प्रमुख दलबीच भएको सहमति अक्षरश: लागु हुनैपर्छ : कङ्ग्रेस महामन्त्री


काठमाडौँ, जेठ ६ – नेपाली कङ्ग्रेसका महामन्त्री प्रकाशमान सिंहले राज्य पुनःसंरचनालगायतका विषयमा प्रमुख दलहरुबीच भएको सहमति अक्षरशः लागु हुनुपर्ने बताएका छन्। उनले सहमतिभन्दा बाहिर गएर कसैले पनि अभिव्यक्ति दिन नहुने पनि बताए।
र, निर्धारित समयमै संविधान जारी गर्नुपर्ने भएकाले दलहरुबीच वार्ता र सहमतिको विकल्प नभएको पनि उनले बताए।

नेपाली कङ्ग्रेस वडा नं १७ को वडा भेलाको आज यहाँ आयोजित कार्यक्रममा महामन्त्री सिंहले नयाँ संविधान जारी गर्ने सरकारको नेतृत्व कङ्ग्रेसले गर्ने पनि बताए। उनले निर्धारित समयमै संविधान जारी गर्नुपर्ने भएकाले कङ्ग्रेस माओवादी नेतृत्वको सरकारमा गएको हो भने।

नेपाली कङ्ग्रेस काठमाडौँ जिल्ला सभापति भीमसेनदास प्रधानले विगतमा शान्ति प्रक्रियालाई अघि बढाउन कङ्ग्रेसले लिएको अग्रसरताझैं अहिलेको सङ्क्रमणकालीन राजनीतिलाई निकास दिन र संविधान जारी गर्न पनि कङ्ग्रेस नै अघि सर्नुपर्ने बताए।

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.