दुबईवाट स्वदेश फर्किएका खनाल काठमाण्डौमा हराए


६ जेठ, प्युठान – खाडी मुलुक दुबईबाट घर फर्किएका प्युठान खैरा-१ का धनप्रसाद खनाल काठमाडौँमै हराएपछि उनका परिवार चिन्तित भएका छन् । ‘वैदेशिक रोजगारका लागि दुबई जानुभएका श्रीमानले यही जेठ ३ गते राति आफू काठमाडौँ आएको भनी ४ गते बिहान घरमा सम्पर्क गर्नुभएको थियो । तर काठमाडौँ आएको तीनदिन बितिसक्दा पनि  उहाँ सम्पर्क बाहिर रहनुभएको’ उहाँकी श्रीमती नारायणी खनालले बताउनुभयो ।

‘कुराकानीका क्रममा आफू काठमाडौँको एक गेष्ट हाउसमा बसिरहेको र अहिले १० मिनेटपछि फेरि फोन गर्छु भन्नुभएको उहाँ अहिलेसम्म सम्पर्कमा हुनुहुन्न’- नारायणीले भन्नुभयो । होटलको नाम खुल्न नसकेको र पहिलो दिन सम्पर्क गरेको टेलिफोन नम्बरमा फोन गर्दा उनीहरुसहित चारजना होटल छोडेर गएको भन्ने होटल मालिकले जानकारी दिएको प्रहरीले जनाएको छ ।

खनालका परिवारले उहाँको खोजतलासका लागि काठमाडौँ प्रहरीमा फोटोसहित हुलिया दिएका छन् भने उहाँको खोजबिनका लागि जिल्लाका पत्रकार र मानवअधिकारकर्मीहरुसँग पनि अनुरोध गरेका छन् । उहाँ दुवईबाट डेढ वर्षपछि घर र्फकनुभएको थियो । खनालका एक छोरा र एक छोरी छन् ।

Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.