तिजमा नेपाली नारिहरुलाई निम्तो नै निम्तो,जनप्रगतीशिल मञ्चले २१ सेप्टेम्बरमा नि:शुल्क तिजे कार्यक्रम गर्ने। कोमल ओली कुवेत आउँदै


ईन्द्र भुसाल,कुवेत

जता जाउ सानु मन लागेको खानु ,यो तिजमा नाचेर ढाड सेकाउनु
संस्था नै संस्थाले भरिएको नेपाली समाज कुवेतमा अब कार्यक्रम गर्नको लागि ६ महिना  पहिला नै दिन तोक्नु पर्ने भएको छ। गर्मी याममा सेलाएका नेपाली सँघ-संस्थाहरु बिस्तारै जाडो याम सुरुहुनसाथ मौलाउथे तर अहिले आएर मौलाउनु भन्दा पहिलेनै फैलिने काम भएको छ। कुन दिन छोपम र कार्यक्रम गरम भएको नेपाली समाजमा फेरी नेपाली नारिहरुको लागि खुशीको खबर जनप्रगतीशिल मञ्च कुवेतले दिएको छ । माओवादी पाटीको भात्री संगठन जनप्रगतिशिल मञ्चले आगामी सेप्टेम्बर २१ मा नेपाली नारिहरुको महान पर्व हरितालिका तिजमा नेपालबाट चर्चित गायिका कोमल ओलीलाई झिकाउने भ्एको छ। बिभिन्न गीतहरु गाएर चर्चामा रहेकी ओली “पोइला जान पाम” भन्ने गीत गाएर नेपाली समाजमा बिकिर्ती नै हुलेकी थियिन र उनको गीत धेरै चर्चित गाईकाहरुले समेत आलोचना गरेका थिए ।

नेपाल कुवेत साँस्कृतिक मञ्चको तिजे बिशेषमा नाच्न तम्सिएका नारिहरु पुन अर्को हप्तामा नि:शुल्क कार्यक्रम त्यो पनि सल्लबल्ल खाउला दहर भरौला भनेजस्तो दर समेत खानेछन भने मञ्चले बिभिन्न खेलकुद पनि गर्ने मञ्चका अध्यक्ष कुमार झापालीले बताउनु भएको छ। कुनै नारी वा युवकलाई समस्या पर्दा एक के.डी. सहयोग गर्न दातबाट पसिला चुहिने द्रिस्य देखिएको यो समाजमा ठुलो रकम लाग्ने कार्यक्रम नि:शुल्क हुनुले समाज र संस्था कता जादैछन भन्ने सोच्न पर्ने देखिन्छ ।

भर्खैर मात्र हिमपहिरिको बिपत्तीमा परेका कास्कीका जनतालाई माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबले सहयोगको घोषणा गरेपछी लालिगुराँस सांस्कृतिक परिवार र एन आर एन ए कुवेतले पनि सहयोग गर्ने निर्णय गर्दै सामाजिक सेवा मा अफुलाई समाहित गर्‍यो भने अन्य बाँकी दुई दर्जन संस्थाको कुनै अत्तोपत्तो छैन ।  सांस्कृतिक मञ्च र प्रगतिशिल मञ्चले नि:शुल्क कार्यक्रमको होडबाजी गरिरएका छन । जहाँ जे जस्तो सोच भएपनी कोमल ओली सँगै गाउने र नाच्ने मौका नेपाली नारिले कुवेतमा पाउने भएका छन भने कार्यक्रम कुन ठाउँमा गर्ने ’bout मञ्चले निर्णय गरिसकेको छैन। रातो सारी र मन परेको ब्लाउजमा सजिने नेपाली नारिहरु कोमल ओलीको पोइला जान पाम गीतमा कुन पोशाकमा मर्किएर नाच्नेहुन देख्नै बाँकी छ ।

One response to “तिजमा नेपाली नारिहरुलाई निम्तो नै निम्तो,जनप्रगतीशिल मञ्चले २१ सेप्टेम्बरमा नि:शुल्क तिजे कार्यक्रम गर्ने। कोमल ओली कुवेत आउँदै

  1. धर्म राज गिरी

    जनप्रगतीशिल मञ्च लाई बधाई छ। यस्पाली को तिज अतिनै राम्रो हुने भयो जे होस कुवेत बासी महिलाहरु यस्पालीको हरिताल तिजमा कमल ओली सघ मजाले झुमेर नाचने भए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.