तीको मार्गलाई सदा सम्मान गर्नु पर्दछ र त्यो पथमा हिंड्ने काम सबैलाई सिकाउनु बुद्ध प्रतीको ठुलो सम्मान हुनेछ । कार्यक्रम कै सिलसिलामा नेपाल तमाङ घेदुङ कुवेतले पनि यही २५ तारिक मालियाको होटेल एसिया एसियामा आयोजना गर्ने बुद्ध जयन्ती कार्यक्रमको तयारी पुरा भएको जनाएको छ भने सम्पूर्ण कुवेत बासी  नेपालीहरुलाई कार्यक्रम सफल पार्न आग्रह गदै सबैलाई निमन्त्रणा गरेको छ । घेदुङका सचिब अमृत तमाङका अनुसार तयारी पुरा हुँदै गएको र अतिथी कलाकारको साथमा तमाङ घेदुङ लगाएत प्रतिभा भएका अन्य स्थानिय कलाकारहरुले पनि प्रस्तुती दिने कार्यक्रम भएको जानकारी दिदै बुद्धले दिनुभएको शान्तीको सन्देशलाई अझै बलियो बनाउदै लान घेदुङले बिगतमा झै नेपाल ,भारत लगायत बुद्ध धर्म मान्ने अन्य देश गरी ७ देशका राजदुतलाई निमन्त्रणा गरिएको जानकारी दिनु भयो ।
 
कार्यक्रममा भाग लिन अतिथी कलाकार तुलसा र ईन्दिरा योन्जन २४ तारिक बिहान ३:१० मा कुवेत आउने जानकारी दिदै सम्पूर्ण नेपाली संघ -सं स्थाहरुलाई निमन्त्रणा गरिसकिएको बताउनु भयो । कमेडी देखी तमाङ सेलो लगायत अन्य धेरै प्रस्तुती सँगै अतिथी कलाकारले कार्यक्रमलाई निकै रोचक बनाउने देखिएको छ भने कार्यक्रम सफल पार्न सुरक्षा ब्यावस्था  कडा पारीने समेत घेदुङले जनाएको छ । शान्तीका अग्रदुतको कार्यक्रम शान्तीपूर्ण हुने देखिन्छ भने उपस्थित राजदुत ज्युहरुले पनि नेपाल र नेपाली जनता भगवान गौतम बुद्ध प्रती कती आस्थावान रहेछन भनेर हेर्ने र जान्ने अबसर पनि पाउनु हुनेछ ।

पत्रकारलाई कस्तो ब्यबस्था होला समाचार सन्कलनको लागी ?
१२ ,१४ घण्टा काम गरेर पनि नेपाली समाज कुवेतमा भएगरेका कार्यक्रम ,घटना ,दुर्घटना ,लेखले नेपाली समाजलाई सुचना प्रदान गर्दै आएका प्रबासी अन्लाईन मिडियाका पत्रकार साथीहरु जसले हरेक कार्यक्रमको ’boutमा धेरै पटक आफ्न पेज सजाउछन तिनिहरुलाई कार्यक्रमका के कस्तो पास को ब्यबस्था रहेको होला खुल्दुलीको बिषय बनेको छ । चाहिदाको भाडो नचाहिदाको ठाडो जस्तै भएका अन्लाईन मिडियाका साथीहरुलाई बिगतका धेरै कार्यक्रममा आयोजकहरुले सम्झने कोशीस सम्म गरेका थिएनन ।

One response to “बुद्ध जयन्ती कार्यक्रमको तयारी पुरा,२४ तारिक बिहान ३:१० मा अतिथी कलाकार कुवेत आउने

  1. yo news herera dherai khusi lagyo aafule time aabhab ko karan manauna napaye pani yo karrekram santi purna dhangale sampanna hos bhanne kamana garda6u

    milan tamang

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.