Daily Archives: 19/05/2012

NRNA कुवेतको नयाँ पद पुर्ति, प्रकृतिक प्रकोपलाई राहात


 मिति २०१२–०४–१८ तद अनुसार शुक्रवार २०६९ जेष्ठ ५ गतेका दिन मुर्गावको कवाव तरिया होटेलमा अध्यक्ष श्री राजेन्द्र तामाङ्गको अध्यक्षतामा बसेको  महत्वपुर्ण वैठकको सञ्चालन उपाध्यक्ष श्री राजकुमार थापाले गर्नुभएको थियो । यस वैठकले सामुहिक राजिनामा दिनुभएका पुराना कार्यकारिणी सद्स्यको राजीनामा स्कृत गरि नयाँ कार्यसमिति चयन तथा पद पूर्ति गोपिनयताको सपथ लिएको थियो  । पढ्नेक्रम जारी राख्नुहोस्

७३ वर्षीय वृद्धाले चढीन सगरमाथा


काठमाडौं, जेठ ६ – त्रिहत्तर वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गरेर एक जना जापनी महिलाले नयाँ किर्तिमान राखेकी छिन् । जापानकी तामे वातानावेले सगरमाथाको उत्तरी मोहडा (तिब्बत) बाट शनिवार विहान सगरमाथाको सफल आरोहण गर्नुभएको हो । यसअघि सवैभन्दा धेरै उमेरमा सगरमाथा आरोहण गर्ने किर्तिमान उहाँकै नाममा थियो । ६३ वर्षको उमेरमा सन् २००२ मा सगरमाथाको सफल आरोहण गरेर तामेले यो किर्तिमान राख्नु भएको थियो  । पढ्नेक्रम जारी राख्नुहोस्

दुबईवाट स्वदेश फर्किएका खनाल काठमाण्डौमा हराए


६ जेठ, प्युठान – खाडी मुलुक दुबईबाट घर फर्किएका प्युठान खैरा-१ का धनप्रसाद खनाल काठमाडौँमै हराएपछि उनका परिवार चिन्तित भएका छन् । ‘वैदेशिक रोजगारका लागि दुबई जानुभएका श्रीमानले यही जेठ ३ गते राति आफू काठमाडौँ आएको भनी ४ गते बिहान घरमा सम्पर्क गर्नुभएको थियो । तर काठमाडौँ आएको तीनदिन बितिसक्दा पनि  उहाँ सम्पर्क बाहिर रहनुभएको’ उहाँकी श्रीमती नारायणी खनालले बताउनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

लोग्नेबिना पनि आमा बनेर बाँच्न सक्छौँ


अनुपम रोशी
६ जेठ, काठमाण्डौ – एकाथरी मान्छे भन्छन् महिलाहरू निकै स्वतन्त्र भएका छन् आजकल । पढन पाएका छन् । जागिर खाएका छन् । विभिन्न समाजसेवा र संघसस्थामा लागेका छन् । तर त्यो पढाइको कुनै उपयोगिता छैन, ती काम कुन कुनामा कसरी कोचिरहेको छ त्यो त भोग्नेहरूलाई नै थाह छ । त्यसको कुनै मूल्यांकन हुनसकेको छैन, झन् यो आधृनिक शोषण त निकै डरलाग्दो छ । पढ्नेक्रम जारी राख्नुहोस्

जीप दुर्घटनामा १३ घाइते


दिलिप पौडेल, बाग्लुङ, जेठ ६- बाग्लुङमा जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। बाग्लुङ बजारबाट दमेकका लागि छुटेको ध १ च पिक अप जीप शनिबार बाग्लुङ नगरपालिका-४ देउराली चोकमा दुर्घटनाग्रस्त हुँदा चालकसहित सबै यात्रु घाइते भएका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

प्रमुख दलबीच भएको सहमति अक्षरश: लागु हुनैपर्छ : कङ्ग्रेस महामन्त्री


काठमाडौँ, जेठ ६ – नेपाली कङ्ग्रेसका महामन्त्री प्रकाशमान सिंहले राज्य पुनःसंरचनालगायतका विषयमा प्रमुख दलहरुबीच भएको सहमति अक्षरशः लागु हुनुपर्ने बताएका छन्। उनले सहमतिभन्दा बाहिर गएर कसैले पनि अभिव्यक्ति दिन नहुने पनि बताए।
र, निर्धारित समयमै संविधान जारी गर्नुपर्ने भएकाले दलहरुबीच वार्ता र सहमतिको विकल्प नभएको पनि उनले बताए। पढ्नेक्रम जारी राख्नुहोस्