प्रेसमाथि आक्रमण हुनु निन्दनिय कार्य : प्रधानमन्त्री


७ जेठ, काठमाण्डौं – प्रधानमन्त्री बाबुराम भट्टराईले बन्दकर्ताले सञ्चारमाध्यमका सवारी साधनमा भएको तोडफोड प्रति खेद व्यक्त गर्नुभएको छ । प्रेस जगतलाई कुण्ठित गर्नखोज्नु निन्दनीय कार्य भएको भन्दै भट्टराईले यस्ता कार्य नगर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले पत्रकारमहासंघका अध्यक्ष शिव गाउालेलाई टेलिफोन गरी ‘प्रेसमाथिको अवरोध हटाउन सुरक्षा निकायलाई आवश्यक कदम चाल्न निर्देशन दिने र बन्दकर्ताहरुले क्षति पुर्‍याएका सवारी साधानको क्षतिपूर्तिपनि सरकारले बेहोर्छ ‘ भन्नुभएको पत्रकार महासंघका अध्यक्ष शिव गाउालेले अनलाइनखबरलाई जानकारी दिनुभयो ।

आफूले प्रधानमन्त्रीलाई पत्रकारको मुख थुन्ने काम भएको भन्दै आपक्ति प्रकट गरेको जानकारी गराउादै गाउालेले ‘पत्रकारहरुले विसम परिस्थितिमा निष्पक्ष भएर समाचार लेख्न नपाउनु सञ्चार माध्यमका लागि दुखद क्षण हो’ भन्नुभयो ।

यता प्रधामनमन्त्रीले यसअघि पनि समाचार लेखेकै विषयमा भएका क्षतिहरुको विवरण तयार पार्न आग्रह गर्दै प्रधानमन्त्रीले त्यस्ता दुखद घटनामा परेकाहरुलाई उचित राहत प्रदान गरिने जानकारी गराउनुभएको थियो ।

आदिवासी जनजाति संयुक्त संर्घष समितिले कान्तिपुर, एभिन्युज, हिमालयन, इमेज च्यानल र सगरमाथा टेलिभिजनका सञ्चारकर्मीहरु रिर्पोटिङका लागि जानेक्रममा बन्दकर्ताले बन्दको उलंघन गरेको भन्दै ढुंगामुढा प्रहार गरेका थिए भने सवारी साधन तोडफोड गरेका थिए ।

Source: Onlinekhabar
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.