प्रदर्शनकारीलाई रुट र समय निर्धारण


रमेशकुमार पौडेल, चितवन, जेठ ५ – विभिन्न संघ संगठन र दलले एकै समय र ठाउँमा बन्द र विरोधका कार्यक्र आयोजना गर्ने होड चलेपछि चितवन जिल्ला प्रशासन कार्यालयमा बिहीबार साँझ भएको सर्व पक्षीय बैठकले संघ संगठनलाई प्रदर्शन गर्ने रुट र समय निर्धारण गरेको छ।
ब्राह्मण क्षेत्री लगायतको संयुक्त संघर्ष समितिको बन्द फिर्ता भए पनि चितवनमा थारु समुदाय र राप्रपा नेपालको बन्द यथावत छ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की, जिल्लामा क्रियाशिल दलका प्रतिनिधि, बन्द र प्रदर्शन आयोजना गर्ने संघ संगठनका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखसहितको बैठकले गरेको निर्णय अनुसार थारु समुदायले भरतपुर केन्द्रीय बस टर्मिनलबाट र्‍याली निकालेर भरतपुर, चौविसकोठी, नारायणगढको लायन्स चोक हुँदै पुलचोकमा पुगेर सभा गर्ने छन्।

सहमति अनुसार थारु समुदायले बिहान ११ बजे जुलुस सुरु गरेर दिउँसो तीन बजे कार्यक्रम समापन गर्न पर्ने छ। थारु समुदायको प्रदर्शन क्षेत्रमा अन्य बन्द आयोजक र प्रदर्शनकारी जान पाउने छैनन्। लाठी, रड जस्ता घातक सामाग्री लिएर प्रदर्शन गर्न नपाइने सहमति पनि सो बैठकमा भएको चितवन जिल्ला प्रहरी कार्यालयबाट जानकारी प्राप्त भएको छ।

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.