Daily Archives: 18/05/2012

मोर्चा संविधानबाट नहट्ने


काठमाडौं, जेठ ५  -एकीकृत माओवादी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच संविधान निर्माण प्रक्रियालाई निरन्तरता दिने सहमति भएको छ। पहिचान सहितको संघीयता नभए सरकारबाट हट्ने चेतावनी दिएको मोर्चाले माओवादीसँग आफूहरू शान्ति र संविधान निर्माणकै पक्षमा रहने प्रतिबद्धता जाहेर गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

प्रदर्शनकारीलाई रुट र समय निर्धारण


रमेशकुमार पौडेल, चितवन, जेठ ५ – विभिन्न संघ संगठन र दलले एकै समय र ठाउँमा बन्द र विरोधका कार्यक्र आयोजना गर्ने होड चलेपछि चितवन जिल्ला प्रशासन कार्यालयमा बिहीबार साँझ भएको सर्व पक्षीय बैठकले संघ संगठनलाई प्रदर्शन गर्ने रुट र समय निर्धारण गरेको छ।
ब्राह्मण क्षेत्री लगायतको संयुक्त संघर्ष समितिको बन्द फिर्ता भए पनि चितवनमा थारु समुदाय र राप्रपा नेपालको बन्द यथावत छ। पढ्नेक्रम जारी राख्नुहोस्