Daily Archives: 20/05/2012

तिजमा नेपाली नारिहरुलाई निम्तो नै निम्तो,जनप्रगतीशिल मञ्चले २१ सेप्टेम्बरमा नि:शुल्क तिजे कार्यक्रम गर्ने। कोमल ओली कुवेत आउँदै


ईन्द्र भुसाल,कुवेत

जता जाउ सानु मन लागेको खानु ,यो तिजमा नाचेर ढाड सेकाउनु
संस्था नै संस्थाले भरिएको नेपाली समाज कुवेतमा अब कार्यक्रम गर्नको लागि ६ महिना  पहिला नै दिन तोक्नु पर्ने भएको छ। गर्मी याममा सेलाएका नेपाली सँघ-संस्थाहरु बिस्तारै जाडो याम सुरुहुनसाथ मौलाउथे तर अहिले आएर मौलाउनु भन्दा पहिलेनै फैलिने काम भएको छ। कुन दिन छोपम र कार्यक्रम गरम भएको नेपाली समाजमा फेरी नेपाली नारिहरुको लागि खुशीको खबर जनप्रगतीशिल मञ्च कुवेतले दिएको छ । माओवादी पाटीको भात्री संगठन जनप्रगतिशिल मञ्चले आगामी सेप्टेम्बर २१ मा नेपाली नारिहरुको महान पर्व हरितालिका तिजमा नेपालबाट चर्चित गायिका कोमल ओलीलाई झिकाउने भ्एको छ। पढ्नेक्रम जारी राख्नुहोस्

बुद्ध जयन्ती कार्यक्रमको तयारी पुरा,२४ तारिक बिहान ३:१० मा अतिथी कलाकार कुवेत आउने


ईन्द्र भुसाल ,कुवेत

देशमा चारैतिर अशान्तीको कालो बादल मडारिएको बेला भगवान गौतम बुद्धको २५५६ औं जन्मदिन मनाउने क्रम देश बिदेशमा भईरहेका छन । शान्ती का अग्रदुत भगवान गौतम बुद्ध जन्मेको देश नेपालमा जे जस्तो परिस्थिती भएपनी हामी नेपालीहरुले उहाले दिएको शान्तीको मार्गलाई सदा सम्मान गर्नु पर्दछ र त्यो पथमा हिंड्ने काम सबैलाई सिकाउनु बुद्ध प्रतीको ठुलो सम्मान हुनेछ । कार्यक्रम कै सिलसिलामा नेपाल तमाङ घेदुङ कुवेतले पनि यही २५ तारिक मालियाको होटेल एसिया एसियामा आयोजना गर्ने बुद्ध जयन्ती कार्यक्रमको तयारी पुरा भएको जनाएको छ पढ्नेक्रम जारी राख्नुहोस्

साउदीमा कालोसूचीमा परेका कम्पनीमा कार्यरत नेपाली अलपत्र


होम कार्की
काठमाडौ, जेष्ठ ७ – साउदी अरबले रेड जोन (कालोसूची) मा राखेका कम्पनीमा कार्यरत नेपाली कामदारले तलब नपाउने भएका छन् । साथै ती कामदारले घर फिर्नसमेत पाएका छैनन् । साउदी सरकारले आफ्नो नीतिलाई कार्यान्वयन नगर्ने कम्पनीलाई कालोसूचीमा राखी उनीहरूको काम कारबाही रोक्का गरेपछि त्यस्ता कम्पनीमा कार्यरत नेपाली समस्या परेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

प्रेसमाथि आक्रमण हुनु निन्दनिय कार्य : प्रधानमन्त्री


७ जेठ, काठमाण्डौं – प्रधानमन्त्री बाबुराम भट्टराईले बन्दकर्ताले सञ्चारमाध्यमका सवारी साधनमा भएको तोडफोड प्रति खेद व्यक्त गर्नुभएको छ । प्रेस जगतलाई कुण्ठित गर्नखोज्नु निन्दनीय कार्य भएको भन्दै भट्टराईले यस्ता कार्य नगर्न आग्रह गर्नुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

११ प्रदेशको सहमति खारेज हुने


जनजातिलाई माओवादी अध्यक्ष पुष्पकमल दाहालले थुम्थुम्याए-
माधव ढुङ्गेल, काठमाडौं, जेठ ७, संघीय ढाँचामा राज्य पुनर्संरचना गर्दा ११ प्रदेश बनाउने भनी चार दिनअघि तीन दलबीच भएको सहमति खारेज हुने भएको छ। संविधानसभाको सबैभन्दा ठूलो दल माओवादी अध्यक्ष पुष्पकमल दाहालले यसविरुद्ध आन्दोलनरत जनजाति र मधेसी सभासदहरूलाई शनिबार यस्तो जानकारी दिएका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

साना दलका तीन मन्त्री थपिए


काठमाडौँ, जेठ ७ – प्रधानमन्त्री बाबुराम भट्टराईले साना दलका तीन मन्त्रीसहित मन्त्रिमण्डल विस्तार गरेका छन्। नयाँ मन्त्रीहरुलाई राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्री बाबुराम भट्टराईले शपथ ग्रहण गराएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्