७३ वर्षीय वृद्धाले चढीन सगरमाथा


काठमाडौं, जेठ ६ – त्रिहत्तर वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गरेर एक जना जापनी महिलाले नयाँ किर्तिमान राखेकी छिन् । जापानकी तामे वातानावेले सगरमाथाको उत्तरी मोहडा (तिब्बत) बाट शनिवार विहान सगरमाथाको सफल आरोहण गर्नुभएको हो । यसअघि सवैभन्दा धेरै उमेरमा सगरमाथा आरोहण गर्ने किर्तिमान उहाँकै नाममा थियो । ६३ वर्षको उमेरमा सन् २००२ मा सगरमाथाको सफल आरोहण गरेर तामेले यो किर्तिमान राख्नु भएको थियो  ।

उहाँको साथमा रहेका ४ जना पनि शिखरमा पुगेको चाइना तिब्बत माउन्टेनेरिङ्ग एशोसिएसन नेपालका आङ्ग छिरिङ्ग शेर्पाले जानकारी दिनुभयो । तामे ८ हजार ३ सय मिटरमा रहेको अन्तिम शिविरबाट शुक्रवार राती शिविरतर्फ लाग्नु भएको थियो ।

पुरुषतर्फ मिनबहादुर शेरचनले ७६ वर्षको उमेरमा सन् २००८ मा सगथरमाथाको सफल आरोहण गरेर किर्तिमान राख्नु भएको छ । शेरचनले केहीदिनअघि मात्र काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूले फेरी सगरमाथा आरोहण गर्ने घोषणा गर्नुभएको छ ।

दक्षिणी मोहडा अर्थात नेपालबाट भने यो सिजनमा अहिलेसम्म कोही पनि सगरमाथामा पुग्न सकेका छैनन् । आरोहीहरु यो हप्ता मौसममा सुधार आउने आशामा सगरमाथाका विभिन्न शिविरमा बसिरहेका छन् ।

Source: Sahara Sansar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.