लोग्नेबिना पनि आमा बनेर बाँच्न सक्छौँ


अनुपम रोशी
६ जेठ, काठमाण्डौ – एकाथरी मान्छे भन्छन् महिलाहरू निकै स्वतन्त्र भएका छन् आजकल । पढन पाएका छन् । जागिर खाएका छन् । विभिन्न समाजसेवा र संघसस्थामा लागेका छन् । तर त्यो पढाइको कुनै उपयोगिता छैन, ती काम कुन कुनामा कसरी कोचिरहेको छ त्यो त भोग्नेहरूलाई नै थाह छ । त्यसको कुनै मूल्यांकन हुनसकेको छैन, झन् यो आधृनिक शोषण त निकै डरलाग्दो छ ।

मोक्षसूगको सम्वन्धलाई एउटा अनुभूतिमा मात्रै समेटेर जिउन चाहेकी उनी । अव यो ठाऊ र मोक्षलाई छोडेर अन्यत्र जान चाहिन ।

बिहानको दश वजिसकेको छ सरगमले मोक्षलाई भेट्न वोलाएकी छन ।

विहानैदेखि किचनमा पसेर फ्राईराइस, मटन ग्रेभी, प्याजको पकौडा, आलुको अचार, चिकन चिल्ली, ससेज फ्राइ इत्यादि तयार पारेकी छिन् ।

कोठा मिलाएर ठिक पारेकी छिन् । किनकि मोक्षलाई यी सव कुरामा एकदमै ध्यान दिनुपर्ने हुन्छ । खाने कुराको आइटम र कोठा सफा भएको उसलाई ज्यादै मन पर्छ ।

एघार बजे ढोकामा मन्द मुस्कान छोड्दै मोक्ष आइपुग्यो ।

‘के गर्दैछ्यौ काली ?’ उसले प्याट्ट सरगमको गालामा हान्दै सोध्यो ।

‘यी देखेनौ तिम्रै स्वागतमा जुटिरहेकी थिएू ।’

‘आज त निकै तामझाम छ त ! अरु पनि कोही आउने वाला छ कि क्या हो ?’

‘छैन तिम्रै लागि हो यो सव ।’

‘किन ? पहिले त यस्तो कहिल्यै हुन्थेन, आज अचानक के सोच्यौ ?’

‘केही होइन । यो अन्तिम भेट अविस्मरणीय बनाउन चाहन्छु त्यसैले ।’

‘के…..? के भन्दै छौ तिमी ?’

‘केही होइन आज तिमीसूगै लन्च गर्न मन लाग्यो । हल्का पिउन पनि ।’

‘यस्तो वेलामा पिउनु हुन्छ त लाटी !’

‘के हुन्छ त ? हल्का मात्रै लिन्छु नि ।’

‘तिमी निकै लापर्वाह भएकी छ्यौ । यसरी हुँदैन । हामीले विहे गरेर सूगै बस्नु पछर्् । तिमीले आफ्नो हेल्थको ख्याल नै राख्दिनौ ?’

‘कति नै ख्याल राख्नु पर्छ र यो भन्दा ठिकै त छ नि ।’

‘दिनदिनैको भाग दौड, दिनदिनैको कामले तिम्रो शरीर निकै कमजोर हुँदै गइरहेको छ । यसले गर्दा तिमी भित्र बढिरहेको हाम्रो बच्चासूगै तिम्रो शरीरलाई निकै असर पर्छ । यो सब म सहन सक्दिन ।’

‘के गर्ने त काम त गर्नै पर्यो नि ।’

‘म आजै बिहे गरेर लैजान्छु तिमीलाई । अव तिम्रो नाइनास्ती चल्नेवाला छैन ।’

‘किन हतार गर्न खोज्दै छौ तिमी ?’

आखिर कैलेसम्म तिमी यसरी बस्छ्यौ ? दिन प्रतिदिन पेट बढ्दै जान्छ । समाज, परिवार, साथीभाइलाई के जवाफ दिन्छ्यौ ?’

‘मलाई समाजले के भन्छ ? परिवार र साथीभाइको कुनै चासो छैन । यो मेरो जिन्दगी हो महाशय….।’

‘त्यस्तो कुरा नगर सरगम….. म तिमीलाई मान्छेले औंला उठाएको हेर्न सक्दिन । मलाई एक अपराधी नबनाऊ ।’

‘कसरी तिमी अपराधी भयौ ? कसले भन्छ तिमीलाई अपराधी ?’

‘यो समाजले, मेरो मनले ।’

‘त्यस्तो नसोच । यो सम्झ कि तिमीले मेरो चाहनालाई पुर्ति गरिदिएका हौ । अनि कसैको चाहना पुरा गरिदिनु अपराध हुँदैन मोक्ष । रह्यो समाजको कुरा । के थाह यो समाजलाई मेरो पेटमा हुर्किरहेको बच्चाको वावु तिमी हो भन्ने ? तिमी निर्धक्क होऊ ।’

‘होइन के कुरा गर्दै छ्यौ ? तिमी पागल त भएकी छैनौ ?’

‘यो पागलपन होइन यथार्थ हो मोक्ष ।’

‘कस्तो यथार्थ ? मैले तिमीलाई प्रेम गरेको हुँ सरगम, खेलवार्ड होइन ।’ मोक्षको आवाज रोदनमिश्रति हुन्छ, ‘मेरो आफ्नो अंशलाई वेवारिसे छाड भन्न खोज्दै छ्यौ तिमी ?’

‘ऊ वेवारिसे कसरी हुन्छ म हुँदाहुँदै ? जसरी अहिले म भित्रै अटेको छ । त्यसरी नै पछि पनि अटाउने छ यो दुनियाूमा ।’

‘पागल कुरा नगर मसूग म तिमीलाई अपमानित गराएर छोड्नु मेरो प्रेमको औचित्य होइन । मैले पनि तिम्रो यो स्थितिमा भाग लिन पाउनु पर्छ । मलाई जिउदै मृत घोषित नगर ।’

मोक्षले सरगमलाई आफूतिर तान्यो र अंगालोमा लियो र गहिरो चुम्वन गर्यो…..।

‘मोक्ष तिमी किन यसरी कायल वनिरहेका छौ ? मैले तिमीलाई प्रेम नगर्ने होइन तर तिमी होस या कसैसँग बिहेको अखडामा बाूधिन मलाई कत्ति पनि चाहना छैन । यो विवाह शब्द र साइनोसूग अति एलर्जी छ । त्यसैले कृपया यो बिहे सम्वन्धको कुरै नगर मसंग ।’

‘यो कस्तो प्रेम हो तिम्रो ?’

‘प्रेम प्रेम हो जसलाई बिहे गर्नुपर्ने आवश्यकता देख्दिन म ।

आखिर किन तिमी यसरी बहुलाउँ छौ ?’

‘बिहे भनेको त सूगै साथ बिताउनु हो एकअर्काको सुखदुःख निभाउनु हो कसरी तिमीले त्यो पवित्र सम्वन्धलाई धुमिल देख्यौ ?’

‘मोक्ष तिमी जति सम्माननिय छौ, तिम्रो प्रेम पनि त्यति नै सम्मानित छ । म तिमीप्रति निकै आभारी छु ।’

‘माया सूगै रहेर मात्रै पूर्ण हुने वस्तु होइन । माया त त्यो अनुभूति हो जसले जीवनका उकाली ओरालीहरू सजिलै पार गर्न सिकाउछ ।….म त्यही अनुभूतिमा एउटा स्वतन्त्र जीवन बिताउन चाहन्छु । तिमी यसरी दुखी नवन, सक्छौ भने तिमीले पनि आफ््नै स्वतनत्र चाहना अनुरुप जीवन जिउने प्रयत्न गर ।’

‘यो कसरी सम्भव छ ? मेरो चहाना भनेको त तिमी हौ । तिम्रो प्रेम हो । तिमी नै मलाई साथ दिन सक्दिनौ भने म कसरी जिउन सक्छु ?’

‘मेरो गुनासो छैन, तिम्रो प्रेमप्रति र तिमीप्रति । तिमी मलाई अथाह माया गर्छौ, मलाई त्यही नै काफी छ । यो अनुभूतिमा म कयौं जुनी सजिलै काट्न सक्छु । फेरि पति पत्नी भएर त सवैले जिएका छन्, त्यही जिन्दगीलाई हामीले पनि शिरोपर गर्नै पर्छ भन्ने के छ र ? त्योभन्दा फरक जीवन बाँच्न पनि त सक्छौ हामी ।’

‘अनि तिमी भित्र हुर्कँदै गरेको हाम्रो सन्तती ? के उसले पनि तिमीले जस्तै एक्लिएर जिउन सक्ने छ ? वावुविनाको सन्तान भन्ने वोझ उठाउन सक्ने छ…. ? हुँदैन सरगम, म यो हुन दिन्न । म आफ्नो सन्तानलाई विनावावुको सन्तान बनाउन सक्दिन । तिमीले मसँग विहे गर्नै पर्छ ।’

‘सबैमा यस्तै सोच हुन्थ्यो भने के ती अनाथ वालवालिका सडकछाप हुने थिए ? रुविले आफ्नो गर्भको कसको हो भन्ने थाहै नपाइ हिँड्ने थिई ?’

‘तिमी अरुको जिन्दगीलाई आफुमा किन समाहित गछ्र्यौ ? सरगम तिमीले एक्लै सोच्दैमा सवै समस्याको हल हुँदैन । यसरी वितृष्णामा आफ्नै जिन्दगी होम्नु राम्रो होइन ।’

‘ल ठिकै छ त्यस वारेमा पछि छलफल गरौँला । ल अव खाना खाऊँ है ?’

‘मलाई भोक पनि मर्‍यो तिम्रो कुरा सुनेर । मेरो कल्पनाभन्दा वाहिरको कुरा सोचिरहेकी छौ तिमीले ।’

‘ठिकै छ हजुर ! पहिला खाना त खाऊ…..।’

सरगम दुई वटा गिलासमा हृवीस्की खन्याउँछे । चिकनचिल्ली र ससेज प्लेटमा लगाउँछे । दुवै जना चकटी ओछ्याएर गलैँचामा वस्छन् ।

‘आज किन तिमी यसरी बौलाएकी ? मैले बुझ्न सकिरहेको छैन । योभन्दा पहिले त तिमी मैले खाऊ भन्दा पनि नमान्ने मान्छे आज एका एक के भएको छ तिमीलाई ?’

‘केही पनि भएको छैन मोक्ष । वस् तिमीसूग रमाउन मन लाग्यो त्यसैले ।’

‘चेयर्स…..।’ दुवै जनाले आ आफ्नो गिलास समाउूछन् र एक अर्कालाई चुस्की लगाउँछन् । यी हातले बनेका परिकार सधैँसधैँ खान चाहन्छु सरगम…. के मैले त्यो भाग्य प्राप्त सक्छु ?’ मोक्ष सरगमको हात चुम्दै बोल्छ ।

‘अवस्य सक्नेछौ मोक्ष, धर्य गर ।’

‘कहिलेसम्ममा ?’

‘जहिलेसम्म सक्छु ।’

‘यो कस्तो जवाफ हो, पर्खिनु मात्रै मेरो जिन्दगी हो र ?’

‘होइन होइन त्यो त मैले सोचेकी नै छैन ।’

‘अनि के सोचेकी छ्यौ त ?’ मोक्ष चुस्की लगाउूदै सरगमको काखमा पल्टिन्छ ।

‘पहिले खाना खाउँ राम्रोसँग अनि कुरा गरौँला ।’

‘खाइरहेका त छौ नि फेरि कुरा गर्न के ले छेकेको छ र !’

‘मोक्ष म बिहे नगरी नै आमा बने भने या तिमीलाई छोडेर भागेू भने तिमी के गर्छौ ?’ सरगमले मोक्षको कपाल सुम्सुम्याउँदै सोध्छिन् ।

‘म मर्छु ।’

‘कायर रहेछौ । मर्न त एक दिन छँदैछ नि । केही गर्नु पो पर्छ ।’

‘तिम्रो साथ पाए जे पनि गर्न सकिन्छ तर तिमीविनाको जीवन अधुरो रहन्छ मेरो ।’

‘त्यो तिम्रो भ्रम हो । म केही होइन, तिम्रो लागि तिमी नै ठूलो हौ ।’

‘जीवन एक्लै बिताउन खोज्नु भनेको निरासा भर्नु हो सरगम । म निरास भएर जिउन चाहन्न ।’

‘तिमी निरास किन हुनु पर्‍यो ? बिहे गरेर रमाइलोसूग बिताउन सकिहाल्छौ नि ।’

‘मलाई स्वार्थी देख्यौ तिमीले ।’

‘मैले स्वार्थी भनिनू ।’

‘कुराको आसय त्यही थियो ।’

‘जे बुझ ।’

मैले तिमीलाई विर्सेर अरुसँग बिहे गर्नु भनेको मुटु झिकेर जिउँदो हुन खोज्नु हो ।’

‘तिमी त वढी नै भावुक भयौ ।’

‘तिम्रो चाहना सजिलै पुरा हुन सक्ने समाज होइन यो कसरी सोच्न सक्यौ तिमीले यो असम्भव कुरा ?’

‘यो दुनियाँमा असम्भव भन्ने कुरा केही पनि छैन मोक्ष, मात्रै प्रयोगको खाँचो छ । साँच्चिकै खुला हृदयले हेर्न चाह्यौ भने मान्छेहरू धेरै अगाडि पुगेको पाउने छौ ।’

‘तिमी युरोप र अमेरिका होइन नेपालमा छ्यौ बुझ्यौ ? यो नेपाल हो नेपाल, यहाँका मान्छेहरू देखिनौ अझै पनि जंगलमा कन्दमूलको सहारामा बाँचेको पाइन्छ ।’

‘युवा अवस्थामा लुकीचोरी प्रेमजालमा परी पेट बोक्ने युवतीहरूलाई नै हेर न । आफ्नो प्रेमीले धोखा दिूदा कि त आत्महत्या गरेका छन्, कि त केटाले नस्वीकार्दा नस्वीकार्दै पनि झुन्डिएर बाँच्न बाध्य भएका छन् । यस्तो जान्दाजान्दै किन तिमी अपमानित जिन्दगी रोजिरहेकी छौ ।’

‘हो त्यही कुरा त म देखाउन चाहन्छु अहिलेका युवतीहरूलाई । हामी लोग्नेविना पनि वकाइदा आमा बनेर बाच्न सक्छौ ।

त्यसको लागि अलिकति सहास र संघर्षको खाचो छ ।

‘क्षणिक संसर्गकै भरमा नचाहूदा नचाहूदै त्यही पुरुष नै त्यो सन्तानको वावु हुनुपर्छ भन्ने मान्यतालाई तोड्नु पछर, ।’

फेरि नौ महिना कोखमा आमाले राख्छे दशधारा दूध आमाले खुवाउछे, दिशापिसाब गराउूछे । हुर्काउन रातारात जागै आमा नै बस्छे भने किन त्यो स्वार्थी पुरुषलाई वावु बन्ने अवसर दिइराख्नु ?, जसले क्षणीक आनन्दको लागी स्त्रीहरूको प्रयोग गर्ने गर्छ… ।’ एकछिनपछि उसले भनी, ‘मोक्ष म भन्ने गर्छु अवका वैज्ञानिकले त्यस्तो ल्यावको विकास गरुन जहाँ सुक्राणु र डिम्वाणु संचय गरेर सुरक्षित राख्न सकियोस् । जसलाई युवा युवतीको चाहना अनुरुप सर्वोत्कृष्ट शुक्राणुको पहिचान गरेर चाहेको समयमा र चाहेको मान्छेमा गर्भधारण गर्न सकियोस् । पुरुषलाई सन्तान चाहिएमा उसले आफ्नो शुक्राणुसँग त्यो डिम्वाणुको मिलन गराओस् जसबाट उसले सन्तान जन्माउन चाहेको छ । अनि एउटा स्वच्छ र उर्वर मस्तिष्क भएको वच्चाको जन्म होस् । महिलाले पनि आफ्नो चाहना अनुसार उत्कृष्ट शुक्राणुको गर्भ धारण गर्न पाओस् जसलाई उसले चाहेकी छ, तव मात्र यो पृथ्वीमा राम्रो मान्छेको जन्मसँगै स्त्री जातिको सही मूल्यांकन हुने थियो भन्ने लाग्छ ।’

Source: Onlinekhabar

2 responses to “लोग्नेबिना पनि आमा बनेर बाँच्न सक्छौँ

  1. YO KURA MALAI MAAN PARENA!!!! KUNAI PANI YUWATI BINA AFNO ICCHHA BIPARIT SEX KARYA MA SAMLAGNA HUDAINA BHANE USHALAI AFNO BOY FRIEND WA PATI KO BACCHA JANMAUNU MA KE KO DUKHA?????

  2. tyasto pahilenai kina sambhog ko anubhov liyo ra boy frns ko ragat manai bhrun rakhyo petma.akhir usle( KETI LE) janmaune bachha pani ta manchhe nai bhayerai janminchha hola ni ta kunai yantra ko robert ta hudai na hola ta. ra usle(k t) yo janmaune, petma rakhne kura chha jun ketile chhahera rakheko hoina yedi yasma kina keti nai hunu parchha bhanne lagchha bhane tyo kura sristikarta GOD lai sudhne hai ta tyo ku ra keta lai aarop lagayera kehi hune wala chhaina yesto kritim cell haru ko kalpana garnele kritim sadhan ko prayog garerai sambhog linu tiyo ni ki kaso? lekak ji katha padh da ram ro lagyo yasali bhanchhan adhunikikarn,bigyanko yug tara yasto kritim sadahn testube ko jiwan le manab jiwan bhabisya kasto hola bhanne klapanama katha lekhna audaina bhane malai samjanuho hai ta

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.